डा. रमेश मिश्र
कुनै बाहिरी वा भित्री आघात अथवा उच्च रक्तचाप वा अन्य कारणले संज्ञा वाही नाडीको विकृतिबाट मांसपेशीहरूको स्वेच्छिक क्रिया बन्द हुनु, संज्ञा चयन र मानसिक क्ष्Fमतामा हानि हुनुलाई पक्षाघात (पारालाइसिस) भनिन्छ । आयुर्वेद अनुसार बढेको वातदोषले शरीरको एक भाग केन्द्रीय नाडीतन्त्र एवं अङ्गहरूको संवेदन कार्यहरूलाई प्रभावित गर्दछ भने त्यसलाई अधाङ्ग वात भनिन्छ ।
चालमा विकृति हुनु अर्थात् लङ्गडापन, सुन्नता, प्रभावित भागमा पीडा तन्त्रिका तन्त्रले राम्रोसँग काम नगर्दा जब शरीरको दायाँ भाग प्रभावित हुन्छ, तब बोल्नमा कठिनाइ हुन्छ ।
अत्यधिक अश्रुस्राव र ¥यालस्रावको साथसाथै मुख विपरीत दिशामा घुम्नु पक्षघातका लक्षण हुन् ।
सबै चिकित्सा पद्धतिमा रोगको अवस्था अनुसार उपचार हुन्छ । आयुर्वेदमा पक्षघातको निम्नानुसार चिकित्सा व्यवस्था गरिएको छ ।
प्रारम्भमा नै रसायन प्रयोग एवं रहनसहन (जीवनशैली)मा बदलाव, औषधीय तेल जस्ता दशमूल तैल, महानारायण तैल, महामास तैलबाट स्नेहन अर्थात् हलुका मालिस गर्नुपर्दछ ।
औषधियुक्त जडीबुटीको कवाथबाट स्वदेन गर्नुपर्दछ । मृदु विरेचन, बस्ति र नब्य गर्नुपर्दछ । यी सबै पञ्चकर्म प्रक्रिया हुन्, जुन कुशल आयुर्वेद चिकित्सकको सल्लाह अनुसार गरिन्छ । औषधिहरूमा चिकित्सकको सल्लाह अनुसार लशुनादिवटी, योगराज गुग्गुल, त्रिफलाचूर्ण, महारास्नादि कवाथ, दशमुलारिष्टको सेवन गर्नुपर्दछ ।
पक्षाघातमा उपयोगी हाम्रFेवरिपरि थुप्रै जडीबुटीहरू पाइन्छन्, जसको उपयोग चिकित्सकको सल्लाह अनुसार गरिन्छ जस्तैः वाला, निर्गुण्डी, रास्ना, शाल्की, रसोन, अश्वगन्धा, शुष्ठी, एरण्ड, हरितकी आदि ।
पक्ष्Fघातमा कालो चना, कुलथी, प्याज, रसोन (लसुन), शुष्ठी, अदुवा, मूला, मुंग, अनार, अङ्गुर पथ्य हुन् ।
बढी पिरो मसाला, नुनिलो खानेकुरा, चना, केराउ, प्राकृतिक वेगलाई रोक्नु, मद्यपान, धुम्रपान, रात्रि जागरण, बढी व्यायाम, भोकै बस्नु अपथ्य हुन् ।
–जिल्ला आयुर्वैद स्वास्थ्य केन्द्र, वीरगंज