साँच्ची भन्ने हो भने नेपालमा सबैभन्दा बढी चासो र सजगता कुनै क्ष्Fेत्रमा देखा परेको छ त्यो हो, महिला । हुनत शुरू प्रजातन्त्रकालदेखि नै रूढिवादी नेपाली समाजले बाह्य क्ष्Fेत्रमा महिला सहभागितालाई मान्यता दिन थालेको हो, तर आप्mनो परिवारबाट कोही अघि नसरोस्, अरू बढ्छ भने हौस्याउन पछि नपर्ने मानसिकताका साथ । यो संस्कारगत अस्वीकृतिबीच स्वीकृतिसूचक मनोविज्ञान थियो । पञ्चायतकालमा त्यस अवस्थामा केही सुधार त भयो तर सोचमा खासै परिवर्तन आएन । महिलालाई सार्वजनिक र पुरुष सरह गतिविधिमा सामेल गराउने परिपाटीले त्यस बेला फराकिलो आयाम पायो जब राजधानीमा कल गर्लहरूलाई छानीछानी प्रहरीमा भर्ना गर्न थालियो । किनभने त्यस बेला के मान्यता थियो भने उच्छृङ्खल महिलामात्रका लागि घरबाहिरको गतिविधि सह्य छ । वा ती परिवारका महिला जो उच्च शिक्ष्Fित, धाक–रवाफयुक्त, जसको क्रियाकलापलाई मन नपराएपनि प्रत्यक्ष्F आलोचना गर्न सकिंदैनथ्यो, उनीहरू विभिन्न क्ष्Fेत्रमा, खासगरी राजनीति र सामाजिक क्षेत्रमा देखा पर्दथे । मध्यम वर्गीय परिवारका त तुरुन्त लाञ्छना लगाउन सबै तँछाडमछाड नै गर्दथे ।
दोस्रो प्रजातन्त्रको आगमनपछि यस अवस्थामा निकै सुधार आयो । क्ष्Fमता भएका जुन पनि वर्गका महिलालाई जागीर, व्यवसाय, राजनीति, समाजसेवा, खेलमा जान हौस्याउने मानसिकता परिवारबाटै शुरू भयो । यस बेलासम्म महिलाको बाह्य गतिविधिलाई सङ्कोचका साथ स्वीकार गर्ने प्रवृत्तिले ठाउँ पाउनै छोड्यो । माओवादी जनयुद्धमा महिलाहरूको सहभागिता, करबल वा स्वेच्छा जेले भएपनि, महिला स्वच्छन्दताको कोसेढुङ्गा नै थियो । यसले महिला स्वयं र परिवारमा समेत महिला वास्तवमा पुरुषको काँधमा काँध मिलाएर हिंड्नसक्ने संस्कारको बीजारोपण ग¥यो । र आज कुनै पनि परिवारमा महिला स्वेच्छाले बाह्य गतिविधिमा सामेल हुन चाहन्छन् भने निषेधात्मक भावनाको कुनै गुञ्जायस छैन । यसबीच सबै गतिविधि महिलामैत्रीमात्र भयो भन्ने पनि होइन । जति स्वतन्त्रता बढ्दै गयो, महिलामाथि जोखिम पनि बढ्दै गयो । बोक्सी, बालविवाह, बलात्कार आदिका घटनामा बढोत्तरी पनि त्यही मात्रामा हुन थाल्यो । तर यी घटनामा महिलाको उत्ताउलोपनभन्दा पुरुषको आपूmसमान हुन लागेको कुण्ठाले मुख्य भूमिका खेलेको प्रतीत हुन्छ ।
अहिले महिलाप्रति सामाजिक दृष्टिकोण त्यस मोडमा आइपुगेको छ, जहाँबाट उनीहरूको शक्तीकरणमात्र प्रस्तावित देखिन्छ । विभिन्न व्यक्ति, संस्था र सरकारहरूको अधिकांश प्रयास महिला शक्तीकरणमा केन्द्रित देखिन्छ । भनिरहनुपर्दैन मानवको शक्तीकरणको सबैभन्दा पहिलो शर्त शिक्षा हो । महिला शिक्षाले पूर्णता प्राप्त गरोस् भनेर छात्राहरूलाई हरतरहको सुविधा प्रदान गर्ने प्रयास भइरहेको छ । उनीहरूलाई साइकलदेखि कम्प्युटरसम्म प्रदान गर्न थालिएको छ । सुविधाप्रति सचेतना कहाँसम्म बढेको छ भने अब त प्याड पनि वितरण हुन थालेको छ । कुण्ठित पुरुष अहङ्कारले महिलालाई घरभित्र थन्क्याउन जति प्रहार गरेपनि अब यो महिलामुक्ति आन्दोलन यति सशक्त भइसकेको छ कि चाहेर पनि कोही पछि फर्कन सक्दैन । झन् रौतहटको मौलापुरको महिला मेयर त यस क्ष्Fेत्रमा उदाहरणीय काम गर्न तम्सेकी छन् । उनले छात्राहरूलाई निश्शुल्क साइकल वितरण गरेपछि जिल्ला नै साइकल वितरण गर्ने प्रतिस्पर्धामा ओर्लियो ।