प्रस, वीरगंज, १४ फागुन/
नेपाल फोटो पत्रकार महासङ्घको प्रदेश नम्बर २ को संयोजकमा फोटो पत्रकार राम सर्राफ चयन भएका छन् । आज जनकपुरमा भएको महासङ्घको प्रदेशस्तरीय भेलाले सर्राफलाई संयोजकमा सर्वसम्मत चयन गरेको हो ।
प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, नेपाल फोटो पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष ध्रुव आले, नेपाल पत्रकार महासङ्घका प्रदेश संयोजक दीपेन्द्र चौहानलगायतको सहभागितामा सम्पन्न घोषणासभामा सर्राफ सर्वसम्मत चयन भएका हुन् । सर्राफ फोटो पत्रकार महासङ्घको पूर्व केन्द्रीय उपाध्यक्ष हुन ।
यसैगरी प्रदेश सहसंयोजक पङ्कज श्रेष्ठ, सचिव फणि महत, सहसचिव गणेश साह, कोषाध्यक्ष दिवाकर भण्डारी सर्वसम्मत चयन भएका छन । संयोजकमा चयन भएपछि सर्राफले फोटो पत्रकारहरूको पेशागत हकहितका लागि सधैं सक्रिय रहने बताए । फोटो पत्रकारहरूको पेशागत चुनौती समाधान र प्रवद्र्धनका लागि सरोकारका निकाय र पक्षसित अधिकतम पहल र प्रयास गर्ने उनले प्रतिबद्धता जाहेर गरे । सर्वसम्मत चयन भएका पदाधिकारी र सदस्यहरूलाई बधाई दिंदै मन्त्री सोनलले कार्यकाल सफलताको कामना गरेका थिए ।