प्रस, वीरगंज, १५ फागुन/
एशियन ओपेन कराँते प्रतियोगितामा विजयी प्रदेश नं.२ का खेलाडीहरूलाई प्रदेश सरकारले सम्मान गरेको छ ।
नेपाल शिन क्योकुशिन कराँते सङ्घ प्रदेश नं.२ ले आयोजना गरेको कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबूराउत गद्दीले विजयी खेलाडीहरूलाई सम्मान गरेका हुन् ।
मुख्यमन्त्री राउतले क्युकोशिन कराँतेको विकासका लागि प्रदेश सरकारको तर्पmबाट चार लाख रुपियाँ अनुदान सहयोगबापतको चेक कराँते सङ्घका प्रदेश अध्यक्ष राजकुमार महतोलाई हस्तान्तरण गरे ।
सो अवसरमा मुख्यमन्त्रीले तेस्रो मुलुकका खेलाडीहरू सम्मिलित अन्तर्राष्ट्रिय मञ्चमा पदक हासिल गरेर प्रदेश नं. २ को प्रतिष्ठा बढाएको भन्दै विजयी खेलाडीहरूको प्रशंसा गरे । जीवनको महŒवपूर्ण समय खेलकूद क्षेत्रमा बिताएर समाज र राष्ट्रको नाम उचो पार्न भूमिका निर्वाह गरेका खेलाडीहरूको जीवन निर्वाहका लागि रोजगारको ग्यारेन्टी हुनुपर्ने बताए ।
केन्द्र सरकारले यसबारे ठोस कदम नचालेको आरोप लगउँदै प्रदेश सरकार खेलाडीको भावना अनुरूप योजना, नीति तथा कार्यक्रम बनाएर अगाडि बढ्ने बताए । “यस पटक सम्मानस्वरूप सानो सहयोगमात्र हो । खेलाडी तथा खेलकूद क्षेत्रको विकासको लागि जुनसुकै अवस्थमा पनि तत्पर छौ र ठोस योजना बनाएर प्रदेश सरकार अगाडि बढने छ ।ं
कार्यक्रममा विशिष्ट अतिथि सङ्घीय सभाका सांसद प्रदीप यादवले आप्mनो निर्वाचन क्षेत्र अन्तर्गत सञ्चालित क्युकोशिन कराँते दोजोले प्रदेशको प्रतिनिधित्व गर्दै एशियान ओपेन कराँते प्रतियोगितामा मुलुकको नाम राखेको भन्दै खेलाडी र प्रशिक्षकहरूलाई बधाई दिंदै उनीहरूको सफलताका लागि शुभकामना व्यक्त गरे ।
नेपाल शिन क्योकुशिन कराँते सङ्घ का प्रदेश अध्यक्ष्F तथा वरिष्ठ प्रशिक्षक राजकुमार महतोको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सांसद प्रह्लाद गिरी, जन्नत अंसारी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, प्रहरी उपरिक्षक रेवति ढकाल, ज्येष्ठ नागरिक सङ्घ पर्साका अध्यक्ष पशुपति विक्रम शाह, समाजसेवी उषा शाह, मुख्यमन्त्री स्वच्छता अभियानका संयोजक सलाउद्दिन अहमदलगायतले खेलाडी र प्रशिक्षकलाई सम्मानपत्र प्रदान गरेका थिए ।
सम्मानित हुनेहरूमा स्वर्णपदक विजेता–महिलातर्फ १२ देखि १४ वर्ष उमेर समूहकी स्नेहा महतो, १४–१६ उमेर समूहमा मुस्कानकुमारी, पुरुषतर्फ–५५ किलो तौल समूहमा राजेश महतो, १४–१६ उमेर समूहमा जुगलीकुमार दास, ४५ किलो तौल समूहमा विशााल कुशवार, १२ –१४ उमेर समूहमा शमसाद अहमद अन्सारी थिए ।
त्यसैगरी रजत पदक विजेता पुरुषतर्फ– ४५ किलो तौल समूहमा हिमांशु यादव, १४–१६ उमेर समूहमा सत्यराज, १४–१६ उमेर समूहमा महिलातर्फ–रेडिसी भण्डारी, १२–१४ उमेर समूहमा विनिता भण्डारी, कांस्यपदक विजेता ४५ किलो तौलमा रवि यादव, ४५ किलो तौल समूहमा रोशन पडित, बेस्ट फाइटर
राजेश महतोलगायतलाई सम्मान गरिएको थियो ।
गत जनवरी ५ तारिखदेखि भारत महाराष्ट्रको पुनेमा सम्पन्न भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, ताजकिस्तान, जापान र नेपालका खेलाडीहरू सम्मिलित ‘एशियान ओपेन कराँते प्रतियोगिता’मा प्रदेश नं. २ को टोलीले नेपालको प्रतिनिधित्व गर्दै ९ स्वर्ण पदक जित्दै प्रथम स्थान हासिल गरेको थियो । श्रीपुर माविमा आयोजित कार्यक्रमको सहजीकरण शिक्षक अस्लाम हवारी र स्वागत खेलाडी किरणकुमारीले गरेका थिए ।