प्रस, गरुडा, १४ फागुन/
रौतहट, गरुडामा एउटा स्कूलबस र ट्रक ठोकिएर एघारजना घाइते भएका छन् ।
घाइतेमा छजना विद्यार्थी, दुईजना शिक्षक, दुईजना चालक र एकजना महिला प्रहरी छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ ।
रौतहटको गरुडा–४ गरुडास्थित नेपाल पुलिस स्कूलबाट विद्यार्थी र शिक्षक बोकेर गरुडा–८ जिंगडिया होस्टलतर्फ जाँदै गरेको बा १ ग २१७९ नम्बरको बस र विपरीत दिशाबाट उखु बोकेर गरुडास्थित श्री राम सुगर मिल्सतर्फ उखु बोकेर आइरहेको ना ३ ख ७४१८ ट्रक गरुडा–८ सिवानी पेट्रोल पम्प, जिंगडिया नजीक ठोकिएका थिए ।
घटनामा विद्यार्थीहरू आयात सिंह, युवराज पटेल, कृतिका रञ्जन, सौगात सारू, आर्यन रस्तोगी र कैलरिन राई घाइते भएका छन् ।
यसैगरी शिक्षिकाद्वय निरूपा कार्की र ईश्वरी थापा पनि घाइते छन् । बसमैं रहेका प्रहरी जवान विष्णुमाया स्याङ्तान पनि घाइते भएकी छन् । घटनामा बसका चालक डम्बर विक र ट्रकका चालक निजगढ निवासी प्रह्लाद थपलियापनि घाइते भएका छन् । घाइतेको उपचार गरुडामा भइरहेको छ । घाइतेमध्ये चारजनालाई नारायणघाट पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले जानकारी गराएका छन् ।
ट्रकका चालक थपलियाले मादक पदार्थ सेवन गरेको बताइएको छ । बसमा ठोकिएपछि ट्रक अनियन्त्रित भई पल्टेको थियो । घटनाको विषयमा प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।