प्रस, वीरगंज, १६ माघ/
शहीद दिवस वीरगंजमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । विपी उद्यानमा मुख्यमन्त्री लालबाबू राउत गद्दी र भौतिक, पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले दिवसको अवसरमा शहीद पार्कको शिलान्यास गरे ।
शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री गद्दीले शहीदको जात नहुने भन्दै शहीदको विषयमा कुनै किसिमको विवाद नगर्न आग्रह गरे । उनले नेपालको परिवर्तनमा २०१७ सालदेखि मधेस आन्दोलनसम्म शहादतप्राप्त गरेका सबैथरी शहीदहरूको सम्झना गर्दै मधेस आन्दोलनमा शहादतप्राप्त गरेका शहीदहरूको सम्झनामा शहीदपार्क निर्माण हुने बताए । उनले नेपालको मुख्य प्रवेशद्वारजस्तै शहीद पार्कलाई पनि वीरगंजलाई चिनारीको रूपमा निर्माण गर्ने दाबी गरे ।
उनले हाल प्रदेश सरकारले पार्कको लागि रु ७५ लाख रकम विनियोजन गरेपनि करोडौं, अर्बौ खर्च गरेरपनि पार्कको निर्माण गर्ने बताए । मधेस आन्दोलनमा शहीदपार्क निर्माण गर्ने वाचा अनुरूप पार्क निर्माण गर्न लागेको उनले दाबी गरे । उनले कसैको निजी सम्पत्ति अतिक्रमण नगरेको र सार्वजनिक सम्पत्तिमा दुःख मनाउ गर्नुपर्ने आवश्यकता नभएको तर्क गरे । मुख्यमन्त्री गद्दीले कांग्रेस, नेकपालगायत दलहरूलाई शहीदको विषयमा धेर विवाद उठान नगर्न आग्रह गरे । भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले मधेस आन्दोलनमा गरिएको सबै वाचा क्रमशः पूरा गर्दै जाने प्रतिबद्धता जाहेर गरे । उनले शहीद परिवारलाई रोजगार दिने, घाइतेलाई उपचार खर्च दिने कार्य भइरहेको बताए । उनलेपनि शहीदपार्क निर्माणमा प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने दाबी गरे ।
सांसद प्रदीप यादवले मधेसी भावना अनुरूप शहीदहरूको सम्मानमा प्रदेश सरकारको पहलमा निर्माण हुन लागेको पार्कको सराहना गरे ।
कार्यक्रममा राजपाका महासचिव शिव पटेलले विपी उद्यान रहेको जग्गामा मधेसी शहीदपार्क नामाकरण गर्न २०६४ सालमा आपूm वीरगंज उपमहानगरको बोर्ड सदस्य रहँदा निर्णय गरेर पठाइएको दाबी गरे । कार्यक्रममा प्रदेश सभासद् प्रह्लाद गिरी, जन्नत अन्सारी, रमेश पटेल, करीमा बेगम, वीरगंजका उपमेयर शान्ति कार्कीलगायतले मन्तव्य व्यक्त गरेका थिए । यसैगरी शहीद दिवसको अवसरमा स्व. गिरिजाप्रसाद कोइराला फाउन्डेशन, पर्साले नाउक्ष्Fे अस्पतालमा रहेको थिरबम मल्ल र गण्डक बहुअरीमा रहेको तेजबहादुर अमात्यको शालिकमा माल्यार्पण कार्यक्रम गरेको थियो ।
नाउक्षे अस्पतालमा शहीद मल्लको शालिकमा माल्यार्पण गर्दै नेका, पर्साका सभापति अजय द्विवेदीले शहीदहरूको जात नहुने र उनीहरूलाई मधेसी–पहाडीमा विभाजित गर्न नहुने बताए । उनले विपी उद्यानको नामाकरण परिवर्तन गर्ने कार्यप्रति असहमति जनाए ।
नेका, पर्साका पूर्वसभापति राजेन्द्रबहादुर अमात्यले शहीदहरूको योगदान बिर्सिन नसकिने बताए ।
यसैगरी नेकाका रामनारायण कुर्मीले पर्सा कांग्रेसले विगत केही वर्षदेखि शहीद दिवसमा कार्यक्रम गर्न छाडेकोमा फाउन्डेशनले शहीद दिवस मनाएकोमा प्रशंसा गरे । कार्यक्रम जिपी फाउन्डेशन पर्साका संयोजक महम्मद सहाबुद्दीनको अध्यक्ष्Fतामा भएको थियो ।
यस अघि जिपी फाउन्डेशनको आयोजनामा नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा रहेका बिरामीहरूलाई फलपूmल वितरण गरिएको थियो ।
प्रस, सिमरौनगढ/
सिमरौनगढ बजारमा रहेको नेका पार्टी कार्यालयमा शहीद दिवस मनाइएको छ । नेका, सिमरौनगढले आयोजना गरेको कार्यक्रममा शहीदहरूको तस्वीरमा माल्यार्पण गरी दीप प्रज्वलन गरेर दिवस मनाएको थियो।
नेकाका सक्रिय सदस्य धर्मेन्द्र यादवको अध्यक्ष्Fतामा भएको कार्यक्रममा हरेन्द्रप्रसाद कुशवाहा, मदन कुशवाहा, दिनेश जैसवाल, रामध्यान शर्मा, त्रिभुवन कुशवाहा, आनन्दीलाल राम, जितु हजरालगायतले मन्तव्य व्यक्त गरेका थिए ।