विश्वराज अधिकारी
पश्चिमको व्यापार पद्धति र पूर्वको व्यापार पद्धतिबीच अहिलेपनि ठूलो अन्तर छ । व्यापारको विकास, सञ्चालन र व्यवस्थापन गर्न पश्चिमका व्यापारीहरू धेरै अगडि छन् । पश्चिमा व्यापारीहरूले प्रत्येक वर्ष नयाँनयाँ किसिमका व्यापारको सृजना गर्दछन् भने पूर्वका व्यापारीहरू परम्परागत चलिआएको व्यापार गर्न वा पश्चिमा व्यापारीहरूले गरेका व्यापार पद्धतिको नक्कल गर्नमा केन्द्रित रहेको देखिन्छन् । पूर्वका व्यापारीले आप्mनै बलमा कुनै नयाँ व्यापार सृजना वा विकास गरेको एउटा पनि उदाहरण छैन । फेसबूक, ट्विटर, गुगल, अमेजन, उबर, युटुबजस्ता व्यापारका नयाँ पद्धतिहरू पश्चिममा नै जन्मेका हुन् । अहिले संसारलाई नै एउटा सानो गाउँमा परिणत गर्ने ‘इन्टरनेट’को जन्मपनि पश्चिममा नै भएको थियो । यसरी पश्चिमका व्यापारीहरू व्यापारको क्षेत्रमा सदैव अगाडि छन् ।
पश्चिमका व्यापारी धनलाई ज्ञान वा परिश्रमको पारितोषिक मान्छन् । धन प्राप्त गर्नका लागि बल एवं बुद्धिको भरपूर उपयोग गर्छन् । त्यसकारण पश्चिमी जगत्मा भन्ने गरिन्छ ‘मुनाफा भनेको जोखिम वहनको परिणाम हो’ (एचयाष्त ष्क चभधबचम या चष्कप दभबचष्लन) । तर पूर्वका व्यापारीमात्र होइन, सामान्य व्यक्तिपनि धनलाई आकस्मिकतासँग जोड्ने गर्छन् । धनलाई कठोर परिश्रम वा तेज बुद्धिको परिणाम नमानेर भाग्यको परिणाम मान्दछन् । धन राम्रो भाग्यको परिणाम हो भन्छन् । त्यसकारण धनकी देवी (लक्ष्मी) को पूजा गर्छन् । धनकी देवीको पूजा पनि यस विश्वासका साथ गर्छन् कि धनकी देवीको कृपा भएमात्र धन आर्जन गर्न सकिन्छ । भएन भने गर्न सकिंंदैन । यो विश्वासले गर्दा नेपाल एवं भारतमा व्यापारीहरूले आप्mनो पसल वा कार्य क्षेत्रमा धनकी देवीको मूर्ति वा फोटो राखेर नित्य पूजा गर्छन् । धनकी देवीलाई हरपल प्रसन्न राख्ने प्रयास गर्छन् । पूर्वका व्यापारीमात्र होइन, सामान्य नागरिकपनि धनकी देवीको नित्य पूजा गर्छन् । वर्षको एक पटक त धनकी देवीको पूजा धूमधामका साथ गर्छन् । निर्धनसमेत आकस्मिक रूपमा कुनै दिन धन प्राप्त हुन्छ कि भन्ने आशा गर्दै धनकी देवीको पूजा ऋण नै लिएरपनि गर्छन् । तर पश्चिममा न व्यापारी, न सामान्य व्यक्तिले नै धनका देवता वा देवीको पूजा गरेको पाइन्छ । कस्तो आश्चर्य १ पूर्वीयहरू धनकी देवीको पूजा नित्य गरेर पनि गरीब छन् जबकि पश्चिमाहरू पूजा नगरेरै धनी छन् ।
हामी भगवान्लाई पनि धनसँग जोडेर हेर्छौ । भगवानको पूजा आप्mनो स्वार्थको लागि गर्छौ । तर भगवान् त श्रद्धा र विश्वासको केन्द्र पो हुनुपर्ने हो ।
हाम्रो पूर्वीय समाजले धनलाई अति नै महŒव दिन्छ । धनी हुनु पूर्वजन्मको राम्रो कर्मको फल मान्दछ । धनीलाई इज्जत दिन्छ र गरीबको इज्जत नै हुँदैन जस्तो गरेर उनीहरूसँग व्यवहार गर्छ । तर विडम्बना १ पूर्वीय समाजले धनलाई महŒव दिंदादिंदै पनि यो समाज गरीब छ । किन होला ? उत्तर सरल छ । पूर्वीयहरू व्यापार, व्यवसायको विषयमा निकै पछाडि छन् । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने तत्कालीन शासकहरूले काठमाडौ नगरवासीहरूलाई व्यापार सिकाउन कश्मीरबाट व्यापारी काठमाडौ ल्याएका थिए । नेपालीहरूले धेरैपछि मात्र व्यापारका तरीकाहरू सिकेका हुन् । व्यापारको क्षेत्रमा तराई त झनै पछाडि थियो । जीवन निर्वाहका लागि आवश्यक सामग्री तराईका बासिन्दाहरूले सीमावर्ती भारतीय बजारहरूबाट खरिद गर्दथे ।
पश्चिमाहरूको तुलनामा पूर्वीय व्यापारीहरू कसरी पछाडि छन् भन्ने तर्कको पक्षमा एउटा प्रमाण पेश गर्न चाहन्छु । र त्यो प्रमाण हो मुनाफाप्रति पूर्वीय धारणा । पूर्वीय धारणा अनुसार पूर्वका व्यापारीहरूले छोटो समयमा बढी आम्दानी गरेर छोटो समयमा नै ठूलो धन आर्जन गर्ने लक्ष्य लिएका हुन्छन् । त्यो कारणले गर्दा उत्पादन लागतभन्दा कैयौ गुणा बढी मुनाफा लिएर, वस्तुलाई महँगो पारेर बिक्री गर्छन् र छोटो समयमा मुनाफाको माध्यमबाट धेरै धन प्राप्त गर्ने प्रयास गर्छन् । तर कुनै पनि वस्तु चर्को मूल्यमा बिक्री गर्दा त्यसले क्रेताको क्रय शक्ति कमजोर हुन्छ भन्नेतिर पटक्कै ध्यान दिंदैनन् । अर्थात् व्यापारीहरूले हरपल बढी मूल्य राखेर, बढी मुनाफा प्राप्त गरेर, छोटो समयमा नै धनाढ्य बन्ने प्रयास गरिरहेका हुन्छन् । आर्थात् छोटो समयलाई बढी महŒव दिइरहेका हुन्छन् । दीर्घ कालको कुरा सोच्दैनन् । यस कारणले गर्दा चर्को मूल्य राखेर, बढी मुनाफा लिएर छोटो समयमा नै धनी हुन व्यापारीहरूबीच तीव्र प्रतिस्पर्धा भइरहेको हुन्छ । अर्थात् बढी मुनाफा गर्ने प्रमुख बाटो चर्को मूल्य हुन पुग्छ । यस प्रकार पूर्वका व्यापारीहरूबीच चर्को मूल्यमा वस्तु बिक्री गर्न अघोषित प्रतिस्पर्धा नै हुन्छ ।
तर पश्चिमा यसको ठीक विपरीत हुन्छन् । पश्चिममा व्यपारीहरूबीच सस्तोमा वस्तु बिक्री गर्न प्रतिस्पर्धा हुन्छ । मूल्य कम पार्नुलाई, ग्राहकलाई आप्mनो वस्तु खरिद गर्ने मनस्थितिमा पु¥याउन एक बिक्री–रणनीतिको रूपमा प्रयोग गरिन्छ । जति सस्तोमा बिक्री गर्न सक्यो त्यसै अनुसार ग्राहकहरू पनि ठूलो सङ्ख्यामा आउँछन् । यसरी थोरै मुनाफा प्राप्त भए तापनि, धेरै ग्राहकलाई बिक्री गर्दा, दीर्घकालमा राम्रो मुनाफा प्राप्त गर्न सकिन्छ भन्ने उद्देश्यका साथ पश्चिमा व्यापारीहरू व्यापार गर्छन् । अर्थात् दीर्घकाललाई बढी महŒव दिन्छन् । सस्तोमा वस्तु वा सेवा बिक्री गरेर ग्राहकहरूको क्रयशक्ति वृद्धि गर्नेतर्फ हरदम क्रियाशील रहन्छन् । बजारमा बसेर लामो समयसम्म व्यापार गर्ने उद्देश्य लिएका हुन्छन् । र यो कारणले गर्दा ग्राहकको हित (सस्तो मूल्य) प्रति सदैव सचेत रहन्छन् ।
हाम्रो समाजमा त्यस्तो बिक्री भण्डारको नाम कमै सुनिन्छ जसले सस्तोमा सामान बिक्री गर्न ख्याति आर्जन गरेको होस् । सस्तोमा बिक्री गरेको काणले गर्दा नै व्यवसायिक जगत्मा दीर्घ जीवन प्राप्त गरेको होस् । ग्राहकको क्रय शक्तिप्रति सचेत रहेर निरन्तर ग्राहकको हित सोचेको होस् ।
हामी पटके व्यापारमा बढी रमाउँछौं र छोटो समयमा नै धनी हुन खोज्छौ । ग्राहकको हितको पूर्णरूपमा बेवास्ता गर्छौ । वस्तु वा सेवाको मूल्य चर्को पार्न वा मिसावट गर्न वा कमसल वस्तु बिक्री गर्न पनि हच्किंदैनौं।
संयुक्त राज्य अमेरिकामा यस्ता धेरै खुद्रा भण्डार छन् जसले सस्तोमा सामग्री बिक्री गर्न ख्याति नै आर्जन गरेका छन् । घर–घरायसी सामान, लुगा–कपडा, फर्निचर, खाद्य सामग्री, फलपूmल, तरकारी, विद्युतीय सामग्री सस्तोमा बिक्री गर्न ती भण्डारहरूले लोकप्रियता प्राप्त गरेका छन् । यी भण्डारहरूले सामग्रीहरू बिक्री गर्दा ग्राहकको क्रय शक्तिलाई केन्द्रबिन्दुमा राखेका हुन्छन् । क्रेताको क्रयशक्ति बलियो भएमात्र हाम्रो अस्तित्व बाजरमा कायम रहन्छ भन्ने धारणा अनुसार काम गर्छन् ।
विश्वमा नै सर्वाधिक ठूलो मानिएको अमेरिकी खुद्रा भण्डार–वालमार्टले, सस्तो सामग्री बिक्री गर्न ख्याति नै आर्जन गरेको छ । यसैगरी आधुनिक फेसन अनुसारको लुगा सस्तोमा बिक्री गर्न फोरएभर २१
(Fयचभखभच द्दज्ञ) ले अमेरिकाभरि नाम कमाएको छ । रस, अल्डी, टीजे मेक्स, डलर जेनेरल आदि जस्ता खुद्रा भण्डारहरूले पनि सस्तोमा सामग्री बिक्री गर्न ख्याति आर्जन गरेका छन् । सस्तोमा सामान बिक्री गर्न अमेरिकामा डलर ट्री नाम गरेको खुद्रा भण्डारले पनि प्रसिद्धि पाएको छ । यो खुद्रा भण्डारले प्रत्येक सामग्री केवल एक डलरमा बिक्री गर्छ । पेय पदार्थ, खाद्य सामग्री, सामान्य किसिमका लुगाहरू, औषधि, सजावटका सामान, भाँडा, स्टेशनरी, शृङ्गार सामग्री, साबुन, टुथपेस्ट, टुथब्रश, चकलेट, बिस्कुट, बर्थडे वा अन्य कार्ड जस्ता सामग्री यो खुद्रा भण्डारबाट केवल एक डलरमा खरिद गर्न सकिन्छ । अमरिकामा, न्यूनतम ज्याला प्रतिघण्टा करिब ८ डलर रहेको स्थितिमा, एक व्यक्तिले केवल एक घण्टाको ज्यालाले पनि विभिन्न सामान खरिद गर्न सक्ने स्थिति डलर ट्रीले सृजना गरिदिएको छ । डलर ट्रीको मुख्य उद्देश्य नै सस्तोमा सामान बिक्री गर्नु हो । कम आय भएका व्यक्तिलाई सेवा पु¥याउनु हो । र यो एक किसिमको बजार रणनीति पनि हो । यो रणनीतिले गर्दा थुप्रै ग्राहकहरू यो खुद्रा भण्डारप्रति आकर्षित हुन पुग्छन् ।
यसैगरी विश्वविख्यात अमेरिकी फास्ट पूmड रेस्टुरा मैक डोनाल्डले पनि सस्तोमा खाद्य सामग्री बिक्री गर्न ख्याति आर्जन गरेको छ । यस रेस्टुराबाट पनि केवल एक डलरमा एउटा ‘सेन्डविच’ खरीद गर्न सकिन्छ । अर्थात् कुनैपनि व्यक्तिले आप्mनो आम्दानीको अति सानो भाग (एक घण्टाको पारिश्रमिक) ले पनि मैक डोनाल्डबाट एक दिनका लागि पुग्ने खाद्य सामग्री खरीद गरेर जीवन निर्वाह गर्न सक्छ । मैक डोनाल्डले गरीबहरूको जीवन निर्वाह पनि सरल तुल्याइदिएको छ ।
सस्तोमा बिक्री गर्नका लागि दुई कुरा गर्नुपर्ने हुन्छ । उत्पादन र बिक्री लागत सस्तो पार्नुपर्छ । नेपालमा यी दुवै कार्य गर्न व्यापारीहरूबाट ठोस प्रयास गरिएको देखिंदैन । के कस्तो काम गरेर सस्तोमा उत्पादन गर्न सकिन्छ भन्ने अध्ययन अनुसन्धान गरिएको पाइँदैन । खासमा भन्ने हो भने सस्तोमा बिक्री गर्नुपर्छ भन्ने अवधारणाको विकास नेपाली व्यापारीहरू बीच भएको पाइँदैन । सस्तोमा बिक्री गर्दा घाटा लाग्छ भन्ने विपरीत भय पाइन्छ ।
सस्तोमा सामग्रीहरू बिक्री गरेर दीर्घकालमा राम्रो मुनाफा प्राप्त गर्न सकिन्छ भन्नेबारे व्यवसायीहरूले गम्भीरतापूर्वक सोचेको पाइँदैन । यस्तो किन भएको हो त ? किनभने हामी कहाँ व्यापार गर्ने पद्धति नै पुरातन छ । तर यो सोचमा परिवर्तन ल्याउन अति आवश्यक छ ।
कुनै पनि व्यापारको मूल आधार ग्राहक हो । ग्राहकको क्रयशक्ति बलियो भएमात्र व्यापारीहरू पनि बलियो हुन्छन् । ग्राहकहरू धनी भएमात्र व्यापारीहरू पनि धनी हुन्छन् । यो नै व्यापारको मूल मन्त्र हो ।
बपयगतष्थिब२नmबष्।िअयm