प्रस, कलैया, १६ चैत/
कलैया उपमहानगरपालिकामा सडक निर्माणको डिपिआर तयार गर्ने काम शुरू भएको छ ।
नगर प्रमुख राजेशराय यादवको सक्रियतामा खटेको प्राविधिक टोलीले नगर क्षेत्रमा निर्माण हुने विभिन्न सडकको स्थलगत निरिक्षण तथा नाप–नक्सा शुरू गरेको छ ।
कलैया–जैतापुर, मझौलिया–श्रीपुर, शीतलपुर मठ–बसतपुर, धर्मनगर–पूmलवरिया, शीतलपुर मठ–बलिरामपुर– पिप्राढी हुँदै भौरा बघवनसम्म सडक निर्माण गर्ने योजना रहेको नगर प्रमुख यादवले बतााए।
एशियन इन्फ्रास्टक्चर इनभेस्टमेन्ट बैकको लगानीमा निर्माण गर्न लागिएको प्रस्तावित सडकहरूको दक्षिण कोरियाली कम्पनी युसिन–सुशिन–समन जेभीले डिपिआर तयार गर्ने जिम्मा पाएको छ । कम्पनीका प्राविधिकहरू सुरेश बराल र विवेक बरालले निरीक्षण शुरू गरिसकेको नगरप्रमुख यादवले प्रतीकलाई बताए ।
कलैया उपमहानगरपालिकाको उत्तर देखि दक्षिणसम्मको सबै वडालाई कालोपत्रे सडकले जोड्ने लक्ष्य पूरा गर्न पहिलो चरणमा सडक निर्माणको कार्यलाई प्राथमिकता दिइएको यादवले बताए । प्राविधिक टोलीलाई स्थलगत निरीक्षण गराउने क्रममा उपमहानगरपालिका–२० का वडाध्यक्ष इमामुद्दिन मियाँ ठकुराई, १३ नं. का राजनराउत कुर्मी र ११ नं. का वडाध्यक्ष सर्वनारायण चौधरीले सहजीकरण गरेका थिए ।