प्रस, परवानीपुर, १८ पुस/
भारतीय आँखा रोगीहरूको लागि नेपाल र तराईका जिल्लाका आँखा अस्पतालहरू अवसरको रूपमा छन् । जसका कारण वीरगंजमा पछिल्लो समय चिया पसलजस्तै देखिने भवनमा पनि आँखा उपचार केन्द्र र अस्पताल सञ्चालन भइरहेका छन् । एक दर्जनभन्दा बढी आँखा अस्पतालको भीडभाडमा दुई महीना अघि जन्मेको एउटा अस्पताल छोटो समयमैं लोकप्रियता पाउन थालेको छ ।
त्यो हो, पानीटंकी चोकमैं खुलेको माट्रिका आँखा अस्पताल । माट्रिका आइ फाउन्डेशनद्वारा सञ्चालित उक्त अस्पताल खुलेको दुई महीनामात्र भएको छ, तर बजारमा अन्य आँखा अस्पतालको चासोमा परेको छ । किनभने गुणस्तरीय सेवा र फाइदाभन्दा बढी सामाजिक सेवाका लागि अस्ताल स्थापना भएको बताइएको छ।
अस्पतालले दुई महीनामा करिब साढे चार सय बिरामीमध्ये ३ सयजनाको निश्शुल्क मोतियाबिन्दु शल्यक्रिया गरेको नेत्र अधिकृत महेशसिंह धामीले बताए । काठमाडौंका वकिल तथा व्यवसायीको समूहले यो अस्पताल स्थापना गर्न शुरूमा सहयोग गरेका थिए । लन्दन भिजन क्लिनिकले प्राविधिक उपकरण सहयोग गरेको थियो । विशेषगरी नेपाली र भारतीय रोगीलाई लक्षित गरी अस्पतालले सामाजिक पहिचान बनाउन सञ्चालनमा आएको धामीले एउटा प्रसङ्गमा बताए । “हाम्रो मुख्य फोकस सेवा हो, विपन्न, गरीबहरूको आँखासम्बन्धी समस्या हल गरी उनीहरूको जीवनमा ज्योति छर्नु अस्पतालको मूल लक्ष्य हो । यदि कोही सक्षम र पैसावाल हुनुहुन्छ भने उनको निश्शुल्क अप्रेशन गर्दैनौं”–नेत्र अधिकृत धामीले भने–“उपचारको गुणस्तरमा अहिलेसम्म गुनासो आएको छैन्, नेपालकै प्रसिद्ध नेत्र विशेषज्ञ किशोरराज प्रधान स्वयं शल्यक्रिया गर्न साप्ताहिकरूपमा दुई दिन वीरगंज आइराख्नुभएको छ ।”
गत शुक्रवार र शनिवार ५२ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो । जसमा ४५ जनाको निश्शुल्क अपरेशन गरिएको थियो । पर्सा श्रीपुर, पचगावाँका भिखारी साहले गाउँमा निश्शुल्क आँखा शिविर सञ्चालन हुँदा आपूm छनोटमा परी वडाको सिफारिस लिएर आउँदा आखाँको निश्शुल्क शल्यक्रिया हुन लागेको बताए । बारा बेलदारीका सुधानी महतोले पनि निश्शुल्क आँखाको उपचार भएकोमा खुशी व्यक्त गरे । फाटफुट आँखा रोगीले शुल्क तिरेर पनि अपरेशन गराउँदैछन् । अस्पताल व्यवस्थापन पक्षले अमेरिकी लेन्सदेखि तिलगङ्गा अस्पतालबाट लेन्स उपलब्ध भएको र विपन्नसँग पैसा नलिएको र सक्षम व्यक्तिलाई पनि छुट दिएर १० हजारको फेको शल्यक्रिया ७/८ हजार सम्ममा गरेको बताए । शल्यक्रियामा प्रयोग हुने ब्लेड तथा उपकरण पूर्ण निर्मलीकरण गरी रगत, मधुमेह जाँच गरेर शल्यक्रिया हुने गरेको उनले बताए ।