प्रस, वीरगंज, १५ फागुन/
महिला विश्वकपका लागि एशियाली छनोटको अन्तिम खेलमा आज नेपालले कुवेतलाई हराएको छ । नेपालले कुवेतलाई ३० रन अन्तरले पराजित गरेको हो । थाइल्यान्डको बैंककस्थित एशियन इन्टिच्युट अफ टेक्नोलोजी मैदानमा टस हारेर पहिलो ब्याटिड्ढो निम्तो पाएको नेपालले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर ११६ रन बनाएको थियो ।
नेपालले दिएको ११७ रनको चुनौती पछ्याउने क्रममा कुवेत ९ विकेटको क्षतिमा ८६ रनमा सीमित भयो । नेपालको ओपनर सीता रानामगर खाता नखोली आउट भइन् भने अर्की ओपनर काजल श्रेष्ठले १८ रन बनाइन् । इन्दु वर्मा र रोमा थापाले समान ७ रन बनाए भने सरिता मगर शून्यमा आउट भइन् । नेरी थापाले १९ रन बनाइन् भने कप्तान रूबिना क्षत्रीले २२ रन बनाइन् । बिन्दु रावल सर्वाधिक २८ रन बनाएर नटआउट रहिन् ।
बलिङतर्फ कुवेतकी मार्यम ओमर र प्रियादा मुरलीले २–२ विकेट लिए । लक्ष्य पछ्याउने क्रममा कुवेतले राम्रो शुरूआत गर्दै एक विकेटको नोक्सानमा ६३ रन बनाएको थियो । पछि रन रेट उकास्न नसक्दा दबाबमा परेको कुवेतले ठूलो सट खेल्ने चक्करमा लगातार विकेट गुमायो र प्रतियोगिताको अन्तिम खेलमा पनि पराजय नै भोग्यो । नेपालका लागि कप्तान रूबिना क्षत्रीले ह््याट्रिक गरिन् । उनले २० औं ओभरको अन्तिम तीन बलमा लगातार तीन विकेट लिएकी थिइन् ।
नेपालको ग्लोबल छनोट सम्भावना सकियो
अन्तिम खेलमा कुवेतलाई पराजित गरेपनि नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको छ । छनोट शीर्ष एक टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधान थियो, तर कुवेतलाई फराकिलो अन्तरले पराजित गर्न नसक्दा नेपाल नेट रन रेटमा थाइल्यान्डसँग पछि पर्दै ग्लोबल छनोटमा पुग्न असफल भएको हो।
नेपालले ६ खेलबाट १० अङ्क जोडेको छ । नेपाल दोस्रो स्थानमा छ । थाइल्यान्ड १० अङ्क जोडेर शीर्ष स्थानमा रहँदा युएई आठ अङ्कसहित तेस्रो स्थानमा छ । यस्तोमा नेपालको ग्लोबल छनोट यात्रामा मुख्य बाधक थाइल्यान्ड नै बन्यो । राउन्ड रोबिनको आधारमा जारी छनोटको छ खेलमा पाँच जीत निकाल्न सफल नेपाल थाइल्यान्डसँग नै पराजित भएको थियो । गत बिहीवार भएको दोस्रो खेलमा थाइल्यान्डसँग ५८ रनले पराजित भएको थियो ।
शीर्ष स्थानको थाइल्यान्डले अन्तिम खेल आजै युएईसँग खेल्दैछ । थाइल्यान्ड र युएईबीचको खेलले ग्लोबल छनोटमा पुग्ने टोली तय हुनेछ । थाइल्यान्डको ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो छ । युएईलाई हराएमा १२ अङ्कसहित थाइल्यान्ड ग्लोबल छनोटमा पुग्नेछ ।