प्रस वीरगज, १५ फागुन/
नेपालमा अहिलेसम्म पात्र परिर्वतन भए, सङ्घीयता आयो तर शासन प्रणाली परिर्वतन नभएसम्म कुनै प्रदेशको विकास नहुने प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबू रातउतले बताएका छन् ।
विश्वविद्यालय समाजशास्त्र विभागको सहयोगमा ‘मधेसको अविकास र सडक सञ्जाल’बारे एक दिने सेमिनारको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले नेपालमा सङ्घीयता आएपनि शासन प्रणाली पुरानै रहेको प्रदेशको विकास गर्न समय लाग्ने बताए ।
सडक बनाएर विकास हुँदैन, सडकले विनाशपनि हुन्छ, पूर्व–पश्चिम राजमार्गलाई अलि ददिणतिर बनाएको भए हुलाकी राजमार्ग आश्वयक नै थिएन उनको भनाइ थियो । नेपालमा सडकको नाउँमा वनजङ्गल खेतीयोग्य जग्गा मासिनुभन्दा कनेक्टिभिटी सडक निर्माणको अवधारण ल्याएको भए मधेशको विकास पहिले नै भइसक्थ्यो मुख्यमन्त्री राउतले भने ।
अन्य प्रदेश मात्र होइन, कर्णाली प्रदेशको तुलनामा पनि प्रदेश २ पछाडि रहेको उनले बताए ।
कार्यक्रममा बोल्दै वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले जनतालाई आत्मनिर्भर बनाउनुको सट्टा परनिर्भर बनाउँदा विकास हुन नसकेको बताए । उनले जनतामध्येपनि मधेसको जनतालाई फसाएर, अल्झाएर परनिर्भर पारिएकोले शासन प्रणालीमा सुधार नभएसम्म विकास असम्भव रहेको बताए ।
कार्यक्रममा सहभागीहरूले प्रदेशको विकास अबको २० वर्षमा भएन भने पछि नहुने बताएका थिए ।
विकसित मुलुकसरह नेपाल विकासोन्मुख हुँदै गएको सहभागी विज्ञहरूले बताएका थिए ।
नेपालको मृत्युदर तथा जन्मदर घट्नु विकासको शुभ सङ्केत रहेको विज्ञहरूको भनाइ थियो । देश विकासका लागि उत्पादन तथा कनेक्टिभिटीमा जोड दिएमा फास्ट ट्रैकबाट नेपालको विकास हुने उनीहरूको भनाइ र हेको थियो । अहिले देशका ३० लाख युवाशक्ति बाहिर रहेको र तिनको रेमिटेन्सलाई उत्पादन क्ष्Fेत्रमा लगानी गर्न सरकारले वातावरण मिलाउन आग्रह गरेका थिए ।
ठाकुरराम बहुमखी क्याम्पसका निमित्त प्रमुख रोशन लामिछानेको सभापतित्वमा शुरू भएको कार्यक्रममा प्रोफेसर डेविड सेडोन, डाक्टर युवराज लुईंटेल, पत्रकार केसी लामिछाने, अजय द्विवेदी, निजामुद्दिन समानी, डा.सुषमा तिवारीलगायतले आआप्mनो धारणा व्यक्त गरेका थिए ।