$type=ticker$count=12$cols=4$cate=0

विषादिरहित कृषि उत्पादन

SHARE:

सुदर्शनराज
    हावा, पानी, माटो, प्रदूषणका कारण विश्व नै विषादिमय बन्दै गइरहेको छ । मानिसहरूका दैनिक गतिविधिले व्यापक रूपमा प्रकृतिको दोहन भइरहेको छ । सबै कुरा अप्राकृतिक हुँदैछ । प्राकृतिक विविधताले भरिपूर्ण सुन्दर देश नेपालमा योजनाबद्ध विकास र उचित व्यवस्थापन हुन नसक्दा प्रकृतिमाथि नै चुनौती आइलागेको छ । मानिसले प्रयोग गरिरहेको प्लास्टिकले शहर बजारलाई नै कुरूप बनाइरहेको छ । अन्नबाली, तरकारी, फलपूmल सबैमा विषादिको प्रयोगले गर्दा वातावरण नै विषादिमय बनिरहेको छ । खेतीपाती जोगाउन विषादि अनिवार्य भइसकेको छ । खाद्य पदार्थ उत्पादन गर्दा रासायनिक मल र कीटनाशक औषधिको अति प्रयोगले मानिस, पशुपक्षीको स्वास्थ्य दिन प्रतिदिन बिग्रँदै गइरहेको छ । रोगी मानिस नभएको कुनै घर पाइँदैन । खानपानकै कारण नानाथरिका रोगबाट मानिस ग्रसित भइरहेका छन् ।
    विषादिरहित कृषि उत्पादन र स्वच्छ वातावरण भएन भने मानिस रोगबाट मुक्त हुन सक्दैन । अन्नबाली, बोटबिरूवाको लागि चाहिने खाद्य तŒव विभिन्न स्रोतबाट प्राप्त गर्न सकिन्छ । जसमध्ये प्राङ्गारिक तथा रासायनिक मल मुख्य हो । हिजोआज कृषिप्रधान देश भनिएको नेपालमा गाई, भैंसी पशुपालन कम भइरहेको छ । व्यावसायिक खेती प्रणाली र पशुपालनले प्राकृतिक कुरालाई भन्दा अप्राकृतिक कुरा बढी रोज्ने गरेको छ । कृषि उत्पादन वृद्धि गर्न प्राङ्गारिक मल (गाइबस्तुको गोबर) छाडेर रासायनिक मल नै प्रयोग गरिंदैछ । फोहरमैलाबाट पनि प्राङ्गारिक मल उत्पादन हुन्छ । तरकारी बाली, अन्नबालीले आपूmलाई चाहिने धेरैजसो खाद्य तŒव माटोबाटै सोसेर लिन्छ । आप्mनो घर आँगनमा तयार गर्न सकिने प्राङ्गारिक मलभन्दा महँगो रासायनिक मल प्रयोग गर्ने चलन बढेको छ । माटोमा अम्लियता बढ्दै गएको छ । माटोको उर्वराशक्ति बचाइराख्न प्राकृतिक प्राङ्गारिक मल अनिवार्य आवश्यकता हुन्छ तर प्राङ्गारिक मल थोरै कृषकहरूले थोरै जमीनमा मात्र प्रयोग गर्दै आएका छन् । बाँकी जमीनमा रासायनिक मल नै प्रयोग हुँदै आएकोले माटोको उर्वराशक्ति दिन प्रतिदिन ¥हास भइरहेको छ । उन्नत तरीकाबाट कम्पोस्ट मल बनाउन सकिन्छ । रासायनिक मलमात्र प्रयोग गरी उत्पादन गरिएको अन्नबाली र तरकारीबालीमा मानिसको शरीरमा आवश्यक पर्ने पौष्टिकता र प्राकृतिक गुणको कमी हुन्छ ।
    खाद्यान्न बालीमा रोगबाट जोगाउन विषादि प्रयोग गरिएबाट सो विषादिले मानिसको स्वास्थ्यमा असर पु¥याउने गरेको छ । विषादिरहित कृषि उत्पादन के सम्भव छ ? यसको वैकल्पिक उपाय केही छ ? यसतर्पm अविलम्ब पाइला चाल्न जरूरी छ । कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि एउटा चुनFैतीपूर्ण विषय बनेको छ । किसानहरूको कोणबाट हेर्दा माटो बिरुवाहरू उम्रने, हुर्कने, फुल्नेफल्ने आधार हो । त्यसैले माटोलाई बाली बिरूवाको खाद्यतŒवहरूको भण्डार तथा उत्पादनको आधार पनि भन्न सकिन्छ । माटोको अवस्था सुधार गर्न सरकारी सम्बन्धित निकायले खासै चिन्ता र चासो लिएको छैन । अर्गानिक, प्राङ्गारिक खेती यतिखेर फेसनजस्तो बनेको छ । थोरै मानिसले मात्र अर्गानिक खाद्यान्न बाली उपयोग गरिरहेका छन् । अर्गानिक खाद्यान्नको बजार भाउ निकै महँगो छ । रासायनिक मल र विषादि प्रयोग गरी उत्पादन गरिएका खाद्यान्न बाली, तरकारी बाली सस्तो छ । देशव्यापी अभियानकै रूपमा अर्गानिक र प्राङ्गारिक खेती प्रणाली अँगाल्नुपर्दछ तबमात्र सार्थक हुन्छ । माटो तथा मलखाद व्यवस्थापनको माध्यमबाट कृषि उत्पादन तथा उत्पादकत्व बढाउने बृहत् उद्देश्य र लक्ष्यका साथ अगाडि बढ्न सके खानपानमा हुने मन्दविषका कारण बढिरहेको रोगी मानिसहरूको सङ्ख्या घटाउन सकिन्छ । खुला सिमानाका कारण भारतबाट भित्रिने रासायनिक मल र विषादि प्रयोग गरिएको खाद्यान्न कसरी नियन्त्रण गर्ने भन्नेतर्पm पनि सम्बन्धित निकाय सचेत हुनुपर्दछ । घरेलु फोहर व्यवस्थापन गरेर कम्पोस्ट मल उत्पादन गरी प्राकृतिक अन्नबाली, तरकारी बाली फलाउन सकिन्छ । माटो जाँच गर्ने प्रयोगशाला मात्र स्थापना गरेर बिग्रँदै गएको माटोको अवस्थामा सुधार गर्न सकिंदैन । कृषि उत्पादनको नारा दिएर हात बाँधेर बसेर विषादिरहित प्राङ्गारिक, अर्गानिक खेतीबाली उत्पादन गर्न सकिंदैन । सम्पूर्ण किसान परिवार खेतीपातीमा जुट्नुपर्दछ । त्यस्तो अवस्था नेपालमा छैन ।
    युवाहरूको विदेश पलायन र जनशक्तिको अभाव, कृषिमा हुने लगानीको दाँजोमा निकै कम प्रतिफल मिल्ने हुनाले खेतीयोग्य जमीन बाँझै बसेका छन् । शहरीकरणका नाममा खेतीयोग्य जमीन प्लटिङ भइरहेको छ । अन्नबाली विदेशबाट ठूलो परिमाणमा आयात भइरहेको छ । नेपालमा उत्पादित खाद्यान्नले नेपालीलाई ६ महीना पनि खान नपुग्ने अवस्था छ । खेतबारी बाँझो रहेबाट उजाड देखिन्छ । खेतीपाती नगरिएबाट गाउँघर हराभरा देखिंदैन । यतिखेर कृषिको उत्पादनले समग्र देशको गाह्स्थ्र्य उत्पादनमा टेवा पु¥याउन सकेको छैन । नेपालको कृषि प्रणाली अब निर्वाहमुखी पनि हुन सकेको छैन ।
    नेपालमा उत्पादन भएका कफीलगायत रासायनिक मल र रासायनिक विषादिमुक्त क्षेत्रमा उत्पादन भएको हुँदा विश्वबजारमा आकर्षक स्थान पाइरहेको छ । अर्गानिक खेती प्रणाली अभियानका रूपमा गरेर उत्पादन बढाए नेपालका कृषि उत्पादनले विश्व बजारमा स्थान पाउने देखिन्छ । खेतीपातीमा बढ्दो रोगको पकोप र विषादिको अति प्रयोग, विषादिको प्रयोग नगर्दा खेतीपाती नै जोगाउन र फलाउन नसक्ने वातावरण डरलाग्दो बनिरहेको छ । प्रत्येक वर्ष खाद्यान्न आयातमा ८ अर्ब खर्च भइरहेको छ । हरित क्रान्ति प्रविधि भिœयाएर कृषि क्रान्ति गर्ने दिन कहिले आउला ? कृषि उत्पादन बढाउन नसकेपछि कसरी सुखी नेपाली, समृद्ध नेपालको नारा साकार होला ? कृषि पेशा अधिक कष्टकर तथा थुप्रै जोखिम पनि हुने भएकोले रातदिन बगाएको पसिना छिनमै नाश हुने पनि अवस्था छ । नेपालमा कृषि, पशुपालनको राम्रो सम्भावना हुँदाहुँदै पनि कृषि क्ष्Fेत्र उपेक्षित छ । यतिखेर कृषि प्रधान होइन, कृषि दोस्रो विकल्प बनेको छ । नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रले ठूलो हिस्सा ओगटेको छ भनिन्छ तर व्यवहारमा त्यो देखिंंदैन । कृषिका विभिन्न मिथ्याङ्क सरकारले प्रस्तुत गर्दै आइरहेको छ । सरकारले कृषि क्षेत्रमा गरिरहेको लगानीको प्रतिफल निराशाजनक छ । कृषक र उपभोक्ता बीच बिचौलिया (दलाल)ले खेल्दै आएको भूमिका खतरापूर्ण छ । भौगोलिक परिवेशले उपलब्ध गराएको अवसर, कृषकहरूको ज्ञान, सीप, अनुभव साथै उपलब्ध प्रविधि तथा स्रोत साधनलाई एकीकृत रूपमा संयोजन गर्न सकेमा कृषि क्षेत्रले फडको मार्ने देखिन्छ ।
    नेपाल सरकारले आजसम्म लिएको कृषि रणनीति असफल देखिन्छ । नीति बनाइन्छ तर सफल कार्यान्वयन गरिंदैन । नेपालको संविधानले खाद्य सम्प्रभुताको हकलाई मौलिक हकको रूपमा स्थापित गरेको छ तर अधिकांश नेपालीको बिहान खाए बेलुकी के खाने अवस्था छ । खेती गर्ने कृषकको हातमा जमीन छैन । जमीनको वितरण उचित ढङ्गले गर्न र कृषि उत्पादन वृद्धि गर्न १५ वर्षसम्म कुनै जमीन बेच्न नपाइने, खेतीयोग्य जमीन बाँझो राख्न नपाउने ठोस नीति कार्यान्वयन गर्न जरूरी छ । कृषिको आधुनिकीकरण गर्न वैज्ञानिक र क्रान्तिकारी भूमिसुधारमार्पmत कृषिमा परिवर्तन गर्न नितान्त आवश्यक छ । कृषिमा सरकारको तर्पmबाट नारामाथि नारा आएका छन् तर उपलब्धि सन्तोषजनक छैन । शासन व्यवस्थामा आएको परिवर्तनले कृषि क्षेत्रमा कुनै सकारात्मक प्रभाव पार्न सकेको छैन । बहुसङ्ख्यक नेपाली आर्थिक गतिविधिको महŒवपूर्ण हिस्सा रहेको कृषि क्षेत्रलाई कृषि पेशालाई हिमाल, पहाड र तराईमा यन्त्रीकरण, विविधीकरण तथा आधुनिकीकरण वर्तमान समयको माग हो ।
    राज्य व्यवस्थाले पहिलो प्राथमिकता कृषि उत्पादनलाई दिनुपर्दछ । मानिसलाई बाँच्न खाद्य सामग्री अति जरूरी छ । जति पैसा कमाएपनि मानिस पैसा खाएर बाँच्न सक्दैन । कृषि उत्पादन भएन, खाद्यान्नको हाहाकार भयो, भोकमरी प¥यो भने गरीब मात्र होइन, धनीहरू पनि भोकभोकै बस्नुपर्दछ । तसर्थ कृषि जस्तो संवेदनशील विषयमा सरकार धनी, गरीब मानिस सबै चिन्तित हुन त्यत्तिकै जरूरी छ । कृषि उत्पादन बढाऔं, विषादिरहित कृषि उत्पादन मात्र उपयोग गरौं । कम्पोस्ट मल प्राङ्गारिक मल मात्र प्रयोग गरौं । सबैको ध्यान कृषि उत्पादन वृद्धिमा केन्द्रित हुनुपर्दछ । कृषि र पर्यावरणबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ । वातावरण संरक्षण भएन भने कृषि उत्पादन घट्छ । जलवायु परिवर्तनका कारण कृषिलाई ठूलो असर परेको छ । जलवायु परिवर्तनकै कारण कृषिको लागि अतिआवश्यक मित्रजीवको नाश र शत्रुजीवको वृद्धि  हुँदै गइरहेको छ । पृथ्वीको तापक्रम वृद्धिका कारण कृषिमा प्रत्यक्ष असर र प्रभाव परिरहेको छ । नयाँनयाँ रोगको प्रकोपले विषादिको प्रयोग बढाउँदै लगेको छ । विषादिरहित कृषि उत्पादन वर्तमान चुनौती हो । विश्वव्यापी चुनौती हो ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : विषादिरहित कृषि उत्पादन
विषादिरहित कृषि उत्पादन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEixvbkYhbdrvEQPAf53z8BchrvDJL1HOWQISrEbiIJi2wfuE8BUlBungApmTQjimc_marej5UHM8spqdmNhgdvzMZeN2ZlyH6MRNHzQtbTX1JfPw5toA8fXLILxIuGgecy0o0hzfvIhT3YG/s200/sudarshan+raj+pandey.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEixvbkYhbdrvEQPAf53z8BchrvDJL1HOWQISrEbiIJi2wfuE8BUlBungApmTQjimc_marej5UHM8spqdmNhgdvzMZeN2ZlyH6MRNHzQtbTX1JfPw5toA8fXLILxIuGgecy0o0hzfvIhT3YG/s72-c/sudarshan+raj+pandey.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2019/02/blog-post_372.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2019/02/blog-post_372.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy