प्रस, वीरगज, १४ फागुन/
पर्साका इलाका हेल्थपोस्ट, प्रहरी चौकी तथा प्रFथमिक उपचार केन्द्रमा अहिले औषधी अभाव कायम रहेको पाइएको छ ।
औषधी नहुँदा बिरामीहरू समस्यामा पर्नुका साथै कर्मचारीपनि समस्यामा पर्ने गरेका छन् । सेवाग्रहीलाई उपचारपछि औषधी नदिंदा गाली खानुपर्ने इलाका हेल्थपोस्ट लगङ्गीका शनिकुमार साहको भनाइ छ । इलाका हेल्थपोस्टबाट ३९ किसिमको औषधी निश्शुल्क वितरण गर्ने नेपाल सरकारको निर्देशन छ । तर यहाँ १४ किसिमको औषधी नभएको दुई महीना भयो–इन्चार्ज साहको भनाइ छ ।
चालू आर्थिक वर्षको असोजमा गाउँपालिकाले एकपटक औषधी दिएको थियो । त्यसको ६ महीना बितिसक्दापनि औषधी पठाएको छैन । पठाएको औषधीमा म्याद सिद्धिन लागेको औषधी बढी रहेको साहको भनाइ छ ।
गापाले पठाएको औषधीमध्ये अधिकांश औषधी म्याद सकिने अवस्थामा रहेकोले वितरण नगरी रोकिएको छ ।
यस विषयमा स्वास्थ्य संयोजक भरत चौधरीले औषधी खरिद भइसकेको तर स्टोर इन्चार्ज बाहिर भएकोले वितरण हुन नसकेको बताए । भोलिदेखि नै औषधी वितरण हुने जानकारी दिए ।
गापा अध्यक्ष सुरेशप्रसाद कुर्मीले भने औषधी भएको बेला सम्पर्क नगरेको कारण समस्या आएको बताए ।
हेल्थ इन्चार्ज परिवार नियोजकको औषधीलगायत आइरन, सिटामोल, स्केवियल, बेटाडिन, विभिन्न किसिमका एन्टिबायोटिक, बीकम्पलेक्सलगायत अनिवार्य औषधी लगडी हेल्थपोस्टमा छैन । दुई महीना पहिले औैषधी खरिद भएको तर गोदाममैं थन्किएको कर्मचारीहरू बताउँछन् ।
माग अनुसार औषधी खरिद नगरी नचाहिने औषधी बढी खरीद गरेको स्वास्थ्य कर्मचारीहरूको गुनासो छ । व्यापारीहरूको गोदाममा थन्केर रहेको औषधी खरिद गर्ने गरेको कारण बिरामीहरू सेवा लिनबाट वञ्चित हुनुपरेको उनीहरूको भनाइ रहेको छ ।
इलाका हेल्थपोस्टका अनमी शोभा राणाका अनुसार बर्थिङ सेन्टरबाट उपचार गराएका ६२ जना सुत्केरी आमाले अहिलेसम्म भत्ता नपाएको जानकारी दिइन् । साउनदेखिकै भत्ता बाँकी रहेकोले भत्ता लिन आउने आमाहरू गाली दिने गरी फर्कने गरेको उनले गुनासो गरिन् ।
यस्तो समस्या पकाहामैनपुर गाउँपालिकाको स्वास्थ्यचौकी लहावरथकरी तथा स्वास्थ्यचौकी झौवागुठीमा पनि रहेको छ ।
लहावरथकरीका अहेब विकास श्रेष्ठका अनुसार गाउँपालिकालाई नेपाल सरकारले रकम पठाएपनि गाउँपालिकाले तोकेको स्वास्थ्य संयोजकको कमी रहेको बताए । स्वास्थ्य संयोजकले आप्mनो जिम्मेवारी नबुझोको कारण यस्तो समस्या आएको बताए । कमिशनको कारण औषधी खरिद गर्न नसकेको कारण समयमा औषधी वितरण गर्न नसकेको जनप्रतिनिधिहरूको भनाइ छ ।
स्वास्थ्य संयोजकहरूलाई नै औषधी खरीद गर्ने अधिकार दिइएकोले उनीहरूले टेन्डर आह्वान नगरी कोटेशनबाट सबै औषधी खरिद गरेको देखिन्छ ।
महानगरपालिका ८० लाख, नगरपालिकाले ५०, गापाले २० सम्मको औषधी खरीद गरिसकेको स्रोतले जानकारी दिएको छ ।