प्रस, वीरगंज, १४ फागुन/
भारत कश्मीरको पुलवामामा भएको आतङ्की हमलाको विरोधमा मङ्गलवार वीरगंजमा राजपाले विरोध गर्दै मोटरसाइकल जुलूस निकालेको छ । पुलवामामा भएको हमलाको विरोधमा आज बिहान भारतले पाकिस्तानमा गरेको हमलाको दिन पारेर राजपा नेपालको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ, पर्सा र राष्ट्रिय विद्यार्थी सङ्घ पर्साले ‘आतङ्कवादविरुद्ध लडाइँमा भारत हामी तिम्रो साथमा छौं’ भन्ने नारा लगाउँदै वीरगंजमा मोटरसाइकल जुलूस निकालेका हुन् ।
सयौंको सङ्ख्यामा सो पार्टीका नेता कार्यकर्ता विपी उद्यानस्थित लालबङ्गला परिसरबाट मोटरसाइकल जुलूस निकालेर नगरको विभिन्न क्षेत्र परिक्रमा गर्दै घण्टाघर चोकमा कोणसभा गरेका थियो । कोणसभामा महासचिव राजेशमान सिंहले आतङ्कवादको कुनै जात, धर्म नहुने बताए । उनले भने–आतङ्कवादले विश्वलाई अशान्त पारेकोले भारतको पुलवामामा भएको आतङ्की हमलाको कडा विरोध गर्दछौं ।
मोटरसाइकल जुलूसमा राजपा नेपाल पर्साका अध्यक्ष प्रेमबाबू पटेल, सचिव उमेशलाल सहनी, केन्द्रीय सदस्य मीनु ठाकुर, बरकतुल नेशा, डा.कमरूल अंसारी, राधिका देवी, सङ्गीता दास, खैरूद्दीन मियाँ, मदनप्रसाद यादव, बैजु लाल स्वर्णकार, विद्यार्थी नेताहरू सुशील पटेल अली, मधुसूदन चौरसिया, अमित यादव, मो.सगीर, विक्की राज पटेललगायतले अगुवाइ गरेका थिए ।