– जि.सी. हरि
संसारमा गर्नेहरू को हो भनिरहँदा नगर्ने को हुन्छ र ? केही नै नगरी को बाँच्दछ भन्ने प्रश्न उठ्छ । समग्रमा तथ्याङ्कले देखाए अनुसार तीन प्रतिशतभन्दा कम मानिसले यस धर्तीमा केही गरे । यसको मतलब हुन्छ, कुनै एक विद्वान्, वैज्ञानिक, साहित्यकार, दार्शनिक वा कुनै कसैले जुन काम गरे, त्यो आप्mनोलागि मात्र नगरी सिङ्गो विश्वका लागि गरे र वास्तवमा समग्र प्राणीमध्ये सर्वोच्च प्राणीका रूपमा आपूmलाई पुष्टि गरे । जुन कुरा हामी नगर्नेहरूले गरेको प्रयोगबाट स्पष्ट छ । मानव मरणशील छ र त विभिन्न आविष्कार, विकास तथा नौला कामहरू गरिरहेको छ । यदि मानव मरणशील नहुँदो हो त के थाहा केही नगरी पो बस्थ्यो कि ? त्यसैले मान्छेले अन्तमा मर्नै पर्ने भएकोले बाँचुन्जेल केही गरौं भन्ने हेतुले सोको लागि मरिहत्ते गर्छ । अन्तमा सफल पनि भएको छ । तर सबै मानव त्यो श्रेणीमा पुग्न सकेका छैनन् । ती केवल शारीरिक संरचनामा नाम मात्रका मानव हुन् । जसरी अरू लाखौं करोडौं प्राणीहरू यस धर्तीमा जन्मेर मरे, जसको लेखाजोखा छैन, त्यसरी नै ती आए र गए ।
कसैलाई प्रश्न सोधियो– “तिमी यो काम किन गर्दैछौ ?” उत्तर आउँछ– बाँच्नका लागि गरिरॉछु । सजिलो उत्तर । तर भन्नुपथ्र्यो– एक दिन मर्नु त अवश्य छ नै त्यस कारण त म गरिरहेको छु । यदि बाँचिरहने भएको भए त किन गर्नुपथ्र्यो ? स्वतः बाँचिन्छ भने त यो सब झमेला किन बेसाउनुप¥यो । यहाँनेर मानव बुझाइ उल्टो छ । कसरी बाँच्ने भन्ने पक्ष महŒवपूर्ण हुन आउँछ । त्यस कारण मानवले जे जति गरे गर्छन् र गर्नेछन् ती सबै बाँच्नका लागि नभई मर्नका लागि गरेका हुन् । जसले विगतमा गरे, ती अहिले अमर छन् । जसले गरिरहेका छन् वर्तमानमा त्यो भविष्यमा अमर बन्नका लागि हो । त्यस कारण हामीले पनि जे गरिरहेका छौं त्यो सबै मर्नका लागि गरिरहेका छौं । यसको मतलब मर्ने भएकोले गर्नुपरेको हो ।
जन्मदा सम्पूर्ण मानव एउटै संरचनामा जन्मछन् भलै तौल, वर्ण, उचाइ फरक हुन सक्छ । जहाँ जन्मप्रदत्त गुणहरू उस्तैउस्तै हुन्छन् भने आर्जित गुणहरू फरकफरक हुन सक्छन् । जसले आप्mनो जन्मजात गुणलाई चिनेर त्यसलाई पटकपटक असफल हुँदाहुँदै पनि सफल बनाए । हो, तिनै मानव दुई/तीन प्रतिशतमा पर्ने हुन् र मानवीय व्यवहारले ओतप्रोत भई भगवान् सरह आप्mनो प्रभुत्व स्थापित गरेर जान्छन् । अर्कोपट्टि त्यही गुणलाई नचिनी दानवीय व्यवहार दर्शाउँदा संरचनामा मात्र मानव भएकाहरूले आप्mनो दानवलीला समाप्त गर्छन् । त्यस कारण मानवबाट भगवान् बन्ने वा दानव बन्ने भन्ने कुराको साँचो अरू कोहीसँग नभई केवल आप्mनै हातमा छ । मात्र सवाल कुन दिशातर्पm घुमाउने भन्ने हो । बायाँ घुमाए बन्द, दायाँ घुमाए खुल्ला । अहिले दुनियाँमा तिनै मानवलाई पुजिन्छ, जसले आप्mनो साँचो दायाँ घुमाए र असल कार्य गर्दै भगवान् साबित भए ।
सेक्सपियरका अनुसार काम गर्नमा तिमी महान् बन जस्तो तिमी विचारमा महान् छौं । हो, वास्तवमा हामी विचारमा महान् भएकैले नै पछि परेका छौं । जो जुन कार्य व्यवहारमा संलग्न छ, उसले दोस्रो काम गर्नु भनेको अर्कैको काम गरिदिनु हो भन्ने नीच सोचले गाँजिनु नै पछौटेपन हो । टोनी बजानका अनुसार मान्छेको मस्तिष्कमा एक खरबभन्दा बढी मस्तिष्क कोषहरू
(न्युरोन्स) हुन्छन् । एउटा न्युरोनको क्षमता सामान्यरूपमा एउटा कम्प्युटर जति हुन्छ । अब एकचोटि ठण्डा दिमागले सोच्नुप¥यो कि, एउटा कम्प्युटरले कति काम गर्ने क्षमता राख्छ । जब हामीसँग खरबौं कम्प्युटरहरू आप्mनै मस्तिष्कमा छन् । हाम्रो विचार बडो गजबको छ । मैले यो गरें त्यो गरें, यहाँ गरें, त्यहाँ गरें, यति समय गरें, उति समय गरें । आखिरमा के गरें त ? त्यो महŒवपूर्ण हो । मानवरूपी कम्प्युटरलाई थकाइ नलाग्ने चाहिं होइन तर आराम मात्र गरेर पनि त भएन । यहींनेर छ समायोजन कति गर्ने भन्ने कुरा ।
दुईवटा ढुङ्गा ठोक्किदा घषर्ण पैदा भई आगो निस्कन्छ । त्यसैगरी हामीमा भएको ज्ञानरूपी आगो बाहिर निकाल्नका लागि परामर्श, सरसल्लाह, सुझाव अपरिहार्य हुन्छ । विडम्बना त्यही कुरा हामीलाई पच्दैन र त हाम्रो जीवन वास्तविक मानवजीवन बन्न सकेन । तैपनि भन्छौं बाँच्नका लागि केही गर्नै प¥यो । मर्नका लागि गरेको बिर्सन्छौं ।
यो छणभङ्गुर मानवजीवनको कुनै ठेगान र सीमितता नभएका कारणले गर्दा नै मानिसहरू आप्mनो दैनिकीलाई छाडेर नितान्त पृथक मनोरञ्जनतर्पm उन्मुख भइरहेका छन् । जो पृथक मनोरञ्जनको पछि लाग्छ, उसकै जीवन निरर्थक बन्ने हो । औसत मान्छेमा यो एउटा नशाभैंm छ । जुन बालक/वयस्क आप्mनो ल्याबमा खेलिरहन्छ । पटकौंपटक सामग्रीहरू जोड्छ, तोड्छ, जोड्छ र त्यसैमा उसले पूर्ण मनोरञ्जन लिन्छ । उसलाई बाह्य मनोरञ्जनको जरूरत नै पर्दैन । पछि गएर त्यही बालक वैज्ञानिक बन्छ । जसरी आइन्स्टाइन बने । त्यस कारण मर्नका लागि हरेक मान्छेले गर्ने गरेको काम यो ढङ्गले गर्दा दुई/तीन प्रतिशतमा पर्न सकिन्छ कि भनेर आशा गर्ने ठाउँ रहन्छ ।