प्रस, गरुडा, १७ माघ/
रौतहटको गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले सर्वसाधारण सेवाग्रहीको काम सरलतापूर्वक गर्न निर्देशन दिएका छन् । गढीमाई नगरपालिकाको स्वास्थ्य केन्द्रमा नगरपालिका क्षेत्रका सम्पूर्ण कार्यालय प्रमुखलाई सम्बोधन गर्दै जनताले निकै ठूलो आशा गरेका कारण सबैको अपेक्षा अनुसार नियम र कानुनबमोजिम परिणाममुखी कार्य गर्न बिहीवार सबैलाई निर्देशन दिएका छन् ।
नगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालय, स्वास्थ्य चौकी, पशु तथा कृषि कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको कार्यक्रमलाई मेयर यादवले संविधान, कानून र नगरपालिकाको निर्देशन पालन गर्दै सेवाग्रहीलाई कुनै किसिमको मर्का पर्न नदिन सबै कार्यालय प्रमुख सदैव तत्पर रहनुपर्ने बताएका छन् ।
नगरपालिकाका सम्पूर्ण वडाध्यक्ष तथा कार्यालय प्रमुख बलराम ढकाल, नगर कार्यपालिकाको विभिन्न कार्यक्रम प्रमुख तथा विभागीय प्रमुखसमेतको सहभागिता रहेको कार्यक्रममा सबै कार्यालय प्रमुखहरूले आप्mनो समस्या पनि प्रस्तुत गरेका थिए ।
नगरपालिकाले सबै कार्यालय प्रमुखलाई राखेर उनीहरूको गुनासो सुनेपछि कार्यालय सञ्चालनमा सजिलो हुने सहभागी मावि सङ्ग्रामपुरका प्रधान शिक्षक रामनारायण यादवले बताएका छन् ।