मानिसलाई बाँधेर राख्न सकिन्न । यस कारण पनि कि उसलाई बाँधेर राखिदिंदा उसले काम गर्न सक्दैन, वा ऊसँग काम लिन सकिंदैन । मानिसलाई तह लगाउन कि निषेधात्मक उपाय अङ्गीकार गर्नुपर्छ कि परामर्श । निषेधात्मक उपाय भनेको उसले आप्mनो दायित्वभन्दा पर जान नपाउने नियम लागू गर्नु हो । एउटा पशुको उच्छृङ्खलतामा प्रतिबन्ध लगाउन निषेधात्मक उपायमध्ये उसलाई बाँध्नु हो । तर मानिसलाई यसरी तबमात्र बाँध्न सकिन्छ, जब उसको गलत क्रियाकलापले समाजलाई नराम्रो असर पार्न थाल्छ र निषेधको अर्को बाटो रहँदैन । जेल यस्तै ठाउँ हो । जहाँ मानिसको गलत क्रियाकलापमा रोक लगाउन सकिन्छ । तर त्यहाँपनि अति उद्दण्ड र कसैगरी वशमा नआउने व्यक्तिलाई साङ्लोमा बाँधिन्छ । उच्छृङ्खलताको हद बढेर पशुत्वसम्म पुगेको मानिस समाजको लागि सर्वथा अयोग्य ठानेर उसको गतिविधिमा नियन्त्रण गर्नु नै विकल्प बाँकी रहन्छ । दोस्रो उपाय हो परामर्श । यो मानिसका लागि उपयुक्त उपाय हो । परामर्श अर्थात् उसलाई उसको कर्तव्याकर्तव्य बोध गराउनु । कहिलेकाहीं मानिसले नबुझेर पनि कर्तव्यप्रति हेलचेक्र्याइँ गरेको हुन्छ ।
हामीकहाँ सबैभन्दा आदरणीय पेशा भनेको शिक्ष्Fा दिनु हो । शिक्ष्Fक जतिसुकै अल्पज्ञानी होस्, उसले शिक्ष्Fा दिएको विद्यार्थी कालक्रममा अति नै उच्च पदमा, समाजमा गरिमामय ठाउँमा पुगे तापनि त्यस शिक्ष्Fकप्रति उसको मनमा आदरको भाव अवश्य रहन्छ । शिक्ष्Fकको त्यस पदलाई पनि लज्जित पार्नेगरी पोखरियाका शिक्ष्Fकहरूले हाजिरीजस्तो कुरामा बेइमानी गर्नु भनेको पशु–श्रेणीमा झर्नु हो । एक त शिक्ष्Fकका लागि ई–हाजिरी नै नचाहिनुपर्ने हो । नयाँ प्रविधिप्रति ललक वा अन्य प्रशासनिक झिझोले ई–हाजिरीको व्यवस्था गरियो भनेपनि शिक्षकले त्यसको मर्म बुझिदिनुपर्ने हो । ई–हाजिरीको अर्थ–को समयमा आयो र निर्धारित समयसम्म आप्mनो दायित्व पूरा ग¥यो भन्ने तथ्याङ्क राख्नुमात्र हो । तर एउटा शिक्ष्Fक ठीक समयमा आएर ई–हाजिरी गर्दछ, अनि कामबाट बेपत्ता हुन्छ र निर्धारित समयमा आएर पुनः ई–हाजिरी गरेर आपूmले सम्पूर्ण समय दायित्व निर्वाह गरेको साबित गर्ने प्रयास गर्दछ भने त्यस्तालाई नैतिक परामर्श दिनु मात्र उपाय बाँकी रहन्छ ।
प्रविधिको विकासले सुविधा वृद्धि गर्नेमात्र हो । प्रविधिले कसैलाई नैतिकवान बनाउँदैन । र नैतिकता छैन भने प्रविधिजति सुकै उन्नत होस्, त्यसले मानव समाजको भलो गर्न सक्दैन । मानिसको विचार उन्नतशील हुनुपर्छ, मानिसमा आप्mनो दायित्वप्रति श्रद्धा र लगनशीलता हुनुपर्दछ, अनि समाजले लक्ष्य प्राप्त गर्छ । होइन भने जतिसुकै उन्नत प्रविधिले कसैलाई उसको कर्तव्य निर्वहन गर्न विवश पार्न सक्दैन । एउटा शिक्ष्Fक जबसम्म निजी विद्यालयमा हुन्छ, सबै काम नियमपूर्वक र उत्तरदायित्व वहन हुनेगरी गर्दछ, त्यही जब सामुदायिक विद्यालयमा पुग्छ, दायित्वप्रति वितृष्ण हुन्छ । यसको अर्थ सरकारी काममा नैतिकताको अभाव छ, सरकारको काम कहिले जाला घाम भन्ने राणाकालीन सोच आजपनि विद्यमान छ भन्ने देखिन्छ । राणापछि प्रजातन्त्र, अनि राजतन्त्र, फेरि प्रजातन्त्र, अनि लोकतान्त्रिक–गणतन्त्र गरी झन्डै ६ दशकको यात्रा हामीले ग¥यौं, प्रविधिमा थुप्रै सुधार भयो, तर थोत्रो मानसिकतामा विजय पाउन सकेनौं । यस मानसिकताले हामीलाई कहाँ पु¥याउँछ ?