सञ्जय साह मित्र
ट्रान्सपरेन्सी इन्टरनेशनलले हरेक वर्ष सार्वजनिक गर्ने भ्रष्टाचारसम्बन्धी रिपोर्ट यस वर्ष पनि प्रकाशन गरेपछि नेपालमा एकचोटि फेरि तरङ्ग ल्याएको छ । नेपाल तरङ्गित देखिएको छ । नेपालीहरूमा दुई किसिमको तरङ्ग देखिएको छ । पहिलो नेपालमा फेरि भ्रष्टाचार बढेको वा कायम रहेकोमा नेपालीलाई नै वा नेपाललाई नै हेप्ने मनोविज्ञानको प्रदर्शन । अर्को चाहिं नेपालमा भ्रष्टाचार अपेक्षाकृत नघटेकोमा चिन्ता ।
भ्रष्टाचारसम्बन्धी प्रतिवेदन हरेक वर्ष ट्रान्सपरेन्सी इन्टरनेशनलले प्रकाशित गर्ने गरेको छ । हरेक वर्ष यसको प्रतिवेदन त्यत्तिकै चर्चित बन्ने गरेको छ । नेपालमात्र होइन, विश्वमा नै एउटा चर्चित प्रतिवेदनको रूपमा ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनलाई लिइन्छ । यसको प्रतिवेदनले हलचल नै ल्याउने गरेको यथार्थ हो । यसको प्रतिवेदनप्रति सत्तापक्ष र प्रतिपक्षको प्रतिक्रिया केही फरक हुने गरेको देखिन्छ । यो कुनै एक देशको समस्या होइन, अधिकांश देशको समस्याको रूपमा रहेको छ ।
प्रतिवेदनमा एक सय असी देशलाई समेटिएको छ । सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकलाई पहिलो स्थानमा राखेर प्रकाशित प्रतिवेदनमा नेपाल एक सय चौबीसौं स्थानमा रहेको छ । गत वर्ष नेपाल एक सय बाइसौं स्थानमा थियो । प्रतिवेदनले डेनमार्कलाई विश्वकै सबैभन्दा कम भ्रष्टाचार हुने सूचीमा राखेको छ । दक्षिण एशिया अर्थात् सार्कको अवस्थालाई हेर्ने हो भने नेपालभन्दा बढी भ्रष्टाचार हुने देश अफगानिस्तानलाई मानिएको छ भने सार्कको दोस्रो देश चाहिं बङ्गलादेश रहेको छ । सार्कमा नेपालको स्थान तेस्रो हो ।
नेपालमा अहिले एकलौटी सरकार छभन्दा पनि हुन्छ । केन्द्रमा नेकपाको नेतृत्वमा फोरमको सहभागिता छ । सरकारलाई राजपाले पनि समर्थन गरेको छ । देशमा दुईतिहाईको सरकार छ । बलियो सरकार छ । यति बलियो सरकारले चाहेको काम गर्न खासै मुश्किल पर्ने अवस्था छैन । दुवै सदनमा स्पष्ट बहुमत रहेको वर्तमान सरकारले नियम कानून बनाउन तथा लागू गर्न पहिलेको सरकारहरूजस्तो धेरै अप्ठ्यारो पर्ने अवस्था छैन तर पनि अपेक्षाकृत सुधार नआउनुलाई विपक्षीले एउटा मसालाको रूपमा प्रयोग गर्ला तर नेकपाको सरकारको समयमा आएरमात्र ट्रान्सपरेन्सीको प्रतिवेदनमा नेपालको स्थान धेरै चढेको हो भन्ने होइन । अहिले विपक्षमा रहेको दलले नै देशमा धेरै समय सरकार चलाएको हो र उसको कार्यकालमा पनि देशले प्रतिवेदनमा महŒवपूर्ण स्थान पाउन सकेको थिएन । यस धरातललाई हेर्ने हो भने यहाँको सरकार चलाउने दललाई मात्र दोष दिनु न्यायोचित हुँदैन ।
विगतको अवस्था पनि यदि खासै फरक छैन भने देशका नीति निर्माता तथा अन्य पक्षले राम्ररी विचार गर्नुपर्ने देखिन्छ कि अब देशको प्रतिष्ठा हामी हरेकले आप्mनो ठाउँबाट बढाउने कसरी ? इमानदार वा बेइमान अर्थात् भ्रष्ट भनेको देश कसरी हुन सक्छ ? देशलाई बनाउने, बिगार्ने तथा देशको प्रतिष्ठालाई उचो बनाउने त नागरिकले नै हो नि ? नागरिक इमानदार नहुँदासम्म देश इमानदार हुन वा देश इमानदार भएको प्रतिष्ठा स्थापित गर्न निकै मुश्किल पर्ने कुरामा दुई मत नहोला । शायद सम्पूर्ण बुद्धिजीवी नेपालीले यस कुरालाई राम्ररी बुझेको हुनुपर्छ । आगामी प्रतिवेदनहरूले नेपालको प्रतिष्ठा विश्वमा कसरी बढाउन सकिन्छ भनेर नै सबैको चिन्ता एवं चिन्तन हुनु आवश्यक छ । देशभन्दा ठूलो कोही हुन सक्दैन । यसकारण यस देशको प्रतिष्ठा बढाउने कुरामा सबैले आप्mनो सहमति जनाउनु पर्दछ । कुरा वा नीतिमा सहमति जनाउनेमात्र होइन, यथार्थमा यसको लागि सकेको योगदान पनि दिन सोच्नुपर्दछ । सकेको योगदान दिनेलाई प्रोत्साहन गर्नु पर्दछ, सम्मान गर्नुपर्दछ । देशको प्रतिष्ठाविपरीत काम गर्नेहरूलाई हामीले सकेको दुरुत्साहन गर्नुपर्दछ । एकैचोटि कसैलाई बहिष्कार गर्न सक्दैनौं । बहिष्कार गर्न नसकिने अवस्था र समाजमा बसेपछि सबै किसिमको साथ सहयोग पाउने आशा तथा अपेक्षा र आवश्यकता पनि हुने हुनाले अन्तर्निर्भरतालाई सबैले बुझेका हुन्छन् । यसकारण समाजबाट अलग त हुन सकिन्न तर सकेसम्म आपूm इमानदार बनेर अरूलाई पनि इमानदार बन्ने प्रेरणाको लागि काम गर्न सकिन्छ । अरूलाई मात्र दोष नदेखाएर आपूmले इमानदारीपूर्वक काम गरेर देशको प्रतिष्ठा बढाउन काम गरेको भन्ने सोचाइ हृदयमा राख्नु उचित हुन्छ । यसले एकातिर आफैंलाई प्रेरणा दिन्छ भने अर्कोतिर प्रोत्साहन दिइरहेको हुन्छ । आप्mनो आसपास वा आपूmलाई चिन्नेहरूले असल मान्दछन् नै, अन्यले पनि विस्तारै चिन्दै जान्छन् भन्ने कुरा मनमा राख्नु पर्छ । विद्रोह नै सबै समस्याको हल होइन र विद्रोहले नै सबैलाई सबैको प्रिय बनाउँछ भन्ने पनि होइन ।
सामान्य मानिस चाहन्छ कि देशले नै सबैथोक गरिदेओस् । सामान्य मान्यता पनि देशले सबैथोक गरिदेओस् भन्ने रहन्छ । तर देशले नै सबैथोक गर्ने होइन । हामीले जे गरे पनि देशको लागि हुने हो किनभने देश भनेको व्यक्ति होइन जो आफैंले केही गर्दछ । यस दृष्टिले विचार गर्ने हो भने देशले आप्mनो लागि केही गरेको हुँदैन, यथार्थमा देशका हरेक मानिसले गरेको समुच्च्य नै देशले गरेको हो । कुनै देशले गरेको प्रगतिमा प्रत्येक नागरिकको योगदान हुन्छ । जसरी केही खेलाडीबीच प्रतिस्पर्धा भइरहेको हुन्छ र त्यसलाई दुई देशको प्रतिस्पर्धा मानिन्छ । त्यस किसिमको प्रतिस्पर्धामा देश नै विजयी भएको वा पराजित भएको मानिन्छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको वर्तमान प्रतिवेदनले जे भनेको छ वा निरन्तर नेपालको विषयमा जे जे भन्दै आएको छ त्यसमा हामीले आप्mनो योगदान खोजेनौं । धेरै मानिस त यस्ता निस्क्यौं जो प्रतिवेदन आएपछि गम्भीरतापूर्वक लिनुको साटो हामीले देशलाई मात्र दोष दिइरह्यौF ।
प्रतिवेदनले जे औंल्याएको छ, यसमा देशका शासक दोषी हुन् भन्ने कुरो एकोहोरो बुझिरह्यौं भने भूल होइन, गल्ती हुनेछ । शासक भनेको देशको केन्द्रीय सरकारमा केही दर्जन जनप्रतिनिधिहरू हुन् । मन्त्रीहरूले नै देशलाई एक सय चौबीसौं स्थानमा पु¥याएका हुन् त ?
देशमा तीन तहको सरकार छ । सबै जनप्रतिनिधिलाई हेर्ने हो भने हजारौंको सङ्ख्यामा छन् । कर्मचारीहरू लाखौंको सङ्ख्यामा रहेका छन् । ठेकेदारहरूको भूमिका सबैलाई थाहै छ । सर्वसाधारण मिलेर बनाएका उपभोक्ता समितिहरूको कारोबार सबैले देखेकै छौं ।
जब बजारमा कर कार्यालय वा भ्याट कार्यालयबाट कर्मचारी चेकजाँच गर्न भनेर आउँछन् तब बजार नै बन्द गर्दछन् व्यापारीहरू । हामीले यतातिर ध्यान दिएका छैनौं कि हामी जसरी पनि आप्mनो काम छिटो गराउन चाहन्छौं र धेरै त यस्ता छौं जो आप्mनो कागजपत्र अधूरो राख्दछौं र काम नगरेको दोष अरूलाई दिन्छौं । चाहन्छौं काम होओस्, कागजपत्र पनि पूरा नहोओस् अर्थात् आपूmले नै गरेको भ्रष्टाचार हामी देख्दैनौं । भ्रष्टाचार त त्यो पनि हो कि जो आप्mनो काम समयमा इमानदारीपूर्वक गर्दैन।
हरेक वर्ष शहीद दिवस मनाउँछौं । शहीदलाई सबैले सम्मान गर्ने परम्परा रहेको छ । देश–विदेश सबैतिर सबैले शहीदलाई सम्मान गर्दछन् । शहीदलाई साक्षी राखेर देशको विकास गर्ने गर्दछन् । देशको विकासको लागि सबैले इमानदारीपूर्वक काम गर्नु आवश्यक छ । आउँदो वर्ष देशको नाम तुलनात्मकरूपमा प्रतिष्ठित बन्न सकोस् भन्ने ध्यान सबैले राख्न सक्नुपर्छ । एकैचोटि अकल्पनीय परिवर्तन त सबैले चाहेका हुन्छन् तर चाहेको जस्तो सकारात्मक परिवर्तनका लागि आप्mनो योगदान के र कति तथा कसरी भन्ने कुरातिर खासै ध्यानै दिंदैनन् । अबको समयमा आप्mनो भूमिकाको खोजी हरेकले गर्नुपरेको छ । देशको प्रतिष्ठा बढाउनु हामी सबैको कर्तव्य हो ।