प्रस, निजगढ, १७ माघ/
निजगढमा दुई दिने राष्ट्रियस्तरको तेक्वान्दो प्रतियोगिता हुने भएको छ । बिहीवार निजगढस्थित कभर्डहलमा पत्रकार सम्मेलन गरी सो कुरा जानकारी दिएको हो ।
मुलुकका ७ वटै प्रदेशका ५ महिला तौल समूह र ७ पुरुष समूह गरी १२ तौल समूहमा करीब एक सयजना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका आयोजक निजगढ तेक्वान्दो डोजाड्ढा प्रमुख एवं प्रतियोगिता संयोजक वसन्त लामाले जानकारी दिए । प्रतियोगितामा टिम कोच, टिम मेनेजर, रेफ्री प्राविधिक, स्वंयंसेवक गरी झन्डै दुई सयजनाभन्दा बढीको सहभागिता रहने लामाले बताए ।
निजगढ नगरपालिकाको आर्थिक सहयोग रहेको तेक्वान्दो प्रतियोगिता राष्ट्रियस्तरको हुने नेपाल तोक्वान्दो सङ्घका केन्द्रीय सदस्य एवं प्रदेश नं. २ का संयोजक गुरुप्रसाद गौतमले जानकारी दिए । यही माघ २६ र २७ गते निजगढ, कभर्डहलमा हुने प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा नेपाल तोक्वान्दो सङ्घ प्रदेश नं. २ का सचिव विजय शाह, वरिष्ठ प्रशिक्षक हेमलाल श्रेष्ठ, जिल्ला तेक्वान्दो कार्य समिति बाराका अध्यक्ष चित्रबहादुर लामा, प्रशिक्षक गणेश पाण्डेलगायतको सहभागिता थियो ।