$type=ticker$count=12$cols=4$cate=0

पत्नीको ज्यान लिने चिकित्सकलाई कडा कारबाईको माग, अधिकारकर्मीहरूद्वारा वीरगंजमा प्रदर्शन

SHARE:


प्रस, वीरगंज, १६ चैत/
    चिकित्सक पति डा. सच्चिदानन्द यादवको कुटपिट तथा यातनाबाट पत्नी सुनीतादेवी यादवको शुक्रवार उपचारको क्रममा मृत्यु भएपछि मृतक सुनीतालाई न्याय दिनुपर्ने र हत्यामा संलग्न दोषीहरूमाथि कडा कारबाई हुनुपर्ने माग गर्दै अधिकारकर्मीहरूले वीरगंजमा प्रदर्शन गरेका छन् ।
    सामाजिक अभियन्ता, नागरिक अगुवा र महिला अधिकारकर्मीहरूले शनिवार संयुक्त जुलुस प्रदर्शन गर्दै ‘सुनीतालाई न्याय दिलाऔं’ं नारा लगाएका थिए । वीरगंजको घण्टाघरबाट बिहान ८ बजे शुरू भएको जुलुस बजार परिक्रमा गरी पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो ।
    सभामा ठाकुर राम बहुमुखी क्याम्पसकी प्राध्यापक डा. सुषमा द्विवेदी तिवारीले मधेसी समाजको विकृतिको कारण यस्तो घटना भएको भन्दै दुःख व्यक्त गरिन् ।
    घटनाको जड बालविवाह र दाइजो रहेको उनको विश्लेषण थियो । सुनीतालाई उनको पतिलगायत ससुराली पक्षले चरम यातना दिएर जबरजस्ती पागल घोषणा गर्ने दुष्प्रयास गर्दा समाज तथा कानूनले चासो नदेखाएपछि अपराधीहरूले ज्यान लिने दुष्साहस गरेको डा. तिवारीको भनाई थियो ।
    अर्की प्राध्यापक मोनिका सिंहले सुनीतादेवी यादवको घटनाप्रति आक्रोश व्यक्त गरिन् । उनले मृतक सुनीताका ससुरा नागेन्द्र यादव, देवरलगायतका अभियुक्तहरूलाई यथाशीघ्र पक्राउ गरी कानूनी कठघरामा उभ्याउन माग गरिन् ।
    सो अवसरमा सामाजिक अभियन्ता प्रकाश थारूले सुनीताका हत्यारालाई सर्वस्वसहितको जन्मकैदको माग गर्दै यस विषयमा प्रहरी प्रशासन गम्भीर बन्न आग्रह गरे । थारूले अपराधीहरूलाई राजनीतिक संरक्षण गर्ने कुचेष्टा कतैबाट पनि नहोस् भन्दै घटनाका दोषी जति सबैलाई सजाय दिलाउन प्रहरीको अनुसन्धान दरिलो हुनुपर्ने जोड दिए ।
    महिला अधिकारर्मीहरूले वीरगंज–२० हरपतगंजका बासिन्दा तथा नारायणी अस्पतालका चिकित्सक डा. सच्चिदानन्द यादवलगायत परिवारका सदस्यहरूको सहभागितामा सुनीताको ज्यान लिने कार्य भएको चर्चा गरेका थिए ।
    बारा परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी माइत रहेको सुनीताको २०५९ सालमा सच्चिदानन्दसँग विवाह भएको थियो । दाइजोबापत सुनीताको माइतीले दिएको २० लाख रुपैयाँबाट सच्चिदानन्दले रूसमा गएर चिकित्सा शिक्षा अध्ययन गरेका थिए । २०६२ सालमैं जिल्ला प्रहरी कार्यालयमा कुटपिटको मुद्दा पर्दा त्यस बखत मिलापत्र भएको थियो । जसमा मृतकको ससुराली पक्षले अबदेखि कुटपिट नगर्ने प्रतिबद्धतासमेत गरेको थियो ।

डा. यादव आइसियुबाट थुनामा
    कुटपिटबाट सुनीताको उपचारको क्रममा मृत्यु भएपछि हत्या अभियोग लागेका पति डा. सच्चिदानन्द यादवलाई प्रहरीले थुनामा राखेको छ । यसअघि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएपछि डा. सच्चिदानन्दले आपूm अस्वस्थ्य रहेको बताई प्रहरी निगरानीमा अस्पतालको आइसियुमा भर्ना भएका थिए ।
    उपचारको लागि आइसियुमा भर्ना भएका डा. यादवलाई पुनः जिल्ला प्रहरी कार्यालयको थुनामा ल्याएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी गराए । उनले गएराति ११ बजे यादवलाई थुनामा ल्याएको पुष्टि गरे । सुनीता देवीको हत्यामा पति सच्चिदानन्द, ससुरा नागेन्द्र यादव, सासू आशादेवी र देवर अचितानन्दमाथि पर्सा प्रहरीले ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ । तीनजनामध्ये पति मात्र पक्राउ परेका छन् भने बाँकी फरार छन् । उनीहरूलाई समात्ने प्रयास भइरहेको जिप्रका पर्साले जनाएको छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : पत्नीको ज्यान लिने चिकित्सकलाई कडा कारबाईको माग, अधिकारकर्मीहरूद्वारा वीरगंजमा प्रदर्शन
पत्नीको ज्यान लिने चिकित्सकलाई कडा कारबाईको माग, अधिकारकर्मीहरूद्वारा वीरगंजमा प्रदर्शन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhsc0zD8tQyRs65we1XEt5kKqY6-qYzL05h8_rVpea-SmYGWLvMLZcciISgO8nzNw4-j_JPnSnazroSB19RlyYht9-uqsIa1957-pXCVrXUn8YWTu0nIRUhlw5wFhjEUFb4Tv5bADZ8Kzfi/s640/birodh.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhsc0zD8tQyRs65we1XEt5kKqY6-qYzL05h8_rVpea-SmYGWLvMLZcciISgO8nzNw4-j_JPnSnazroSB19RlyYht9-uqsIa1957-pXCVrXUn8YWTu0nIRUhlw5wFhjEUFb4Tv5bADZ8Kzfi/s72-c/birodh.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2019/03/blog-post_434.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2019/03/blog-post_434.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy