$type=ticker$count=12$cols=4$cate=0

समृद्धिका लागि सामाजिक सुरक्षा योजना

SHARE:

शीतल महतो
    गरीबी निवारणको सबैभन्दा सशक्त औजारको रूपमा सामाजिक सुरक्षालाई लिइने गरिन्छ । गरीबीका सबै स्वरूपलाई सम्बोधन गर्ने हुनाले यसलाई सबैभन्दा सशक्त अस्त्रको रूपमा लिइने गरिएको हो । सामाजिक सुरक्षा कार्यक्रमले आयगत गरीबी मात्र होइन, असमानता हटाउन र सामाजिक समावेशीकरण बढाउनपनि ठूलो योगदान दिन्छ । यसका साथै मानवीय पूँजी बढाउन, भोकमरी कम गर्न र खाद्य सुरक्षा कायम गर्नसमेत यसले महŒवपूर्ण योगदान गर्छ । रोजगार प्रवद्र्धन गरी समग्रमा समावेशी आर्थिक विकास एवं समृृद्धि हासिल गर्नसमेत यसको भूमिका महŒवपूर्ण रहेको छ । त्यसैले वर्तमान सरकारले अहिले योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गरेको छ ।
    यो योजना शुरू गर्दा सरकारको तयारी भव्य देखिएको थियो । तर त्यसको कार्यान्वयनमा सरकारले त्यस अनुसारको सक्रियता देखाएको छैन । प्रधानमन्त्री केपीशर्मा ओलीको तस्बिरसहित नयाँ युगको शुरूआतका रूपमा यसलाई लिइएको थियो । मजदूर कर्मचारीको भविष्य सुनिश्चित गर्ने दाबी गरिएको यो कार्यक्रमलाई उद्योग प्रतिष्ठानले समेत स्वागत गरेका हुन् । यो योजना अन्तर्गत श्रम ऐन लागू भएको संस्थामा कार्यरत श्रमिक तथा योगदानकर्ताहरूले वृद्धावस्थामा पेन्सन पाउने भएका छन् । पेन्सनलगायत सामाजिक सुरक्षाको सुनिश्चिताका लागि सरकारले सामाजिक सुरक्षा योजना कार्यविधि २०७५ समेत लागू गरेको छ ।  वृद्धावस्थाका सुरक्षा योजनाका लागि रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट निश्चित प्रतिशत रकम जम्मा गर्ने र उक्त रकमबाट पेन्सनको व्यवस्था गर्ने नीति सो कार्यविधिमा समाविष्ट छ । यसरी काम गर्ने उमेरमा श्रम गरेर राज्यका लागि योगदान गरेकाहरूको कदरस्वरूप वृद्धावस्था सुरक्षा योजनाका लागि नीति बनाइनुले श्रमिकहरूमा नयाँ उमङ्ग र उत्साह थपिएको छ । यो योजनाको कार्यान्वयन सफल भएमा अब वृद्धावस्था, बिरामी अवस्था, अशक्त अवस्था वा दुर्घटना भएको अवस्थामा श्रमिकहरूले आर्थिक समस्याले पिरोलिनुपर्ने छैन । आर्थिक अभावका कारण उचित औषधोपचार नपाउने, परिवारको सदस्य आर्थिक समस्यामा पर्न सक्ने चिन्ता पनि यसले दूर गर्छ । योजनामा आश्रित परिवारका सदस्यले पनि निश्चित अवस्थामा पेन्सन पाउने व्यवस्था, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तर्गत औषधि उपचार सुनिश्चित गरिनु, दुर्घटना र अशक्तताबापत सुविधा समावेश हुनु योजनाका महŒवपूर्ण पक्ष हुन् । तर अन्य जस्तै यो योजनाको कार्यान्वयनमा पनि थुप्रै समस्या र चुनौती आउन सक्ने सम्भावना त्यतिकै छ ।
    केन्द्रीय तथ्याङ्क विभागका अनुसार मुलुकभर साना, मझौला र ठूला गरी करीब नौ लाख २२ हजार उद्योग प्रतिष्ठान छन् । त्यसमा काम गर्ने श्रमिक कर्मचारीको सङ्ख्या ३४ लाख हाराहारी छ । सरकारले सबै उद्योग प्रतिष्ठानले यो कार्यक्रममा सहभागी हुनुपर्ने नीति ल्याए पनि काठमाडौं उपत्यकाका लागि दिएको तीन महीनाको उपलब्धि हेर्दा निराशाजनक रहेको छ । उपत्यकाका लागि सूचीकरण गर्न दिएको तीन महीने समय गत सोमवार सकिंदा एक हजार चार सय ६८ उद्योग प्रतिष्ठानमात्र सूचीकरण प्रक्रियामा सामेल भएका छन्. । यो अवधिमा कम्तीमा १५ हजार रोजगारदाता सूचीकृत हुने सरकारको अपेक्षा थियो । तर अपेक्षा अनुरूप सूचीकृत नभएपछि सरकारले यसका लागि पुनः सूचना प्रकाशन गर्ने तयारी गरेको छ । अत्यन्त महŒवाकाङ्क्षी योजनाको रूपमा गत मङ्सिर ११ मा यो शुरू भएको थियो । मङ्सिर ६ मा राजपत्रमा सूचना प्रकाशित गरी सोही मितिदेखि सूचीकरणका लागि रोजगारदातालाई आह्वान गरिएको थियो । पहिलो चरणमा सूचीकरणका लागि कोषले काठमाण्डौं उपत्यकामा रहेका उद्योग प्रतिष्ठानका लागि फागुन ६ गतेसम्म अवधि तोकेको थियो । यस्तै प्रदेश नं. ३ मा मङ्सिर १५, प्रदेश नं. १ मा पुस १ र प्रदेश नं. २ मा पुस १५ गते यो योजना शुरू भएको थियो । यसैगरी माघ १ गतेदेखि गण्डकी र प्रदेश नं. ५ तथा माघ १५ देखि कर्णाली र प्रदेश नं. ७ मा रहेका उद्योगलाई सूचीकृत हुन सूचना प्रकाशित गरिएको थियो । यसरी कोषमा सूचीकरणका लागि निवेदन दिएका एक हजार चार सय ६८ रोजगारदातामध्ये एक हजार दुई सय तीन काठमाडौं उपत्यकाका मात्र हुन् । सूचीकरणका लागि निवेदन दिएकामध्ये गत सोमवारसम्म प्रमाणीकरण हुनेको कुल सङ्ख्या ६ सय ४८ मात्र हो । सरकारले योजनाबाट कोही पनि श्रमिक छुट्न नहुने बताउँदै आएको छ । तर रोजगारदाताको सूचीकरणको गति हेर्दा यो कार्यक्रममा सबै श्रमिक समेट्न वर्षौ लाग्न सक्ने देखिन्छ । विशेषगरी शुरूमा ठूला रोजगारदाताको सूचीकरण उत्साहपूर्वक देखिएको थियो । ठूला र कर्पोरेट संस्कारका उद्योग प्रतिष्ठान एक डेढ महीनाभित्रै सूचीकरण प्रक्रियामा सहभागी भएका थिए ।
    यो योजना कार्यान्वयनका लागि रोजगारदाताले सूचीरकणमा जानैपर्ने कानूनी प्रावधान छ । योजनामा सहभागी हुन रोजगारदाताले मजदूर कर्मचारीले पाउने न्यूनतम पारिश्रमिकको २० र श्रमिकले ११ प्रतिशत गरी ३१ प्रतिशत रकम जम्मा गर्नुपर्ने कानूनी व्यवस्था छ । योजनामा सहभागी हुनेले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धवृद्धा सुरक्षालगायत सुविधा पाउँछन् । अहिले सरकारी कर्मचारीलाई मात्रै पेन्सन पाउने व्यवस्था छ । त्यसैले होला, सबैको आकर्षण सरकारी जागिरमा छ । यो योजनाले निजी क्षेत्रमा काम गर्ने कर्मचारीले पनि वृद्ध अवस्थामा पेन्सन पाउने व्यवस्था गरेपछि सबैको आकर्षण यसप्रति बढेको छ । नेपालमा पहिलोपटक शुरू यो योजना कार्यान्वयनपछि उद्योग प्रतिष्ठानमा काम गर्ने श्रमिकको जीवन सुरक्षित हुने र उत्पादकत्व बढ्ने अपेक्षा सबैको छ ।  योजनाको प्रभावकारी कार्यान्वयनका लागि सामाजिक सुरक्षा कोषले उद्योग प्रतिष्ठानलाई सूचीकृत हुन प्रेरक योजना ल्याउन सकेको छैन । फलस्वरूप यसप्रति व्यवसायी उत्साहित भएका छैनन् । वास्तवमा यो कार्यक्रम मजदूर, कर्मचारी र उद्योगी–व्यवसायी दुवैको पक्षमा छ । यसले उद्योग प्रतिष्ठानमा उत्पादकत्व बढाउने निश्चित छ । यसको प्रभावकारी कार्यान्वयन भयो भने मजदूर कर्मचारीले भविष्यको सुरक्षाका लागि बढी चिन्ता गर्नुपर्ने अवस्था रहन्न । यसैले सामाजिक सुरक्षा कार्यक्रम सफल बनाउने हो भने सरकारले यसको महŒव बुझाउँदै मझौला तथा साना उद्योगी व्यवसायीलाई सूचीकृत हुन प्रेरित गर्नैपर्छ । त्यसका लागि सम्बन्धित पक्षबीच उच्चस्तरको समन्वय, सहकार्य र एकता हुनैपर्छ । किनभने कोषमा जम्मा हुने खर्बौ रुपियाँको सुदृढ र दिगो व्यवस्थापन नभए योजनाले लिएको लक्ष्य पूरा हुन सक्दैन ।
    सामाजिक सुरक्षा कोषमा प्राप्त हुने खर्बौ रुपियाँको सुरक्षा र व्यवस्थापन त्यति सहज भने पक्कै छैन । कोषको रकम लगानी गरेर त्यसबाट प्राप्त प्रतिफल नल्याएसम्म मजदूर कर्मचारीलाई घोषणा गरेको सुविधा पाउन सजिलो हुनेछैन । केन्द्रीय तथ्याङ्क विभागका अनुसार मुलुकमा रोजगार प्राप्त गरिरहेका ३४ लाख नागरिकको न्यूनतम तलबलाई मात्र आधार मान्दा पनि यो कोषमा वार्षिक डेढ खर्बभन्दा बढी रकम जम्मा हुन आउँछ । त्यो रकमको व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती देखिएको छ । किनभने सामाजिक सुरक्षा कोषमा अहिले जम्मा भएको रु २० अर्बभन्दा बढी रकम प्रयोगहीन अवस्थामा रहेको छ । अहिले सञ्चालनमा आएका तर कार्यान्वयनमा नगएका सुरक्षा कोषजस्तै विभिन्न कोषमा डेढ खर्बभन्दा बढी रुपियाँ त्यतिकै थुप्रिएर बसेको छ । यसले बैंक तथा वित्तीय संस्थामा तरलता अभाव बढाएको छ । जसका कारण समग्र अर्थतन्त्रमाथि नै प्रतिकूल असर परिरहेको छ ।
    हुनत नेपालले पनि मुलुकको गरीबी न्यूनीकरणका लागि २०५१ सालदेखि नै सामाजिक सुरक्षाका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेपालमा हाल सामाजिक सुरक्षा कार्यक्रमबापत कुल खर्च कुल गार्हस्थ्य उत्पादनको २.५ प्रतिशत पुगेको तथ्याङ्क देखिएपनि त्यसको ठूलो हिस्सा सरकारको पेन्सनबापत खर्च भइरहेको छ । वास्तवमा सामाजिक सुरक्षा भत्ता भनेर दिइने रकम कुल जिडिपीको एक प्रतिशतभन्दा पनि तल छ । तर अर्थ मन्त्रालयले सामाजिक सुरक्षाबापतको बजेट कुल जिडिपीको ५ प्रतिशत पुगेको दाबी गर्छ । त्यसमा कुनै सत्यता नरहेको विश्व बैंकको पछिल्लो अध्ययनले पुष्टि गरेको छ । तत्कालीन एमालेको नौ महीने सरकारले शुरूमा नमूनाका रूपमा ल्याएको ७५ वर्ष नाघेका वृद्धवृद्धालाई रु एक सयका दरले वृद्धभत्ता दिने कार्यक्रम अहिले ६ वर्गमा बाँड्न थालिएको छ । जस अन्तर्गत ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, अपाङ्ग भत्ता (पूर्ण अपाङ्गता भएका र अतिअशक्त अपाङ्ग गरी दुई वर्गमा वर्गीकरण गरिएको), लोपोन्मुख आदिवासी जनजाति भत्ता, बाल संरक्षण भत्ता रहेका छन् । ती सबैलाई सरकारले अहिले मासिक कम्तिमा रु एक हजार देखि दुई हजारसम्म सामाजिक सुरक्षाभत्ताबापत दिने गरेको छ । यसरी राज्यकोषबाट मात्र सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गरिरहँदा धेरै आर्थिक भार प¥यो भनेर सरकारले आर्थिक वर्ष २०६६–०६७ देखि सबै वर्गका आयआर्जन गर्नेबाट १ प्रतिशत सामाजिक सुरक्षा भत्ता असुल गर्दै आएको छ । हरेक वर्ष यसरी काटिएको रकम सामाजिक सुरक्षा कोषमा थुप्रिने गरेको छ । २०६६ सालदेखि अहिलेसम्म रु १४ अर्बभन्दा बढी रकम उक्त कोषमा जम्मा भइसकेको छ । तर त्यो रकमबाट योगदानकर्ताका लागि अहिलेसम्म कुनै सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन नगरी प्रशासनिक खर्चमैं कोषको रकम सिध्याउने काम भइरहेको छ । अति न्यून आय भएका व्यक्तिको पारिश्रमिकबाट पनि सामाजिक सुरक्षा कर काट्ने गरिन्छ । अन्तर्राष्ट्रिय मूल्य मान्यता र प्रचलन तथा नेपालकै आयकर ऐनले दिएको सहुलियतको समेत धज्जी उडाउँदै आपाङ्गता भएका व्यक्तिको आयबाटसमेत कर लिने गरिन्छ । यस्तो नीति तत्काल हटाउन सक्नुपर्दछ । यसका साथै सामाजिक सुरक्षाको दायरा बढाउने र रोजगारमूलक क्षेत्रमा योगदानमुखी सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका उपायहरू अवलम्बन गर्नुपर्दछ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : समृद्धिका लागि सामाजिक सुरक्षा योजना
समृद्धिका लागि सामाजिक सुरक्षा योजना
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgtr-980prJI1gIWspod591agAkbTq_ja06n8F0dlAvwTPyeu9Yo76JYEZNyblhexjwZzsOXBvVhyphenhyphenX58AbGmrQelw1-2uT2XO3NG1W9SzXZFrrgKn2nZXMrId7AK8YahyphenhyphenV3ZzO_gW-bvSdp/s200/shital+mahto.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgtr-980prJI1gIWspod591agAkbTq_ja06n8F0dlAvwTPyeu9Yo76JYEZNyblhexjwZzsOXBvVhyphenhyphenX58AbGmrQelw1-2uT2XO3NG1W9SzXZFrrgKn2nZXMrId7AK8YahyphenhyphenV3ZzO_gW-bvSdp/s72-c/shital+mahto.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2019/02/blog-post_708.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2019/02/blog-post_708.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy