राधेश्याम पटेल, परवानीपुर, १७ चैत/
आप्mनै पतिको निर्घात कुटपिटबाट मृत्यु भएको अभियोगमा संलग्न जोकसैलाई प्रहरी प्रशासनले नछोड्ने र कडाभन्दा कडा कारबाही गर्ने प्रहरी प्रशासनले आश्वासन दिइरहँदा सुनीताको परिवारजनको आँखाबाट आँसु खस्ने क्रम रोकिरहेको थिएन ।
यो घटना निर्मलाकाण्डजस्तै नलम्बियोस्, फरार परिवरजनलाई समातेर हदैसम्म कारबाहीको माग गर्दै सुनीताका दाइ आनन्द यादवले भने–“प्रदेश सरकार र सङ्घीय सरकार गम्भीर भएर महिला हिंसाविरुद्ध कडा कानून बनाओस् जसले छोरीबेटीको रक्षा होस् ।” वीरगंजकी महिला अधिकारकर्मी लक्ष्मी उप्रेतीले भनिन्–“घटना भएदेखि म निकै नजिक छु, सुनीताको हातखुट्टा बाँधेर पेट, छाती, पिठ्यूँ र संवेदनशील अङ्गमा समेत आयरनले डामेर मारिएको छ ।”
दुधौरा खोलामा आज सुनीताको दाह– संस्कार भयो । उनको अन्त्येष्टिमा पुगेकी महिला अधिकारकर्मी सावित्री सुवेदीले निर्मला हत्या प्रकरण सेलाउन नपाउँदै यस्तो पीडादायी घटनाले सम्पूर्ण नेपाली महिलालाई दुःखित तुल्याएको प्रतिक्रिया दिइन् । उनले महिलालाई बलात्कार गर्ने र ज्यान लिनेलाई फाँसीको व्यवस्था हुनुपर्ने माग राखिन् । उनले भनिन्–“म पहिलेदेखि महिलाको सवालमा वकालत र अभियान चलाइरहेकी छु, दिनहँु बलात्कार र महिला हिंसाको घटनामा वृद्धि भइरहेको छ, जबसम्म नेपाल सरकारले गम्भीर भएर महिलालाई सुरक्षित पार्ने कानून ल्याउँदैन तबसम्म निर्मला र सुनीताहरूले यस्तै नियति भोगिरहनुपर्छ ।”
सुनीताको अन्त्येष्टिमा उपस्थित प्रदेश २ का सभामुख सरोज यादवले यस्तो दुःखदायी घटना भोलिदेखि शुरू भइरहको प्रदेशसभामा उठाई उच्चस्तरीय छानबीन टोली गठन गरी आवश्यक कारबाही अघि बढाउने बताए । उनले पर्सा प्रहरी प्रशासनलाई पनि यथाशीघ्र फरार अभियुक्तलाई पक्राउ गरी कानूनको दायरामा ल्याउन निर्देशन दिए ।