प्रस, वीरगंज, १५ माघ/
नेपाली काङ्ग्रेस, पर्साका सभापति अजय द्विवेदीले विपी उद्यानको जग्गामा मुख्यमन्त्री लालबाबू राउत गद्दी र भौतिकपूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले शिलान्यास गर्न लागेकोमा आपत्ति जनाएका छन् ।
शहीद दिवसको अवसरमा विपी उद्यानमा शहीद पार्क नामाकरण गरी शिलान्यास कार्यक्रम नगर्न उनले आग्रह गरे । लामो सङ्घर्षपछि तत्कालीन वीरगंज नगरपालिकाले सरकारले लिलाम प्रयोजनमा राखेको रेलवेको करीब १० बिघा जग्गा आप्mनो स्वामित्वमा लिन सफल भएको थियो । तत्कालीन मन्त्रिपरिषद्ले विपी उद्यान प्रयोजनबाहेक अन्यमा जग्गा प्रयोग गर्न नपाउने शर्तमा दिएको जग्गालाई अहिले आएर प्रदेश सरकारले स्थानीय निकायसमेतलाई बाइपास गरी एकोहोरो तरीकाले शिलान्यास गर्नु विवादलाई निम्तो दिनुबाहेक केही नभएको बताए । उनले कानूनी हैसियत बनाएर शिलान्यास गर्नुपर्नेमा पदीय दम्भको आधारमा शिलान्यास गर्न खोज्नु मूर्खताबाहेक केही नभएको बताए ।
पत्रकार सम्मेलनमा उनले आपूmले घटनाबारे मुख्यमन्त्रीसमेतको ध्यानाकर्षण गराइसकेको जानकारी गराएका थिए । विपी उद्यानका लागि नेपाली काङ्ग्रेस, पर्साले कानूनी र राजनीतिक दुवै लडाइँ लड्ने चेतावनी उनले दिए । सभापति द्विवेदीले विपी उद्यान नामाकरण नमेटेर गरिने सबैखाले विकास निर्माणको काम स्वागतयोग्य हुने भन्दै सोही अनुरूप गरेको खण्डमा सबैको हकमा राम्रो हुने सुझाव दिए ।
सभापति द्विवेदीले प्रदेश सरकारलाई सङ्घीय सरकारले बाइपास गरेर काम गरेको आरोप मुख्यमन्त्री स्वयंले स्थानीय तह अन्तर्गत महानगरको अधीनमा रहेको विपी उद्यानमा शिलान्यास गर्नु स्थानीय निकायलाई बाइपास गर्नु हो र यसो गर्दा मुख्यमन्त्रीले आप्mनो नैतिक धरातल गुमाउने हुँदा सो नगर्न सुझाएका थिए ।
नेपाली काङ्ग्रेसले आज बिहानदेखि विरोध शुरू गरेपछि शहरी विकास तथा भवन कार्यालयले आजमात्र वीरगंज महानगरमा अनुमतिको लागि पत्राचार गरेको तर मेयर विजय सरावगीले तत्काल बोर्ड बैठक बसाएर अनुमति दिन नसकिने तोक लगाएको जानकारी गराएका थिए । नगरपालिकाको स्वामित्वको कुरामा प्रदेश सरकारको हस्तक्षेप भएको बताउँदै विपी उद्यानको नाम परिवर्तनलगायत कुरा नगर्न चेतावनी दिए ।
पत्रकार सम्मेलन प्रेस युनियन, पर्साका अध्यक्ष रामनारायण कुर्मीको अध्यक्ष्Fतामा भएको थियो भने सहजीकरण जितेन्द्रपुरूष ढकालले गरेका थिए ।