$type=ticker$count=12$cols=4$cate=0

वीरगंज–ठोरी हुलाकी सडक वर्षायाम नजिकिंदै जाँदा ठोरीका जनतामा चिन्ता

SHARE:

प्रस, ठोरी, १६ फागुन/
    वीरगंज–ठोरी हुलाकी सडकखण्ड अन्तर्गत चमरीहोलदेखि चौतारा (ठोरी) झन्डै ३० किलोमिटर सडक निर्माणमा भइरहेको ढिलाइका कारण यस वर्षपनि यहाँका बासिन्दाले वर्षायाममा ठूलै समस्या झेल्नुपर्ने देखिएको छ ।
    अघिल्लो वर्षायाममा हुलाकी सडक हिलाम्य हुँदा सदरमुकाम वीरगंजसँग यस क्षेत्रको सडक सम्पर्क लामो समयसम्म विच्छेद भएको थियो । सडक हिलाम्य भएर एम्बुलेन्ससमेत सञ्चालनमा आउन नसक्दा स्थानीयले ठूलो सास्ती भोग्नुपरेको थियो ।
    सडक निर्माणको जिम्मेवारी पाएको ठेकेदार कम्पनीले चमरीहोलदेखि ठोरी ठुटेखोलाको किनारासम्म २४ किलोमिटर सडक फराकिलो पारी निर्माण गरिरहेको भएपनि सडकमा माटो भर्ने, सम्याउने तथा ग्रेभलिङ कार्यले गति नलिंदा विगतझैं समस्या झेल्नुपर्ने देखिएको छ ।
    कालिका बानियाँ जेभी कन्सट्रक्शनले सेढवादेखि ठुटेखोला किनारसम्म सडक फराकिलो पार्ने काम गरिसकेको छ । तर सडक फराकिलो पारिएको सबै स्थानमा माटो फिलिङ हुन सकेको छैन । माटो फिलिङ गरिएको क्षेत्रमा पनि ग्रेभलिङ पूरा भएको छैन । चमरीहोलदेखि ठोरी चौतारासम्म ६७ वटा कल्भर्ट बनाउनुपर्ने भएपनि सातवटा कल्भर्टमात्र बनेको छ । २४ वटा कल्भर्ट निर्माण अन्तिम चरणमा पुगेको र पाँचवटामा काम थालनी भएको ठेकेदार कम्पनीका प्रोजेक्ट इन्चार्ज उद्धव न्यौपानेले बताए ।
     साबिक ठोरीमा पर्ने ६ किलोमिटर सडकमा भने ठेकेदार कम्पनीले काम शुरू गर्न सकेको छैन । सडकको विभिन्न स्थानमा निर्माण भइरहेको कल्भर्टका कारण सवारी साधन आवतजावतमा समस्या छ । अहिलेकै गतिमा काम हुने हो भने कल्भर्टसमेत पूरा हुने छाँटकाँट देखिदैन । कल्भर्ट निर्माण भइरहेको स्थानमा ड्राइभर्सनमार्पmत सवारी साधन सञ्चालनको व्यवस्था मिलाइएको छ । हुलाकी सडक निर्माणका क्रममा थुपारिएका माटो, ग्रेभल, अधल्चो कल्भर्ट खाल्डाखुल्डी, सडकको दुवै किनारामा निर्माणाधीन ढल, फिलिङमा प्रयोग भएको चिम्टाइलो माटोले गर्दा सामान्य वर्षा हुनेबित्तिकै दुई पाङ्ग्रे सवारीका साधनसमेत गुड्न सक्ने अवस्था छैन ।
    हुलाकी सडक निर्माणमा तीव्रता ल्याउन स्थानीय तह, राजनीतिक दलका प्रतिनधि, सरोकारवाला, सर्वसाधारणले अहिलेदेखि नै ठेकेदार कम्पनीमाथि दबाब सिर्जना गर्नुपर्ने स्थानीय युवा नेता जगेन्द्र पौडेलले बताए । यो वर्षको वर्षायाम आउन अब केही महीना बाँकी रहेकोले जनदबाब सिर्जना नगर्ने हो भने गत वर्षझैं समस्या झेल्नुपर्ने पौडेलले बताए ।
    ठेकेदार कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गरी सडक निर्माण
गरेको भन्दै विजयबस्तीका युवाहरूले गत वर्ष विरोध गरेपछि आठघरेदेखि मालीबस्तीसम्म सडक वर्षामा हिलाम्य भएर साइकलसमेत चलाउन सकिएको थिएन ।
विद्युत् पोलको अवरोध
    हुलाकी सडकमा पर्ने विद्युत् पोल सार्न नेपाल विद्युत् प्राधिकरण, पोखरियालाई पत्राचार गरेपनि अहिलेसम्म व्यवस्थापन गर्न चासो नदेखाएको ठेकेदार कम्पनीका प्रोजेक्ट इन्चार्ज उद्धव न्यौपानेले बताए ।
     हुलाकी राजमार्गमा परेका विद्युतीय पोल व्यवस्थापन गर्न प्राधिकरणले ढिलाइ गरेको कारण सडक निर्माणले गति लिन नसकेको न्यौपानेको भनाइ छ । प्रोजेक्ट इन्चार्ज न्यौपानेले भने–सडक विभागले विद्युत पोल हटाउन प्राधिकरणलाई पत्रचार गरिसकेको छ । सडकमा परेको झन्डै १७३ वटा विद्युत् पोलका कारण माटो फिलिङ, सम्याउने तथा ग्रेभेलिङमा बाधा पुगेको छ । रामनगरलगायत क्षेत्रमा माटो फिलिड्ढा क्रममा सडकको उचाइ बढ्दा हाइटेन्सन तारमा ठूला सवारी साधनले छुने त्रास  छ ।
रूख पनि अवरोध
    रूखले पनि सडक निर्माणमा ढिलाइ भइरहेको इन्चार्ज न्यौपाने बताउँछन् । सडक निर्माणका क्रममा झन्डै ३३० वटा रूख काट्नुपर्ने उनले बताए । हुलाकी सडकमा अन्य ठाउँबाहेक पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जका मध्यवर्ती सामुदायिक वनका झन्डै ३३० वटा रूख पर्ने उनले बताए । पर्सा
राष्ट्रिय निकुञ्ज अन्तर्गत शिकारीवास खोलादेखि निर्मलबस्तीसम्म १७ वटा रूख कटान गर्नुपर्ने उनले बताए ।
    शिकारीवासदेखि पश्चिम ठोरीको चौतारासम्म झन्डै ३१३ भन्दा बढी साना ठूला रूख काट्नुपर्नेछ । हुलाकी सडक क्षेत्रमा पर्ने रूख कटानीको स्वीकृतिका लागि दुवै राष्ट्रिय निकुञ्जसँग आयोजनाले पत्रचार गरेको र निकुञ्जले स्वीकृति दिनेबित्तिकै काम अघि बढ्ने उनले बताए । निकुञ्जले हुलाकी सडकमा पर्ने रूख कटानीका लागि निकुञ्ज विभागमा पत्र पठाउने काम भइसकेको र विभागको निर्देशन आउनेबित्तिकै रूख काटिने उनले बताए ।
खानेपानी पाइप व्यवस्थापन हुन सकेन
    हुलाकी सडक निर्माण भइरहेको क्षेत्रमा खानेपानीका लागि बिच्छ्याइएका पाइपका कारण सडक निर्माणमा बाधा पुगेको छ । ठोरी गाउँपालिका–३ बुद्धनगर क्षेत्रमा बिच्छ्याइएको खानेपानीको पाइप निर्माणाधीन हुलाकी सडक क्षेत्रमैं पर्दा माटो फिलिङ कार्यमा समस्या आएको छ । हुलाकी सडक क्षेत्रमा पर्ने खानेपानीका पाइपहरू व्यवस्थित पार्न सम्बन्धित निकायसँग आग्रह गरिएको उनले बताए ।
मुआब्जाविना सडक निर्माण
    लामो समयदेखि राम्रो सडक सञ्जालबाट वञ्चित यस क्षेत्रका बासिन्दाले मुआब्जाविना हुलाकी सडक आयोजनालाई सघाइरहेका छन् । जिल्ला सदरमुकामसँग राम्रो सडक पहुँच नभएका यस क्षेत्रका बासिन्दाले विकास अघि बढाउने भन्दै मुआब्जाभन्दा सडक निर्माणलाई प्राथमिकता दिइएको पाइन्छ । मुआब्जा उपलब्ध नभएपनि यस क्षेत्रका बासिन्दाले हुलाकी सडक निर्माणमा सहयोग गरिरहेका छन् ।
    २४ किलोमिटर सडकमध्ये १८ किलोमिटर दूरीमा अहिले विनाअवरोध सडक निर्माण भइरहेको छ । विभिन्न स्थान गरी जम्मा ६ किलोमिटर दूरीमा घरटहरा भएकोले मुआब्जा पाएपछि मात्रै ठाउँ खाली गर्ने भएपछि काम हुन सकेको छैन । न्यौपानेले भने– सरकारले मुआब्जा उपलब्ध गराइ नसकेकोले ठाउँ–ठाउँमा त्यसै छाडिदिएका छौँ । समस्या नभएका स्थानमा सडक निर्माण कार्य धमाधम भइरहेको छ ।
    ठोरी गाउँपालिका १ र २ का केही स्थानीयले त हुलाकी सडक पर्ने स्थानका घरटहरासमेत हटाइसकेको वडा अध्यक्ष रामप्रकाश कुँवरले बताए । हुलाकी सडकले मुआब्जा उपलब्ध गराउने विश्वासका साथ काममा कुनै बाधा नपु¥याएको पौडेलले बताए । हुलाकी सडक निर्माणमा स्थानीयले सहयोग गरेकाले सरकारले पनि न्यायोचित मुआब्जा उपलब्ध गराउनुपर्ने यहाँको जनताले विश्वास लिएको छ । सरकारले मुआब्जा वितरण गर्दा अहिलेको मूल्याङ्कन अनुसार वितरण गर्नुपर्ने भन्दै स्थानीय तहको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीमार्पmत सरकारको ध्यानाकर्षण गराइसकेका छन् ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : वीरगंज–ठोरी हुलाकी सडक वर्षायाम नजिकिंदै जाँदा ठोरीका जनतामा चिन्ता
वीरगंज–ठोरी हुलाकी सडक वर्षायाम नजिकिंदै जाँदा ठोरीका जनतामा चिन्ता
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi1Ntqk6IxcvPhwRI6oI-1Wfg23HX5biSzyIxibHaup9fg174DtZZMfBoJjjI8LLdw9Ja3OibsmHvil15eE7eytfYc7G-jov1DgSOtyt9QpEnT4A2LYQ6NCVp0-dyRNiLxiyQYVJ3_Lj-Jb/s400/hulaki+sadak.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi1Ntqk6IxcvPhwRI6oI-1Wfg23HX5biSzyIxibHaup9fg174DtZZMfBoJjjI8LLdw9Ja3OibsmHvil15eE7eytfYc7G-jov1DgSOtyt9QpEnT4A2LYQ6NCVp0-dyRNiLxiyQYVJ3_Lj-Jb/s72-c/hulaki+sadak.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2019/02/blog-post_189.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2019/02/blog-post_189.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy