प्रस, जनकपुरधाम, १४ फागुन/
प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश नं. २ का दलित समुदाय अब घरविहीन अवस्थामा रहनु नपर्ने बताएका छन् ।
मङ्गलवार जनकपुरमा आयोजित ‘दलित आवास कार्यक्रमसम्बन्धी छलफल’ कार्यक्रममा मन्त्री सोनलले सो कुरा बताएका हुन् । दलित आवास योजनाको प्रदेश २ अन्तर्गत आठवटै जिल्लाका जिल्ला संयोजकसहित पदाधिकारीहरू, भवन डिभिजन कार्यालयका प्रमुख लगायत सो कार्यक्रमसँग सम्बन्धित पक्ष सहभागी छलफल कार्यक्रममा उनले काम छिटोछरितो र गुणस्तरीय गर्न निर्देशन दिए ।
जनता आवस कार्यक्रममा विगतमा निकै गडबडी भएको टिप्पणी गर्दै मन्त्री सोनलले दलित आवासमा त्यस्तो क्रियाकलाप नदोह¥याउन चेतावनी दिए ।
घरबारविहीन दलितहरूको आवास बनाउने कार्यमा पनि गडबडी गर्नेले स्वर्गमा पनि ठाउँ नपाउने भन्दै मन्त्री सोनलले सजग र सचेत रहन अपील गरे ।
दलित आवास योजनाको प्रथम चरणमा डोम, हलखोर, मेस्तर र मुसहर जातिको मात्रै घर बनाउने योजना रहेको र यसै योजना अन्तर्गत यी चार जातिको घरविहीनताको अवस्था समाप्त हुने उनले बताए । कार्यक्रममा भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा, मन्त्रालयका सचिव पुष्पराज घिमिरेको उपस्थिति थियो ।