प्रस, परवानीपुर, १७ चैत/
बारा, विश्रामपुर गाउँपालिकाका जनप्रतिनिधिहरूले जनताको निजी जग्गाबाट जबरजस्ती बाटो निकालेको आरोप छ ।
सो गाउँपालिका वडा नं १ का बासिन्दा केश्वरप्रसाद यादवले यस्तो आरोप लगाएका हुन् । उनका अनुसार हचुवाको भरमा निजी जग्गामा सडक निकाल्ने काम भएको र आपूmले रोक्न खोज्दा नमानेपछि अदालत गएको बताए । अदालतले काम रोक्न अन्तरिम आदेश जारी गर्दा पनि पनि आदेशको अवहेलना गर्दै धमाधम माटो पुरेर सडक बनाउने काम भइरहेको जग्गाधनी केश्वर यादवले गुनासो गरे ।
गाउँपालिका अध्यक्ष अमिरी पाल र वडा नं १ का वडा अध्यक्ष ह्हृदयनारायण यादवको अगुवाइमा गलत काम भइरहेको उनको आरोप छ ।
उनले साबिक छतवा गाविसको वडा नं ४ को कित्ता नं २६९ को ४ कठ्ठा ६ धुर जग्गाबाट करीब ७ धुर कब्जा हुने गरी बाटो बनाउन लागिएकोले उच्च अदालत अस्थायी इजलास वीरगंजमा मुद्दा हाल्न बाध्य भएको बताए।
यस सम्बन्धमा गाउँपालिका अध्यक्ष अमिरी पालसँग बुझ्दा गाउँपालिकाले साबिकको सार्वजनिक सडकमैं नयाँ सडक निर्माण गरिरहेको दाबी गरे । उनले पहिलेको नक्सा अनुसार नाप–नक्सा गरी सडकको काम अघि बढेको बताए ।
गाउँपालिकामा काम हुन नदिन मुद्दा मामिला र झन्झटमा फसाउने षडयन्त्र भइरहेको प्रतिक्रिया दिए ।