प्रस, वीरगंज, १४ फागुन/
वीरगंज महानगरपालिकाले वडा नं ४ भगवती राइसमिलको विवादित जग्गामा माटो पुरेर आसपासका मानिसहरूको निकास थुनिदिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारको नाममा कायम गरेको करीब सवा बिघा जग्गामा ताराचन्द्र केडिया, शरद विक्रम शाहसमेतले सर्वाेच्च अदालतमा आप्mनो हकदाबी गर्दै मुद्दा दिएको जग्गाको अदालतबाट झिनोफानो नहुँदै वीरगंज महानगरपालिकाले टिपरद्वारा माटो पुर्ने काम गरेको थियो ।
इनरबाइपासको पश्चिमतर्फको जग्गामा महानगरपालिकाले माटो पुर्ने काम गरेकोमा सर्वाेच्चको आदेशमा माटो पुर्ने काम रोकिएको थियो । माटो पुर्ने क्रममा सडकदेखि पश्चिमतर्फको कच्ची ५ फिटको नाला पुरिएको छ । करिब ३ महीनादेखी माटो पुर्ने काम गरेको महानगरपालिकाको कारण अहिले कच्ची नाला पुरिएर सो क्षेत्र पोखरीमा परिणत हुँदैछ । नालाको बहाव थुनिएपछि आसपासका क्षेत्र पोखरीमा परिणत हुनुको साथै नालाको फोहर पानीले दुर्गन्ध फैलाएको स्थानीयले बताएका छन् । सरसफाइतर्फ महानगरपालिका सचेत हुनुपर्नेमा उल्टो नालाको मुहान थुनेर दुर्गन्धलाई बढावा दिएको भन्दै स्थानीयले महानगरपालिकाका मेयर, प्रमुख प्रशासकीय अधिकृत र एडिबीका इन्जिनीयर शैलेन्द्र श्रेष्ठ, वडाध्यक्ष जगतसाह कानूको ध्यानाकर्षण गरेका थिए । एक महीनादेखिको दौडधूपपछि आज महानगरपालिकाले मुहान खोलाउन गरेको प्रयास अर्का वडाध्यक्ष शेष अब्बासको विरोधबाट रोकिएको छ । वडा नं २ र ४ को साँधमा पर्ने सो विवादित जग्गामा आज स्काभेटरबाट मुहान खोल्न लाग्दा वडा नं २ का वडाध्यक्ष अब्बासले रोकेका हुन् । उनले कच्ची नाला यथावत् बनाउन रोक लगाउँदै ह्युमपाइप बिछाएर नालाको निकास दिन माग गरेका छन् ।
स्थानीयले भने कसैगरी निकास दिन माग गरेका छन । तीन महीनादेखि निकास बन्द भएर पुरानो भगवती राइस मिल, सिगरेट फैक्ट्रीको खाली जग्गासमेतमा नालाको पानी फैलिएर पोखरी बनेको छ ।