रूसको विषाक्त ताल जुन ८० वर्ष पहिलेसम्म लाल सेनाको वनभोज स्थलको रूपमा लोकप्रिय थियो । उनीहरू त्यहाँ जल सयर गर्थे । माछा समाउथे, नाच्थे–गाउँथे निर्धक्क रमाउँथे । शहरभन्दा टाढा, पोखरी आसपास पर्यटकीय बस्तीको शुरूवात हुँदै थियो । आज त्यही स्थान श्मशान, भुताहा तालको नामले चिनिन्छ । तालको नजीक कोही जाँदैन । अन्जानवश जाने प्राणी जीवित रहने सम्भावना कम छ । रमणीय स्थल हेर्दा जोपनि आकर्षित हुन्छ । भए छ के भने रमणीय ताल नजीक ‘द मयङ्क प्रोडक्शन’ ले न्युक्लियर प्लान्ट स्थापना गरेछ । सो प्लान्टबाट विसर्जित रसायन उसले त्यसै तालमा विसर्जन गर्दोरहेछ । ताल प्रदूषित हुँदै गयो । पानी शुद्धीकरण गर्ने जलचर र वनस्पति नाश भए । ताल केवल विषको कुण्डमा परिणत भयो । आसपासको बस्तीमा महामारी फैलेसरह मानिस मर्न थाले । धेरैपछि सरकारलाई थाहा भयो ‘ताल विषाक्त बनेको रहेछ ।’ सरकारले सन् २००३ मा न्युक्लियर प्लान्ट बन्द गराइदिएको छ । तर तालको शुद्धीकरण सरकारको क्षमताभन्दा बाहिर छ ।
वीरगंजको मुटु भएर बग्ने श्रीसिया नदी आजभन्दा चार दशक पहिले पवित्र श्रीसिया नदी थियो । बाराको राम वनबाट शुरू भएको श्रीसिया वीरगंजको मात्रै नभएर रक्सौल हुँदै ठूलो भारतीय भूभागको जीवन र पहिचान थियो । श्रीसियाको कञ्चन पानीमा जल सयर गर्ने, माछा समाउने र पानीपनि पिउने गरिन्थ्यो । श्रीसियाँको पानी पिउँदै यस क्षेत्रका घाँस चर्ने चौपायाको दूध पोषिलो मानिन्थ्यो । आज यही श्रीसियाको पानी पिएर धेरै चौपाया रोगको शिकार बनिसकेका छन् । पानी छुँदा पनि तुरन्तै छालाको रोग सङक्रमण हुन्छ । यहाँ पानी होइन, फोहर ढल र विषाक्त रसायन बग्न थालेको छ । मासु उद्योग, हड्डी, छाला फयाक्ट्रीका रगत, पीप विसर्जित दुर्गन्ध, घ्यू उद्योग, साबुन, डिस्टीलरी, टेक्सटायल उद्योगहरूबाट निस्कने रसायन बोकेर श्रीसिया बगिरहेको छ । उद्योगजन्य विकार प्रशोधन नगरी नदीमा छोड्ने गरिन्छ । नदी छाला कारखानाहरूको लेदो, खरानी, नगरहरूबाट फालिने फोहोर, चौपायाको शव, टेक्सटायल, औषधि लगायत कारखानाहरूको प्रदूषित पानी, नगरको ढलको पानीका कारण प्रदूषित छ । सिर्सियाको प्रदूषणबाट आम जनजीवन र कृषिमा प्रतिकूल असर परिरहेको छ । रामवनदेखि रक्सौल सीमासम्म करीब २७ किलोमिटरको दूरीमा ५० भन्दा धेरै ठूलासाना उद्योगको फोहर श्रीसियाले बोकिरहेको छ । केही उद्योगमा जडित पुनप्र्रयोग र रसायन शुद्धीकरण प्रणाली भएपनि त्यसको उपयोग गरिंदैन ।
श्रीसियामा फोहर विसर्जन गर्ने कुकार्य बन्द गराउन पटक–पटक विभिन्न पक्षबाट पहल नभएको होइन । तर सबै पक्ष्Fकुन लक्ष्यमा पुगेर विश्राम लिन्छ थाहै हुँदैन । नदी प्रदूषणमुक्त हुनुपर्ने र नागरिकले स्वच्छ वातारण पाउनुपर्ने कुरा संविधानप्रदत्त अधिकार हो । नदी प्रदूषण किन र कसरी भइरहेको छ भन्ने कुरा पनि कसैको नजरबाट लुकेको छैन । दिनानुदिन श्रीसियामा प्रदूषणको क्रम बढ्दो छ । प्रदूषणको कारण यहाँ जलचर र वनस्पति एकादेशको कथा भैसके । आसपासका बासिन्दा प्रदूषणकै कारण विरामी परिरहन्छन् । रूसको विषाक्त ताल जतिकै विषालु त नहोला, तर धेरै किसिमका रसायनहरूको मिश्रणबाट खतरनाक परिणाम आउन सक्ने निश्चित छ ।