उमाशङ्कर द्विवेदी
केही बेरसम्म ती दुवै महारथीहरूबीच सामान्यरूपमा युद्ध भइरह्यो, तिनीहरूमध्ये कसैको पनि न्यूनाधिकता देखिएन । यतिकैमा महाराज शल्यले एउटा तीखो बाण हानेर धृष्टद्युम्नको धनुष काटिदिए तथा उसलाई बाणहरूबाट आच्छादित पारिदिए ।
यो देखेर अभिमन्यु बडो क्रोधमा भरिएर मद्रराजको रथतिर हानिए र बडो तीखो बाणले उनलाई बिध्न थाले । अनि दुर्योधन, विकर्ण, दुःशासन, विविंशति, दुर्मर्षण, दुस्सह, चित्रसेन, दुर्मुख, सत्यव्रत र पुरुमित्र–यी सबै योद्धाहरू मद्रराजको रक्षा गर्न थाले तर भीमसेन, धृष्टद्युम्न, द्रौपदीका पाँच पुत्र, अभिमन्यु र नकुल–सहदेवले तिनीहरूलाई रोकिदिए । यी सबै वीर बडो उत्साहका साथ आपस्तमा युद्ध गर्न थाले । यी दुवै पक्षका दश/दश रथीहरूको भयङ्कर युद्ध आरम्भ हुँदा त्यसलाई तपाईं र पाण्डव पक्षका अन्य रथीहरू दर्शकभैंm हेर्न थाले । दुर्योधनले अत्यन्त क्रोधित भई चारवटा तीखो बाणले धृष्टद्युम्नलाई बिधिदिए तथा दुर्मर्षणले बीस, चित्रसेनले पाँच, दुर्मुखले नौ, दुस्सहले सात, विविंशतिले पाँच र दुश्शासनले तीन बाण हानेर उनलाई घाइते पारिदिए । अनि धृष्टद्युम्नले पनि आप्mनो हातको चटक देखाउँदै तिनीहरूमध्ये प्रत्येकलाई पच्चीस/पच्चीस बाण हाने तथा अभिमन्युले दश/दश बाण हानेर सत्यव्रत र पुरुमित्रलाई बिधिदिए । नकुल तथा सहदेवले आप्mनो मामा शल्यमाथि तीखातीखा बाण हाने । अनि शल्यले पनि आप्mना भानिजहरूमाथि अनेकौं बाण हाने तर नकुल र सहदेव बाणहरूबाट छोपिंदा अलिकति पनि विचलित भएनन् ।
भीमसेनले आप्mनोअगाडि दुर्योधनलाई हेरेपछि सम्पूर्ण झगडाको अन्त पारिदिनको लागि एउटा गदा उचाले । भीमसेनलाई गदा उचालेको हेरेर तपाईंका सबै पुत्र तर्सिएर भागे । अनि दुर्योधन क्रोधमा भरिएर मगधराजलाई उनको दश हजार गजारोही सेनासहित अगाडि पारेर भीमसेनमाथि धावा गरे । अनि भीमसेन रथबाट हाम्फालेर आप्mनो गदाबाट हात्तीहरूलाई सखाप पार्दै रणक्षेत्रमा विचरण गर्न थाले । त्यति बेला भीमसेनको मुटु थर्काउने गर्जना सुनेर सबै हात्ती बहिरोभैंm हुन पुग्यो । अनि द्रौपदीका पुत्र, अभिमन्यु, नकुल, सहदेव र धृष्टद्युम्न–यी पाण्डव पक्षका वीरहरू भीमसेनलाई पछाडिबाट रक्षा गर्दै आप्mना तीखो बाणबाट मगधी सेनाहरूको टाउको छिनाल्न थाले । यो देखेर मगधराजले आप्mनो ऐरावतको समान विशालकाय हात्तीलाई अभिमन्युको रथतिर सारे तर वीर अभिमन्युले एउटै बाणले त्यस हात्तीलाई सोत्तर पारिदिए र एउटै बाण हानेर वाहनहीन मगधराजको टाउको गिडिदिए । भीमसेन पनि त्यस गजारोही सेनामा छिरेर हात्तीहरूलाई मार्न थाले । त्यति बेला हामीले भीमसेनको एक/एक प्रहारले हात्तीहरूलाई सोत्तर हुँदै गरेको हे¥यौं । क्रोधातुर भीमसेनको चोट खाएर ती हात्तीहरू यताउति भौंतारिएर तपाईंकै सेनाहरूलाई कुल्चिदै थिए । त्यति बेला आप्mनो गदालाई चारैतिर घुमाइरहेको देखेर यस्तो लागिरहेको थियो मानौं रणाङ्गाणमा साक्षात् शङ्कर नै नृत्य गरिरहेका होऊन् ।
यसै बेला हजारौं रथीहरूका साथ तपाईंको पुत्र नन्दकले अत्यन्त कुपित भएर भीमसेनमाथि आक्रमण ग¥यो । उसले भीमसेनमाथि छवटा बाण हान्यो तथा अर्कोतिरबाट दुर्योधनले नौवटा बाण भीमसेनको वक्षस्थलमाथि हान्यो । अनि महाबाहु भीमसेन आप्mनो रथमाथि आरुढ भए र आप्mना सारथि विशोकसित भने–हेर, यी महारथी धृतराष्ट्रपुत्रहरू मेरो प्राणको ग्राहक भएर आएका रहेछन्, अतः म तिम्रोसामु नै यिनीहरूको अन्त गरिदिनेछु । त्यसैले तिमीले सावधानीसित मेरा घोडाहरूलाई यिनीहरूको सामु लग । सारथिसित यति भनेपछि उनले तीनवटा बाण नन्दकको छातीमाथि हाने । यता दुर्योधनले पनि साठीवटा बाण भीमसेनलाई र तीनवटा बाण उनको सारथिलाई हानेर घाइते पारिदिए । अनि तीनवटा तीखो बाण हानेर उनले हाँस्दाहाँस्दै भीमसेनको धनुष पनि काटिदिए । अनि भीमसेनले एउटा अर्को दिव्य धनुष हातमा लिएर त्यसमाथि एउटा तीखो बाण चढाएर त्यसले दुर्योधनको धनुष काटिदिए । दुर्योधनले पनि तत्कालै अर्को धनुष लिई त्यसमाथि एउटा भयङ्कर बाण चढाएर भीमसेनको छातीमाथि चोट गरे । त्यस बाणबाट व्यथित भएर भीमसेन रथको पछिल्लो भागमा गई बसे तथा उनी मूच्र्छित भए ।
भीमसेनलाइ मूच्र्छित भएको हेरेर अभिमन्यु आदि पाण्डव पक्षका महारथीहरू असहिष्णु भएर आए तथा दुर्योधनमाथि तीखातीखा बाणहरू हान्न थाले । यतिकैमा भीमसेनको चेतना फर्कियो । उनले पहिले त दुर्योधनमाथि तीन र फेरि पाँचवटा बाण हाने । त्यसपछि पच्चीसवटा बाण राजा शल्यमाथि हाने । त्यसबाट घाइते भएर मद्रराज शल्य रणभूमि छाडेर गइहाले । अनि तपाईंका चौध पुत्र सेनापतिहरू सुषेण, जलसन्ध, सुलोचन, उग्र, भीमरथ, भीम, वीरबाहु, अलोलुप, दुर्मुख, दुष्प्रधर्ष, विवित्सु, विकट र सम भीमसेनमाथि आइलागे । उनीहरूको नेत्र क्रोधले राताराता भइरहेका थिए । उनीहरूले एकैसाथ धेरै बाण हानेर भीमसेनलाई घाइते पारिदिए । तपाईंका पुत्रहरूलाई आपूmसामु देखेर महाबली भीमसेन यस प्रकारले झम्टे जसरी ब्वाँसो अन्य पशुहरूमाथि झम्टिन्छ । फेरि उनी गरुडको समान झम्टेर एउटा तीखो बाण हानेर सेनापतिको टाउको गिडिदिए, तीनवटा बाण हानेर जलसन्धलाई यमपुरीमा पठाइदिए, सुषेणलाई मारेर मृत्युको जिम्मा लगाइदिए, उग्रको मुकुट र कुण्डलले विभूषित टाउको काटेर पृथ्वीमाथि खसालिदिए तथा सत्तरीवटा बाण हानेर वीरबाहुलाई उसको घोडा, ध्वज र सारथिसहित धराशयी पारिदिए । यसै प्रकार उनले भीम, भीमरथ र सुलोचनलाई पनि सबै सेनानीले हेर्दाहेर्दै यमराजको घर पठाइदिए । भीमसेनको यस्तो प्रबल प्रताप हेरेर तपाईंका शेष पुत्रहरू भयभीत भएर यताउति भागिगए । क्रमशः...