प्रस, वीरगंज, १६ फागुन/
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगंजले महाशिवरात्रि पर्वको अवसरमा आज रक्तदान एवं निश्शुल्क नेत्र परीक्षण शिविर गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सांसद् प्रदीप यादवले ब्रह्माकुमारी संस्थाद्वारा सिकाइने आध्यात्मिक एवं संयमशील जीवनशैलीको सकारात्मक प्रभाव समाजमा पर्ने बताए । उनले रक्तदान र निश्शुल्क आँखा परीक्षण शिविरजस्तो निकै प्रेरणादायी र सामाजिक सेवा गरेकोमा आभार प्रकट गरे ।
सेवा केन्द्रकी मुख्य सञ्चालिका ब्रह्माकुमारी रबिना दिदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साकी कावा अध्यक्ष्F मधु राणा, समाजसेवी सुनील खेतान, सामाजिक कार्यकर्ता प्रकाश थारू, फोटो पत्रकार महासङ्घका प्रदेश संयोजक राम सर्राफलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा ब्रह्माकुमारी बेलीले स्वागत र सहजीकरण ब्रह्माकुमार गोकुल गुभाजूले गरेका थिए ।
यसैबीच महाशिवरात्रिको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विश्वदर्शन भवन छपकैयामा आयोजित रक्तदान कार्यक्रममा १० महिलासहित ३५ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेले बताए ।
कार्यक्रममा गोवद्र्धन, जीतेन्द्र, जया, गोपिनी, रवि सर्राफ, अर्जुन अधिकारी, श्रवण गुप्ता, अनिल कुशवाहा, मञ्जु यादव, शान्ति पौडेल, यशोदा माता, प्रज्ञा सिलवाल, सुषमा पन्त, रवीन्द्र कुशवाहालगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक डिल्लीमाया घिमिरेले बताइन् ।
यसैगरी केन्द्रमा आयोजित निश्शुल्क आँखा शिविरमा ४० जनाको आँखा परीक्ष्Fण गरिएको थियो ।
किरण आँखा अस्पतालका डा. अमर क्याल, डा. वन्दना क्यालले आँखा परीक्ष्Fण गरेका थिए ।