सञ्जय मित्र
जाडोको महीना हो माघ । माघको विशेष महŒव छ सांस्कृतिक दृष्टिले । हुनत हरेक महीनाको आप्mनै विशिष्टता र आप्mनै विशेषता छन् । विशेष भएकै कारणले त अरूभन्दा पृथक अस्तित्व भएको हो ।
माघ विशेषमा पनि विशेष छ, आपैंmमा विशेष छ । माघको विशिष्टता हरेक सांस्कृतिक कोणबाट रहेको देखिन्छ । सामाजिक दृष्टिले पनि यो विशेष महीना त हो नै तर सांस्कृतिक पक्ष भने यस महीनाको जीवनमा नयाँपन दिने किसिमको रहेको छ ।
माघ लाग्ने अघिल्लो दिन अर्थात् पुसको पूर्णिमाको दिनदेखि नै दुई समाजमा दुई किसिमको सांस्कृतिक जीवनको सुरुआत हुन्छ । मधेसी समाजमा माघस्नान र पहाडी समाजमा स्वस्थानी व्रत । भारतको महाकुम्भ स्नान पनि माघमैं हुने हो । यदि विक्रम संवत्को दृष्टिले हेर्ने हो भने पनि अर्को सांस्कृतिक विशेषता भेटिन्छ । पुस मसान्तको दिन उसिनेको वा पकाएको केही खानेकुरा माघ १ गते खाइने चलन छ । माघे सङ्क्रान्ति पहाड र मधेसले मात्र आप्mनो किसिमले मनाउने होइन । थारू समुदायले पनि आप्mनै किसिमले अतिविशिष्ट बनाएर मनाउने गरेको सर्वविदितै छ ।
मधेसी समुदायमा माघको प्रारम्भमा छोरी–बहिनीकहाँ कोसेली पु¥याउने चलन छ ।
ग्रामीण समुदायमा माघ महीनाभरि शिवको भजन, लाचारी तथा कीर्तन गर्ने चलन अभैm हराइसकेको छैन पूर्णरूपमा । शिवको भक्तिको परम्परा स्वस्थानीसित पनि जोडिएको हुन सक्छ तर सामान्यतया शिवलाई देवाधिदेव मानेर पूजा गर्ने चलन नेपाली समाजको करीब दुई तिहाइमा रहेको यथार्थ देखिन्छ ।
माघमा कमरनथुआहरूले ठूलो कष्ट उठाउँछन् । श्रीपञ्चमीको दिन विशेष पूजा शिवको गर्ने चलन पनि छ । किसानहरूले शिवलाई धानको मोर चढाउँछन् । महिलाहरूले पनि अनेक विधिले शिवको पूजा गर्दछन् ।
वाल्मीकिय रामायणमा माघलाई विशिष्ट महीनाको दर्जा दिइएको छ । अन्य कुनै पनि महीनामा रामायणको पाठ वा रामकथा सुन्नु सुनाउनुलाई पुण्यको काम भनिएको छ तर यही काम माघ महीनामा गर्दा विशेष पुण्य प्राप्त हुने बताइएको छ । माघ महीनामा विशेष गरी माघको शुक्ल पक्षमा रामायण पढ्नु वा रामकथा सुन्नु वा सुनाउनुलाई विशेष फलदायी बताइएको छ । माघ महीनामा रामायण पढ्न भनिएको छ । अरूलाई पनि रामायण पढ्न प्रोत्साहन दिनुपर्ने पनि यही महीना हो ।
अक्षरारम्भ गराइने संस्कृति पनि माघकै हो । वसन्त पञ्चमी अर्थात् श्रीपञ्चमीको दिन विद्यारम्भ गराउँदा शुभ हुने सांस्कृतिक मान्यता छ । यसै दिन विद्यार्थीहरूले विद्याकी देवी सरस्वतीको पूजा गर्दछन् । कलासाधक तथा साहित्यसर्जकसमेतले यस दिन र यस महीनालाई विशिष्ट महीना मान्दछन् ।
पुसभरि रोकिएको सांस्कृतिक शुभकाजको पुनर्थालनी माघदेखि हुन्छ । पूजाआजा, गृहनिर्माण, विवाहजस्ता शुभ कार्यहरू यसै महीनामा हुन्छन् । दुई परिवारलाई जोड्ने गरी विवाहको कुरो चलाउनेदेखि केही महीना वा वर्ष पहिले भएको बिहेको दोङा/गौना गराउने काम पनि यही महीनाको उत्तम मानिन्छ । छेकाको मौसम पनि माघकै दिनलाई मानिन्छ । माघको महीनालाई वर्षभरिका अन्य महीनाको तुलनामा बलियो मानिन्छ । माघलाई बाघ भनिएका अनेक उखानहरू प्रचलनमा छन् ।