सप्तरी जिल्लाबाट एसइई परीक्षाका प्रश्नपत्र लगातार बाहिरिरहेको छ । बिहीवार हुने विज्ञान विषयको प्रश्नपत्र बुधवार राति सार्वजनिक भयो । शुक्रवार हुने सामाजिक विषयको प्रश्नपत्र बिहीवार राति नै सार्वजनिक भयो । सप्तरी प्रदेश नं. २ मा पर्छ । यसर्थ राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ का ८ वटै जिल्लाको विज्ञान विषयको परीक्षा रद्द ग¥यो । शुक्रवार सामाजिक विषयको परीक्षा सञ्चालन हुनुअगावै स्थगित भयो । सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रश्नपत्र परीक्षाको दिन बिहानैदेखि सप्तरीका फोटोकपी सेन्टरहरूमा छ्यापछ्याप्ती थियो । घटनाले परीक्षार्थीहरू आन्दोलित बनेका छन् । आन्दोलनले प्रदेशस्तरीय रूप लिएको छ । आन्दोलनमा सहभागी विद्यार्थीहरूमा पनि दुई धार देखिएको छ । एक पक्षको भनाई छ– “जुन जिल्लामा प्रश्नपत्र बाहिरिएको हो, त्यहाँको मात्रै रद्द गर्नुपर्छ । अरू जिल्लाको किन रद्द गरियो ? परीक्षा बोर्डको निर्णय सच्याइनुपर्छ ।” अर्को पक्षको भनाई भने– “अहिले प्रश्नपत्र बाहिरिएका स्थानहरूमा अघिल्ला विषयका प्रश्नपत्रहरू पनि बाहिरिएका होलान् । अग्रीम प्रश्नपत्र फेला पार्नेहरूको ग्रेड उच्च आउन सक्छ । यसर्थ बितेका विषयको परीक्षामा प्रदेशका सबै परीक्षार्थीलाई ‘ए’ प्लस मार्क दिनुपर्छ, होइन भने भएका सबै विषयको परीक्षा रद्द गर्नुपर्छ ।”
यस वर्षदेखि एसइईको प्रश्नपत्र तयार र मूल्याङ्कन केन्द्रले गर्ने र परीक्षा सञ्चालन प्रदेशले गर्ने प्रणाली छ । एक प्रदेशका लागि एकै किसिमका प्रश्नपत्रहरू छन् । प्रश्नपत्र केन्द्रबाटै सिलबन्दी गरी सुरक्षा निकायमा पठाइएको हुन्छ । परीक्षा शुरू हुनुभन्दा केही घण्टाअघिसम्म प्रश्नपत्र सुरक्षा निकायको नियन्त्रणमा रहन्छ । केन्द्रमा पु¥याउन पनि सुरक्षा स्कटिङ छ । यसो हो भने प्रश्नपत्र बाहिरिनुमा सम्भावित तीन निकायमाथि प्रश्न उठ्छ । पहिलो छापाखाना, दोस्रो सिलबन्दीमा सहभागी कर्मचारी तथा पदाधिकारी र तेस्रो सुरक्षा निकाय । घटनाको अनुसन्धानका लागि केन्द्र र प्रदेशबाट छुट्टाछुट्टै टोली खटिसकेका छन् । सत्यतथ्य छुट्टयाउन भने कुनै गा¥हो छैन । परीक्षा केन्द्र प्रवेशको बेला ढोकामा चेकजाँच गर्दा परीक्ष्Fार्थीसँग फेला परेका प्रश्नपत्र र पछि केन्द्रमा वितरीत प्रश्नपत्र हुबहु मिलेपछि प्रश्नपत्र बाहिरिएको ठहर भएको हो । चिट फेला परेका परीक्षार्थी, प्रश्नपत्रको फोटोकपी बेच्ने पसले र सामाजिक सञ्जालमा पोस्ट गर्ने व्यक्ति असली सूत्रधार हुन् । प्रश्नपत्र उनीहरूले कहाँबाट पाए त ? लहरो समात्दै जाने हो भने मूल जरा पत्ता लगाउन कुनै गा¥हो छैन ।
प्रश्नपत्र बाहिरिनु नयाँ घटना पक्कै होइन । बितेका वर्षहरूमा पनि प्रश्नपत्र बाहिरिएका थिए । मुख्यतः गैरकानूनी तरीकाले रकम आर्जन गर्ने उद्देश्यले प्रश्नपत्र बाहिरिन्छ । त्यो सकभर गोप्य रहन्छ, प्रयोग गर्नेहरूले पनि आआपूmलाई फाइदा हुने गरी गोपनीयता राख्ने हुनाले प्रश्नपत्र बाहिरिएको हल्ला सुने पनि हतपत प्रमाण फेला पर्दैन । तर यसपटक घटनाको प्रकृति फरक छ । प्रश्नपत्र सामाजिक सञ्जालमा पोस्ट गर्नु त्यो पनि परीक्षाको अघिल्लो रात । यो कार्य परीक्षार्थीलाई हैरानी गराउने वा नयाँ परीक्षा प्रणाली एवं यसमा सहभागी जिम्मेवार निकाय तथा व्यक्तिलाई बदनाम गराउने उद्देश्यले प्रेरित देखिन्छ । जसको अनुसन्धान पनि सोही कोणबाट हुनुपर्छ । अपराधी जोगाउने वा आप्mनो दोष अरूमाथि थोपर्नेभन्दा पनि भविष्यमा यस्तो अपराध गर्ने दुस्साहस कसैले नगरोस् भनी कारबाईको भागी बनाउनुपर्छ ।