$type=ticker$count=12$cols=4$cate=0

शिक्षा र चरित्र

SHARE:

अनन्तकुमार लाल दास

    शिक्षा भनेको अध्ययन र ज्ञान प्राप्ति हो । शिक्षाले मानिसको रुचि, योग्यता, सामाजिक मूल्य र मान्यतालाई ध्यानमा राखी आवश्यकता अनुरूप स्वतन्त्रता प्रदान गरी उसको सर्वाङ्गीण विकास गर्दछ । शिक्षाले हाम्रो सोच्ने, समाजमा घुलमिल गर्ने र जीवन यापन गर्ने तरीकालाई परिमार्जित गर्दछ । विवेकशीलता शिक्षाको देन हो । नेपालको प्राचीन शिक्षाले हामीलाई प्रकृति र सबैको सम्पर्कमा बस्न सहयोग गर्दथ्यो । त्यसले हाम्रो परिवेश, परिस्थिति र नेपाली संस्कारलाई राम्ररी बुझ्न सहयोगीको भूमिका निर्वाह गर्दथ्यो तर नेपालको वर्तमान शिक्षा प्रणाली जीविका चलाउने साधनमात्र बनेकोे छ ।
    वर्तमान शिक्षामा संस्कारको नितान्त अभाव छ । आजको शिक्षा प्रणाली व्यावहारिक ज्ञानबाट दिन प्रतिदिन टाढिंदै गएको छ । वर्तमान शिक्षा प्रणालीले मानिसलाई एकातिर स्वावलम्बी बनाएको छ भनें अर्कोतर्पm यो शोषणको नीतिमाथि आधारित छ । विकास र प्रगतिको नाउँमा यो प्रकृतिलगायत त्यस्ता हरेक कुराको शोषण गर्दछ जसको विनाशबाट मानिसलाई केही हासिल हुँदैन । मानवीय संवेदनासँग यसको कुनै सम्बन्ध छैन किनभने यस्तो शिक्षायुक्त व्यक्ति आज उच्च महŒवाकाङ्क्षाको गुलाम बनेको छ । ऊ हरेक व्यक्तिलाई आप्mनो प्रतिस्पर्धी देख्दछ । यस कारण ऊ वन विनाश गरेर ठूल्ठूला भवन निर्माण गर्दछ । एकातिर उसले रोगहरूमाथि विजय प्राप्त गरेको छ भने अर्कोतिर स्वयंलाई समस्याको कारण पनि बनाउँदै लगिरहेको छ ।
    स्वास्थ्य र धनमध्ये चरित्रको स्थान सर्वोपरि छ । भनिन्छ यदि धन चोरी भयो भने पुनः उपार्जन गर्न सकिन्छ, स्वास्थ्य खराब भयो भने पुनः हासिल गर्न सकिन्छ तर चरित्र गुम्यो भने सबैथोक समाप्त हुन्छ । चरित्र निर्माण सजिलो काम होइन । चरित्र निर्माणको लागि साहस र धैर्यको आवश्यकता पर्दछ । तर एउटा दुःखद सत्य के हो भने आजको विद्यार्थीले योग्यताको प्रमाणपत्र त प्राप्त गर्छ तर ज्ञानार्जन गर्दैन । अधिकांशलाई न ठीक–बेठीकको समझ हुन्छ, न नोकरी नै प्राप्त हुन्छ । यस कारण उनीहरू कि ख्याली पुलाव पकाउनमा व्यस्त हुन्छ वा धेरै निराशाको अँध्यारोमुनि बसेका हुन्छन् ।
    नेपालको वर्तमान शिक्षा प्रणालीमा न चरित्र निर्माणको कुनै ठाउँ छ, न त्यसलाई कुनै महŒव नै दिइन्छ । हाम्रो नेपाली संस्कृतिमा गुरु र शिष्यबीच सम्बन्ध पहिले धेरै मधुर र सुखद थियो । यसको एकमात्र कारण पारस्परिक विश्वास थियो । गुरुले शिष्यलाई आप्mनो छोराछोरी सरह र शिष्यले पनि गुरुलाई आमाबुवा जस्तै आदर प्रदान गर्दथे तर आज गुरु र शिष्यबीच केवल व्यापारिक सम्बन्ध छ । आजभोलि सञ्चार माध्यमहरूमा गुरु–शिष्य सम्बन्धमा यस्ता लज्जास्पद समाचार पढ्न र सुन्न पाइन्छ जसले हाम्रो टाउको निहुरिन्छ । यसको एकमात्र कारण शिक्षामा चरित्र निर्माणको कुरो माथि ध्यान नदिनु र विद्यार्थीमाथि शिक्षक वर्गको नैतिक प्रभाव नहुनु हो ।
    विद्यार्थीको चरित्र निर्माणमा परिवारको भूमिका पनि प्रमुख हुन्छ । यदि अभिभावक चरित्रवान छ भने उसको असर सन्तानमा पनि देखा पर्छ । परिवार सँगसँगै समाजको असर पनि व्यक्तिमाथि पर्दछ । समाजलाई दिशा निर्देश गर्ने राजनीतिक नेता र राजनीतिक कार्यकर्ताहरूको पनि राष्ट्रको चरित्र निर्माणमा महŒवपूर्ण भूमिका हुन्छ । ठूल्ठूला पदमा आसीन पदाधिकारीहरू स्वार्थबाट प्रेरित छन् । आज हाम्रो राष्ट्रको चारित्रिक स्तर खस्केको एकमात्र कारण राजनीतिक नेता र कार्यकर्ताहरूमा नैतिकता लुप्त हुनुपनि हो । धन र सत्ता प्राप्ति राजनीतिको एकमात्र लक्ष्य बनेको छ । आजभोलि कुनै पनि नेतामाथि भरोसा गर्नु मूर्खताबाहेक केही हुँदैन । यसबाट के प्रस्ट हुन्छ भने नेताहरूको चरित्र नै भ्रष्ट भएपछि साधारण नागरिकको चरित्र बलियो हुनु कठिन हुन्छ । भनिन्छ जस्तो नेतृत्व त्यस्तै जनता । लोकतन्त्र प्राप्तिका लागि सङ्घर्षरत नेपालीले जे सपना देखेका थिए ती सबै दिन प्रतिदिन दिवास्वप्नमा परिणत हुँदै गइरहेको छ । जब परिवारको मुखिया नै भ्रष्ट छ भने परिवारका अन्य सदस्यहरूमाथि कसरी भरोसा गर्ने ?
    विद्यार्थीहरूको चरित्र निर्माणका लागि शिक्षासँगसँगै रचनात्मक कार्यमा पनि उनीहरूलाई समावेश गराउनु र व्यस्त राख्नु जरूरी छ । तर विडम्बना के छ भने पढाइको अलावा उनीहरूलाई न कुनै रचनात्मक कार्यक्रममा व्यस्त राखिन्छ, न यस प्रकारको दिशा निर्देश नै दिइन्छ । सामुदायिक विद्यालयको त कुरै न गरौं किनभने त्यो राजनीतिक कार्यकर्ताको संरक्षण गर्ने थलो नै बनेको छ भने संस्थागत विद्यालयहरू जसले अतिरक्त पाठ्यक्रमको नाउँमा लाखौं वसुली गर्छन् तिनले पनि यसतर्पm ध्यान दिएको देखिंदैन । फलस्वरूप शिक्षोपरान्त बेरोजगारी आतङ्कबाट देश र समाज आक्रान्त हुन थाल्छ । जुन राष्ट्रको शिक्षित जनशक्ति घटिया कार्यहरू– जस्तै चन्दा असुली, एक अर्कालाई धम्काउने, अपहरण गर्ने, सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, लागू पदार्थको ओसारपसार गर्ने, जुवाताशमा रमाउने, जाँड–रक्सी सेवन गर्ने, दहेज लिनेदिने, यौन अपराधमा संलग्न हुने, गुण्डागर्दी गर्ने जस्ता कार्यहरूमा संलग्न हुन्छ वा निरन्तर मानसिक विकारको शिकार भइरहन्छ, त्यस राष्ट्रलाई कसरी उन्नति र प्रगतिपथमा अग्रसर गराउन सकिन्छ ?
    चरित्र ¥हासका लागि मूलतः देशको राजनीतिक नेताहरू नै जिम्मेवार छन् किनभने दुर्बल चरित्रसँग कैयौं समस्या जोडिएको हुन्छ । जसरी–जसरी राष्ट्रीय चरित्रमा ¥हास आएको छ त्यही गतिमा सामाजिक अपराधमा वृद्धि भएको छ । चरित्र ¥हास र अपराधमा अन्योन्याश्रित सम्बन्ध हुन्छ । अपराधीहरू पैसाको बलमा न्यायालयबाट छुट्छन् । प्रहरी प्रशासनलाई पैसा खुवाएर उम्केका अनेकौं समाचार सुनिएको छ । अपराधी उम्कनुको मूल कारण हो भ्रष्टाचार र शासनको मेचमा बसेका भ्रष्ट पदाधिकारीहरू । भ्रष्टाचारकै कारण दिन प्रतिदिन अपराध वृद्धि भइरहेको छ । महिलाको सम्मान हुनुपर्ने ठाउँमा शोषण भइरहेको छ । न्यायको अभावमा कानूनसँग खेलवाड हुन थालेको छ । यसरी दिन प्रतिदिन अराजकतामा वृद्धि हुँदै गइरहेको छ । यस्तो यौटा हैन अनेकौं समस्या दुर्बल चरित्रसँग उत्पन्न हुँदै गएको छ ।
    आप्mनो मौलिक संस्कृति र परम्परामा गर्व गर्ने नेपालमा दिन प्रतिदिन सांस्कृतिक प्रदूषण बढ्दै गएको छ । यसको एकमात्र कारण आँखा चिम्लेर पश्चिमी संस्कृति र परम्पराको नक्कल गर्नु हो र यसो हुनुमा नेपाल सुहाउँदो सही शिक्षाको अभाव हो । शिक्षामा बढ्दै गएको राजनीतिक हस्तक्षेपले गर्दा विद्यार्थीको अन्धकारमय भविष्यलाई यदि समयमैं सपार्न सकिएन भने आउँदो दिन झन् डरलाग्दो हुनेछ ।
    चरित्रको अभावमा कुनैपनि राष्ट्रको सम्यक विकास हुन सक्दैन । कुनैपनि राष्ट्रको चरित्र भन्नाले त्यस राष्ट्रको नागरिकहरूको चरित्रलाई जनाउँछ । चरित्रवान नागरिक यदि विवेकयुक्त हुन्छ भने साहित्य र विज्ञानको क्षेत्रमा केही कार्य गर्न सक्छ । आज कार्यालयमा कोही काम गर्न रुचाउँदैनन् । सबैको ध्यान काम भन्दा बढी तलबमाथि मात्र रहन्छ । परिस्थितिजन्य कारणले गर्दा आम मानिसको नैतिकतामा पनि ¥हास आउँदै गइरहेको छ ।
    आज सामूहिक अनुशासन, निष्ठा र इमानदारिताको खाँचो छ । आज एक अर्काबीच आपसी समझदारी र सम्मानको खाँचो छ । चरित्र निर्माणको आवश्यकता ज्ञानको खोजी गर्न, स्वतन्त्रतालाई राम्ररी बुझ्न, आप्mनो समस्याको हल आपैmं खोजी गर्न र आप्mनो ध्यान रचनात्मकता र परिश्रममाथि केन्द्रित गर्नका लागि पनि आवश्यक हुन्छ । यो यस कारणले भनिएको हो कि चरित्रगत शिक्षाले विद्यार्थीहरूमा सामाजिक र भावनात्मक शिक्षाको प्रवाह, जीवन कौशल शिक्षा, हिंसा निषेध, इमानदारिताको विकास गर्दछ । वर्तमान युग व्यवस्थापनको युग हो । यदि हामीले चरित्र शिक्षाको व्यवस्थापन आधुनिक शिक्षामा गर्न सक्यौं भने भविष्यमा गर्व गर्न सक्ने कल्पना साकार हुन सक्छ किनभने लोकतन्त्रको प्राप्तिका लागि बलिदान दिने ज्ञात–अज्ञात शहीदहरूको सपना साकार पार्न र समावेशी लोकतन्त्रको रक्षाका लागि पनि उच्च चरित्र आवश्यक पर्दछ । आर्थिक र सामाजिक विकासका लागि पनि इमानदार चरित्रको आवश्यकता पर्दछ । मानव अधिकारको सम्मान, पीडित, उत्पीडित, उपेक्षित, दलितको उत्थानका लागि पनि सच्चरित्रता आवश्यक हुन्छ। 
    यस प्रकारको चरित्र निर्माणका लागि नैतिक शिक्षा अत्यावश्यक छ । यसको अभावमा राम्रो चरित्रको कल्पना गर्नु निरर्थक हुन्छ । आज यस्तो शिक्षा व्यवस्थाको खाँचो छ जसले विद्यार्थी र शिक्षकबीच राम्रो सम्बन्ध जोडोस्, अभिभावक र विद्यालयबीचको खाल्डो पुरोस् । आज हामी सबैले सुखी नेपाली, समृद्ध नेपाल निर्माण गर्न जागरुक नागरिक बन्न आवश्यक छ । हामी सबैलाई चरित्रको महŒवबारे थाहा छ । हामी चरित्रवानको कदर पनि गर्छौं तर आवश्यकता मात्र के छ भने स्वयंले गर्ने गल्ती परित्याग गरी सच्चरित्रता अङ्गीकार गरौं ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : शिक्षा र चरित्र
शिक्षा र चरित्र
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgjFYI_S_-POdsZ8f75HMv9aAKkvSPWa76Rt0Mji3PcmAj6vETG0MBRB2XGcTyvd0uPj5x8m5uEgoP6-fGj0pZwe4PRYIWWThzHGZvNP8Vm8e-WH6yJWuIBZbbKFLnrVOMwI39tq-ZzkAIY/s200/anant+lal+das.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgjFYI_S_-POdsZ8f75HMv9aAKkvSPWa76Rt0Mji3PcmAj6vETG0MBRB2XGcTyvd0uPj5x8m5uEgoP6-fGj0pZwe4PRYIWWThzHGZvNP8Vm8e-WH6yJWuIBZbbKFLnrVOMwI39tq-ZzkAIY/s72-c/anant+lal+das.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2019/03/blog-post_151.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2019/03/blog-post_151.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy