धर्मेन्द्र चौरसिया, १३ फागुन/
पोखरिया नगरपालिका, अस्पताल तथा जिल्ला उच्चाङ्गल माविमा जडान गरिएको ई–हाजिरी प्रभावहीन देखिएको छ । कर्मचारीहरू हाजिर गरेर भाग्ने गरेको कारण पोखरिया नगरपालिकाले एक वर्ष पहिले ई–हाजिरी जडान गरेको थियो । तर जडान भएको एक–दुई महीनापछि नै ई–हाजिरी बिगार्ने काम भयो र अहिलेसम्म बनाइएको छैन । ई–हाजिरी जडान भएपछि कमसे कम बिहान र साँझ अनिवार्य हाजिर गर्न जानैपर्ने भएकोले कर्मचारीहरूले नै ई–हाजिरी बिगारेका थिए । ई–हाजिरी मेशिन बिग्रेको एक वर्ष बित्न थाल्दापनि मरम्मत भएको छैन ।
प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापाले आपूm आउनुपूर्व ई–हाजिरी बिग्रेको र रजिस्टरबाट हाजिर गर्ने काम भइरहेको बताए । उनले ई–हाजिरी बनाएर सञ्चालन गर्ने तत्काल कुनै योजना नरहेको प्रस्ट्याए । रजिस्टरबाट हाजिर भइरहेकोले ई–हाजिरीतर्फ ध्यानै नगएको थापाको भनाइ छ ।
जिल्ला अस्पतालमा जडान भएको ई–हाजिरी पनि बिग्रेको छ । मेसु डा. अनिल यादवले पनि आपूm आउनु अगावै ई–हाजिरी मेशिन बिग्रेको बताए । उनले अस्पतालमा चिकित्सक, प्राविधिक र प्रशासनिक कर्मचारी सबैले अहिले रजिस्टरमा हाजिरी गर्ने गरेको बताए । उनले पनि ई–हाजिर बनाउने काम नगरिएको बताए । तर चालू अवस्थामा रहेको जिल्ला उच्चाङ्गल रामदेव कलवार नमूना प्राविधिक विद्यालयमा ई–हाजिरी प्रभावकारी साबित हुन सकेको छैन ।
ई–हाजिरी भएको सो विद्यालयका शिक्षकहरू बिहान १० बजे हाजिरी गर्न आउने र दिउँसो ४ बजे विद्यालय छाड्नु अघि पुनः विद्यालय पुगेर समयमा ई–हाजिरी गर्ने गरेका छन् ।
शिक्षकहरूले ई–हाजिरीको कमजोरी पत्तो लगाएपछि यस्तो गर्दै आएका हुन् । तर विद्यालयले ई–हाजिरी गरेपछि बाहिर निस्कने शिक्षक, कर्मचारीलाई नियन्त्रण गर्न द्वारमा तैनाथ पालेबाट आउने र जाने शिक्षकको निगरानी नगराएकोले विद्यालयमा अहिले व्यापक हाटा ( हाजिर गरेर टाप ) हुने रोग बढेको छ । एसइई परीक्षाको कारण दश कक्षाको अध्ययन अहिले पातलिएको छ । कतिपय विषयको पढाइ पूरा भएकोले अहिले नियमित कक्षा हुन सकेको छैन तर कक्षा दशबाहेकका कक्षामा अध्ययन गराउने जिम्मेवारी वहन नगरी आधा दर्जनको हाराहारीमा शिक्षकहरू हाटा गर्दै आएका छन् ।
एकजना नाम नबताउने शिक्षकले विद्यालयमा हाटा गर्ने प्रवृत्तिमा ई–हाजिरीपछि पनि कमी नआएको बताए । उनले शिक्षकहरू आए नआएको जानकारी एक महिनामा एकपटक तलब दिने बेला मात्र निरीक्षण हुने गरेको बताए । उनले ई–हाजिरी गरेर विद्यालय जानेहरूको छुट्टै रजिस्टरमा पालेमार्फत निगरानी नगर्दा ई–हाजिरी प्रभावकारी नभएको बताए ।
प्रधानाध्यापक व्यास महतोले ई–हाजिरी मेशिन जडान भएपछि पहिलेको तुलना अहिले बाहिरिने शिक्षकहरूको सङ्ख्यामा कमि आएको बताए ।