$type=ticker$count=12$cols=4$cate=0

संसदीय सर्वोच्चता नै लोकतन्त्रको मेरुदण्ड

SHARE:

श्रीमन्नारायण
    जननिर्वाचित संविधानसभाबाट जारी भएको नेपालको संविधान २०७२ पूर्णरूपेण कार्यान्वयनमा आइसकेको छ । देशमा स्थायी शान्ति कायम भइसकेको छ । राजनीतिक स्थायित्वका कारण देश आर्थिक प्रगतिको दिशामा उन्मुख छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासको निम्ति देशको संसद्लाई बढी सक्रिय, उपयोगी तथा जिम्मेवार बनाइनु आवश्यक छ । संसद्मा बहुमत प्राप्त राजनीतिक दलले सरकारको नेतृत्व गर्दछ जबकि प्रतिपक्षी दलको भूमिका पनि निकै महŒवपूर्ण हुने गर्दछ । लोकतान्त्रिक शासन प्रणालीमा प्रतिपक्षी दलको उपस्थिति र भूमिकालाई निस्तेज पार्ने कुनै पनि प्रयासले अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाउनेछ । लोकतन्त्रमा संसद्को सर्वोच्चता कायम रहनुपर्दछ ।
    सङ्ख्याबलको आधारमा अथवा मर्यादापालकको प्रयोग गरेर प्रतिपक्षी दलका सांसदलाई भूमिकाविहीन बनाउन खोजिए संसद्मा हुन सक्ने सार्थक र संवेदनशील बहस अन्ततः सडकसम्म आउन सक्दछ र यसले सरकारलाई नै अप्ठ्यारोमा पार्न सक्दछ । तसर्थ सत्ताधारी दलबाट संवाद र सहमतिको बाटो सधैं खुला रहनुपर्दछ । प्रतिपक्षले पनि राष्ट्रिय हितसँग सम्बन्धित विषयलाई महŒव दिनुको सट्टा आप्mनो निहित स्वार्थपूर्तिसित जोडिएको विषयलाई उठाएर संसद्लाई निरन्तर बन्धक बनाउनु उचित होइन । संसदीय सर्वोच्चताको सम्मान हुनुपर्दछ किनभने यो लोकतन्त्रको मेरुदण्ड हो । यसको ख्याल पक्ष र विपक्ष दुवैले गर्नुपर्छ ।
    वि.सं. २०४६ सालको जनान्दोलनपश्चात् देशमा लोकतन्त्रको स्थापना भएको हो । वि.सं. २०४८ साल, २०५१ र २०५६ सालको आम निर्वाचनपश्चात् गठित सरकारहरूको पालामा संसदलाई महŒव दिइन्थ्यो । त्यतिबेला देशका राजनीतिक दलहरूले पनि आप्mना पार्टीका परिपक्व एवं समर्पित नेताहरूलाई पार्टीको उम्मेदवार बनाउने गर्दथे । फलस्वरूप संसद्मा स्वस्थ बहस हुन्थ्यो र त्यसको परिणाम पनि सार्थक आउँथ्यो । यद्यपि त्यतिबेला पनि नेकपा एमालेका एकजना वरिष्ठ नेताले संसद्लाई ‘खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थलो’को रूपमा परिभाषित नगरेका होइनन् । पटक–पटक संसद अवरुद्धपनि नपारिएको होइन तर पनि संसद्मा स्वस्थ बहस हुने गर्दथ्यो । यो बेग्लै कुरा हो कि संसद्बारे यस्तो टिप्पणी गरेका नेतापनि पटक–पटक संसद्मा प्रतिनिधित्व गर्दै आएका छन् ।
    विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारतको पहिलो लोकसभाका अध्यक्ष गणेश वासुदेव मावलंकरले सच्चा लोकतन्त्रको निम्ति संविधानका प्रावधान अथवा संसद् सञ्चालनको निम्ति बनाइएका नियमहरूको पालनामा मात्रै सीमित रहनु होइन, अपितु संसद् सदस्यहरूमा लोकतन्त्रप्रति सच्चा भाव विकसित हुनुलाई आवश्यक ठानेका थिए । यस मौलिक तथ्यमाथि ध्यान केन्द्रित गर्ने हो भने यो प्रस्ट हुन्छ कि राजनीतिक मुद्दाहरूबारे बहुमतको आधारमा निर्णय लिन सकिन्छ, तर यदि संसदीय सरकारको कार्य उपस्थित सदस्यहरूको सङ्ख्या तथा तिनको मतको गणनामा मात्रै सीमित राख्ने हो भने संसद् सञ्चालन गर्न सकिंंदैन । यदि सत्ताधारी दलले केवल बहुमतकै आधारमा काम गर्ने हो भने फासिज्म, हिंसा तथा विद्रोहको बीजारोपण हुन सक्दछ । यसविपरीत यदि हामीले सहनशीलताको भावना विकास गर्न सक्यौं भने लोकतन्त्रको भावना पनि पोषित गर्न सक्नेछौं ।
    कुनै पनि देशको संसद् ठप्प हुनुको मुख्य कारण दुवै पक्षले एक अर्काको विचार बुझ्न तथा सम्मान गर्न अस्वीकार गर्नु हो किनभने अहङ्कारका कारण समन्वयको बाटो बन्द हुने गर्दछ । यो परिस्थिति दुवै पक्ष्Fको हठ र अहङ्कारको परिचायक हो । एकले अर्कोमाथि आप्mनो शर्त लाद्न खोज्नुको अर्थ हो विनाछलफल आपूmलाई ठीक तर अरूलाई गलत साबित गर्नु । जब कुनै विषयमा संसद् बाहिर छलफल हुन सक्दछ भने संसद्भित्र किन हुन सक्दैन ? पक्ष एवं विपक्ष दुवैले आआप्mनो अडानलाई प्रतिष्ठाको विषय नबनाई यदि स्वस्थ वैचारिक बहस गर्ने हो भने यसले संसद्को गरिमा पनि बढ्ने छ । देशको जनतालाई पनि आप्mनो जनप्रतिनिधिको योग्यता र क्ष्Fमताबारे यथेष्ट जानकारी हुनेछ, हुन्छ र हुन्नको भरमा मात्रै संसद् चलाउने हो भने यसले लोकतन्त्र तथा संसदीय व्यवस्थालाई बलियो बनाउने छैन ।
    जनान्दोलन–२ को सफलतापश्चात् देशको राजनीतिमा नाटकीय परिवर्तन आएको देखियो । संसद् र सरकारको भूमिकालाई क्रमिकरूपमा गौण पार्ने काम भयो । जनान्दोलन–२ मा सहभागी सात दल र माओवादी पार्टीका शीर्ष नेताहरू स्वयंमा संसद र सरकार थिए । राष्ट्रिय सहमतिको नाममा सात दलका नेताले गरेका प्रत्येक निर्णय देशको कानून तथा संविधानको अङ्ग हुने गरेको थियो । जनान्दोलन–२ को सफलतापश्चात् पुनः स्थापित प्रतिनिधिसभाको संरचनाले नै सात दल र माओवादीको हैसियतलाई संविधानभन्दा पनि माथिको साबित गरिसकेको थियो । जनताको प्रत्यक्ष मतबाट विजयी पाँचजना सांसदको सदस्यता खारेज गर्ने काम भएको थियो जबकि माओवादीका झन्डै सात दर्जन नेता र कार्यकर्तालाई रातारात अन्तरिम व्यवस्थापिका संसद्मा प्रवेश गराइयो । जननिर्वाचित सांसद बन्ने यति सुगम बाटो विश्व इतिहासमैं बिरलै पाउन सकिएला । यस्तो ऐतिहासिक निर्णय पनि स्व. विपी कोइरालाले नेतृत्व गरेको नेपाली कांग्रेसजस्तो ऐतिहासिक पार्टीको अगुवाइमा भएको थियो । त्यसपछिका १२ वर्षमा देशको संविधानसभा तथा संसदमा स्वस्थ र सार्थक बहस राम्ररी हुन सकेन ।
    पहिलो संविधानसभा निर्वाचनपछि पनि देशका तीन प्रमुख दलका नेताहरूबीच आपसी छलफल र सहमतिलाई देशको संसद्भन्दा महŒवपूर्ण मान्ने काम भयो । नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादीका शीर्ष नेताबीच कुनै रिसोर्ट, होटल अथवा कुनै कोठामा भएको सहमतिलाई थपडी बजाएर जननिर्वाचित सांसद तथा सभासदहरूले समर्थन गर्नुबाहेक अर्को विकल्प हँुदैनथ्यो । दोस्रो संविधानसभा निर्वाचनपछि पनि यही अवस्था रह्यो र उपरोक्त तीन दलकै सहमतिमा देशको संविधान जारी भयो । आज नेपाली कांग्रेस प्रतिपक्ष्Fमा छ । प्रतिपक्ष्Fमा बस्नुको विकल्पपनि छैन । गएको १२ वर्षमा उसले स्वयंपनि संसद्लाई बलियो बनाउने काम गरेन । राष्ट्रिय सहमतिको नाममा पालैपालो सरकारको नेतृत्व लिने तथा महŒवपूर्ण पदहरूको भागबन्डा गर्ने कार्यले आम नेपाली जनतालाई पनि दिक्क पारिसकेको थियो ।
    संसद् देशको निम्ति कानून बनाउने थलो हो । जननिर्वाचित प्रतिनिधिहरू जुनसुकै राजनीतिक विचारधाराका भएपनि देश र जनताको व्यापक हितमा एकजुट भएर सार्थक बहसपश्चात् कानून निर्माण गर्दछन् । संसद्मा सरकारको भूमिका महŒवपूर्ण अवश्य हुन्छ तर प्रतिपक्षको सम्मान गरिएन भने संसदीय व्यवस्था र लोकतन्त्रलाई बलियो बनाउन सकिंदैन । नेपालका वामपन्थी दलहरूले पनि सिद्धान्ततः लोकतन्त्र तथा संसदीय व्यवस्थालाई स्वीकार गरेका छन् । नेकपा एमाले त विगत २७ वर्षदेखि संसदीय व्यवस्थालाई आत्मसात गर्दै आएको छ । नेकपा माओवादीले संसदीय व्यवस्थाविरुद्ध हतियार उठाएको भए पनि अन्ततः उसले पनि यस व्यवस्थालाई नै स्वीकार गर्नुपरेको छ । तसर्थ संसदीय व्यवस्थालाई बलियो बनाउन देशका राजनीतिक दलहरूले जिम्मेवार एवं संवेदनशील भूमिका निर्वाह गर्नुपर्दछ । आपूmसित बहुमत भएको बेला नेपाली कांग्रेसले पनि संसद्मा मनपरी गरेकै थियो । संसद्को कारबाई अवरुद्ध पार्न कुनै एक सांसदको भूमिका मात्रै हुँदैन । कुनै एउटा सांसदलाई यस्तो गर्न संसदीय प्रणालीले अनुमति प्रदान गरेको हुँदैन । पार्टी विरोधी कानून अन्तर्गत सांसदले आपूmसम्बद्ध पार्टीको आदेश मान्नु अनिवार्य हुने गर्दछ अन्यथा तिनको संसद् सदस्यता पनि समाप्त हुन सक्दछ । संसद्ले राम्ररी काम नगर्नुमा सांसद होइन, देशका राजनीतिक दलहरू जिम्मेवार हुने गर्दछन् । राजनीतिक दलहरूले चुनावमा उम्मेदवारको छनोट गर्दा पारदर्शी तथा लोकतान्त्रिक तरिका उपयोग गरेका हुँदैनन् । पार्टीका समर्पित एवं निष्ठावान् कार्यकर्ताको ठाउँमा पैसाको भरमा व्यापारी, ठेकेदार तथा अपराधी प्रवृत्तिका व्यक्ति चुनावमा (प्रत्यक्ष होस् अथवा समानुपातिक) पार्टीको उम्मेदवार बन्न सफल भइरहेका छन् तथा संसद्मा प्रवेश गरिरहेका छन् । गैरराजनीतिक व्यक्तिहरू राजनीतिमा प्रवेश गरेपछि यसको प्रभाव चारैतिर पर्नु स्वाभाविक हुन जान्छ । अहिले व्यापारीहरू नेता बन्ने तथा नेताहरू व्यापारी बन्ने होड नै चलेको छ । निजी विद्यालय, अस्पताल तथा व्यापारका मालिकहरू नेता बन्ने तथा पार्टीका प्रमुख नेताहरू निजी विद्यालय, अस्पताल तथा व्यापारिक कारोबारमा लागेका घटना सामान्य भइसकेको छ । संसदीय सर्वोच्चता कायम भएन भने लोकतन्त्र पनि सुदृढ हुन सक्दैन । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासको निम्ति पनि संसदीय सर्वोच्चता कायम हुनु आवश्यक छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : संसदीय सर्वोच्चता नै लोकतन्त्रको मेरुदण्ड
संसदीय सर्वोच्चता नै लोकतन्त्रको मेरुदण्ड
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjiZDtSJYpSxIglImuMBPplYYrClbGu0yiCGGRKuULtZgzVIUNOIOJm292fo_4KvknJx_zJ5xoafgxRiNqGP62mz3Vgk6pqdcwS-52CZFhQsNxFt27WTe1zO_tRKUPis7Ywa_0PgA02e4Jk/s200/srimannarayan.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjiZDtSJYpSxIglImuMBPplYYrClbGu0yiCGGRKuULtZgzVIUNOIOJm292fo_4KvknJx_zJ5xoafgxRiNqGP62mz3Vgk6pqdcwS-52CZFhQsNxFt27WTe1zO_tRKUPis7Ywa_0PgA02e4Jk/s72-c/srimannarayan.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2019/01/blog-post_486.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2019/01/blog-post_486.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy