Posts

Showing posts from January, 2019

२०७५ माघ १८ गते शुक्रवारको प्रतीक दैनिक

Image

अमेरिकी अर्थ व्यवस्थाका विशेषता

Image
विश्वराज अधिकारी १४. कडा परिश्रम     अमेरिकीहरू औसत व्यक्तिभन्दा बढी र कडा परिश्रम गर्छन् । फरक यति मात्र के छ भने अमेरिकामा श्रम गर्दा कोरा श्रमको प्रयोग विरलै हुन्छ । लगभग प्रत्येक कार्य गर्दा मेशिन, औजार वा उपकारणको प्रयोग गरिन्छ । तर पनि ती मेसीन वा औजारको प्रयोग गर्न मानवीय श्रमको प्रत्यक्ष प्रयोग हुन्छ । मेशिन र उपकरणहरूको प्रयोग मानवीय श्रमले गर्ने हुँदा व्यक्तिले कार्य गर्नु  अनिवार्य हुन आउँछ ।     अमेरिकामा ‘राजाको काम कहिले जाला घाम’ भन्ने भावना कार्यस्थलमा देख्न पाइँदैन । प्रत्येक व्यक्तिमा सुम्पिएको कार्य गर्नुपर्छ भन्ने भावना बलियोगरी कायम रहेको पाइन्छ । सुम्पिएको काम विनाकुनै निरीक्षण वा उत्प्रेरण सम्पन्न गर्नु अमेरिकी कार्य जीवनको महŒवपूर्ण विशेषता नै हो । सुम्पिएको कार्य, जसको निम्ति भुक्तानी प्राप्त हुन्छ, इमानदारीपूर्वक गर्नुपर्छ भन्ने बलियो संस्कार अमेरिकीहरूमा विकसित भएको छ । यो भावना सरकारी एवं निजी दुवै क्षेत्रको काममा देख्न सकिन्छ ।     अमेरिकामा एक खास किसिमको सुविधा देख्न पाइन्छ र त्यो हो ‘ड्राइभ थ्रु’ । अर्थात् गाडीमा चढेर नै सामान खरिद गर्न पाइने सुविधा ।

व्यापारमा सहजता

Image
शीतल महतो     अहिले विश्वको अर्थतन्त्र आन्तरिक उत्पादन र निर्यात व्यापारमा केन्द्रित हुँदै आएको छ । उत्पादन र उत्पादकत्व वृद्धि तथा गुणस्तर र निर्यात व्यापार विस्तार नै कुनै पनि मुलुकको सफलता र समृद्धिको सूचक बन्दै गइरहेको छ । तर नेपाली उत्पादन र निर्यात व्यापार दिन प्रतिदिन खस्कँदै गइरहेको छ । पछिल्लो समय मुलुकको कुल बजेटको हाराहारीमा व्यापार घाटा हुनु नेपाली अर्थतन्त्रका लागि सुखद पक्ष भनेको पक्कै होइन । यसरी उच्च आयात र त्यसको प्रभावसँगै जन्मेको कहालीलाग्दो व्यापार घाटा नियन्त्रण गर्ने एकमात्र प्रभावकारी विधि भनेको नै आन्तरिक उत्पादन वृद्धि गर्नु हो । सबै वस्तुमा आत्मनिर्भरता सम्भव नभएपनि कम्तीमा कृषि, पर्यटन र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरूको क्षमता बढाई आन्तरिक उत्पादनको आधार बढाउनुको अर्को विकल्प छैन ।     यसरी मुलुकको आर्थिक विकासको मेरुदण्डको रूपमा व्यापारलाई लिइने गरिन्छ । रोजगार सिर्जना गरी जनताको जीवनस्तर उकास्नु तथा गरिबी न्यूनीकरणमा व्यापार क्षेत्रको अहम् भूमिका रहेको छ । कुनैपनि मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन त्यहाँको व्यापारको महŒवपूर्ण भूमिका हुने गर्छ ।

संसदीय सर्वोच्चता नै लोकतन्त्रको मेरुदण्ड

Image
श्रीमन्नारायण     जननिर्वाचित संविधानसभाबाट जारी भएको नेपालको संविधान २०७२ पूर्णरूपेण कार्यान्वयनमा आइसकेको छ । देशमा स्थायी शान्ति कायम भइसकेको छ । राजनीतिक स्थायित्वका कारण देश आर्थिक प्रगतिको दिशामा उन्मुख छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासको निम्ति देशको संसद्लाई बढी सक्रिय, उपयोगी तथा जिम्मेवार बनाइनु आवश्यक छ । संसद्मा बहुमत प्राप्त राजनीतिक दलले सरकारको नेतृत्व गर्दछ जबकि प्रतिपक्षी दलको भूमिका पनि निकै महŒवपूर्ण हुने गर्दछ । लोकतान्त्रिक शासन प्रणालीमा प्रतिपक्षी दलको उपस्थिति र भूमिकालाई निस्तेज पार्ने कुनै पनि प्रयासले अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाउनेछ । लोकतन्त्रमा संसद्को सर्वोच्चता कायम रहनुपर्दछ ।     सङ्ख्याबलको आधारमा अथवा मर्यादापालकको प्रयोग गरेर प्रतिपक्षी दलका सांसदलाई भूमिकाविहीन बनाउन खोजिए संसद्मा हुन सक्ने सार्थक र संवेदनशील बहस अन्ततः सडकसम्म आउन सक्दछ र यसले सरकारलाई नै अप्ठ्यारोमा पार्न सक्दछ । तसर्थ सत्ताधारी दलबाट संवाद र सहमतिको बाटो सधैं खुला रहनुपर्दछ । प्रतिपक्षले पनि राष्ट्रिय हितसँग सम्बन्धित विषयलाई महŒव दिनुको सट्टा आप्mनो निहित

अपाहिज मानसिकता

    देशको कुनै क्ष्Fेत्रलाई धराशायी पार्नेगरी कुनै काम बिगँदैछ भने सबै काम छाडेर त्यसको प्रबन्ध गर्न ध्यान दिनुपर्छ भन्ने कुरा सामान्य मानिसलाई पनि थाहा छ । जतिसुकै भोकले पिरोलेको होस् र मुखमा पहिलो गाँस हाल्नै लागेको किन नहोस्, त्यस मानिसको घरमा आगो लाग्न थालेको छ भने ऊ मुखको गाँस फालेर आगो निभाउन दौडन्छ । गाँस त कुनै पनि बेला टिप्न सक्छ, घर जलेपछि पुनः निर्माण गर्न समय र धन दुवै खर्चनुपर्छ । यस्तो नगर्ने व्यक्तिलाई अपाहिजमात्र भन्न सकिन्छ । किनकि ऊ हिंड्नै सक्दैन भने आगो निभाउने कुरा पनि आएन, अनि भोक मेट्नु उसको प्राथमिकत बन्छ । नेपाल सरकारको अवस्था, सरकारमा बस्नेहरूले, तिनका मतियारहरूले, जतिसुकै गतिलो बताइरहेका होऊन् प्रकारान्तरले सरकार अपाहिजमात्र छ । साधन र स्रोतले मात्र होइन, मानसिकरूपले नै । अन्यथा पर्सा, बारा र रौतहटका लाखौं किसानको नियति गण्डक नहर भत्किन थालेको आज दुई दशक भयो, कुनै पनि सरकारले त्यसमा ध्यान दिएको, चियो–चर्चा गरेको न देखिएको छ, न सुनिएको नै छ ।     गण्डक नहरमा जबसम्म विदेशी पैसा ओइरिइरह्यो, यसको आकर्षणले सबैलाई तानिरह्यो । यसको स्तर आयोजनाबाट खस्केर सरकारको मातह

जीतपुरसिमरामा गैरकानूनी कबाडी करको त्रास, शालिमार मेटल्सको बिक्री ठप्प

Image
प्रस, परवानीपुर, १७ माघ/     वीरगंज–पथलैया करिडोरको नितनपुरमा रहेको शालिमार समूहको शालिमार मेटल्स प्रालिको उद्योगको उत्पादन र बिक्री ठप्प भएको छ । दुई सातादेखि उद्योगको उत्पादन र बिक्री वितरण ठप्प भएको हो । जीतपुरसिमरा उपमहानगरमा असुलिने कबाडी करको त्रासले गर्दा उद्योग व्यवस्थापनले उत्पादनसँगै उद्योगबाट बिक्रीको लागि काठमाडौ पठाउने माल पनि रोकेको उद्योग सञ्चालक अशोक वैद्यले बताए ।     आयातित जिंक र तामा (टुक्रयाई तथा गलाई) बनाइएको उत्पादित सामान बिक्रीको लागि काठमाडौं पठाउँदा कबाडी करको ठेकेदारले ज्यादती गरी चर्को शुल्क असुल गर्न लागेकोले उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको उनले बताएका छन् । नहुने शुल्क असुल भइरहेकोले विरोध गर्दै उद्योगको उत्पादन ठप्प पारी आवश्यक कानूनी उपचारको लागि पहल गरेको छ । कर असुल गर्ने अवस्थामा उद्योग चलाउन सकिन्न,उनले प्रतीकसँग भने ।     जीतपुरसिमरा उपमहानगरपालिकाले श्याम कमर्सियल टे«डर्स सिमरा बारालाई दिएको कबाडी करको ठेक्कामा गैरकानूनीरूपले कर असुली भएको उनको भनाइ छ । उक्त कम्पनीका सञ्चालक प्रतिष्ठित व्यक्ति, बोलबम पेट्रोल पम्पका सञ्चालक र नेपाली कांग

ठोरीको सेवा केन्द्र परिवर्तन गर्ने सरकारको निर्णय

Image
सरकारले गरेको निर्णयको प्रतिलिपि र सुवर्णपुरमा टायरबाली प्रदर्शन गर्दै स्थानीय । तस्वीरः प्रतीक प्रस, ठोरी, १७ माघ/     सरकारले ठोरी गाउँपालिकाको सेवा केन्द्र सार्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सार्वजनिक गरेको मन्त्रिपरिषद् बैठकको निर्णयमा ठोरी गाउँपालिकाको सेवा केन्द्र परिवर्तन भएको उल्लेख छ । सोमवार बसेको मन्त्रिपरिषद्को ८ वटा निर्णय मध्ये ५ नम्बर बुँदामा ठोरी गाउँपालिकाको सेवा केन्द्र र बोगटान गाउँपालिकाको नाम परिवर्तन गरिएको उल्लेख छ । गाउँसभाले गरेको निर्णयको पक्षमा सरकारले सेवा केन्द्र परिवर्तन गरेको सङ्क्षिप्त प्रतिक्रिया अध्यक्ष पद्मलाल श्रेष्ठले दिए ।     २०७४ साल माघ १५ गते बसेको प्रथम गाउँसभाले सुवर्णपुरमा रहेको अस्थायी सेवा केन्द्र ठोरी गाउँपालिका–४ मा रहेको घ्याङ्डाँडामा सार्ने निर्णय गरेको थियो । गाउँसभाले सेवा केन्द्र सार्ने निर्णय गरेपछि ठोरी गाउँपालिका–५ सुवर्णपुरका स्थानीय सङ्घर्ष समिति नै बनाएर आन्दोलित भएका थिए । सेवा केन्द्रमा तालाबन्दी तथा आगजनी गर्दै स्थानीयले दुई महीनाभन्दा बढी सङ्घर्ष गरेका थ

सेवाग्रहीको काम सरलतापूर्वक गर्नुस् ः मेयर यादव

प्रस, गरुडा, १७ माघ/     रौतहटको गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले सर्वसाधारण सेवाग्रहीको काम सरलतापूर्वक गर्न निर्देशन दिएका छन् । गढीमाई नगरपालिकाको स्वास्थ्य केन्द्रमा नगरपालिका क्षेत्रका सम्पूर्ण कार्यालय प्रमुखलाई सम्बोधन गर्दै जनताले निकै ठूलो आशा गरेका कारण सबैको अपेक्षा अनुसार नियम र कानुनबमोजिम परिणाममुखी कार्य गर्न बिहीवार सबैलाई निर्देशन दिएका छन् ।     नगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालय, स्वास्थ्य चौकी, पशु तथा कृषि कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको कार्यक्रमलाई मेयर यादवले संविधान, कानून र नगरपालिकाको निर्देशन पालन गर्दै सेवाग्रहीलाई कुनै किसिमको मर्का पर्न नदिन सबै कार्यालय प्रमुख सदैव तत्पर रहनुपर्ने बताएका छन् ।     नगरपालिकाका सम्पूर्ण वडाध्यक्ष तथा कार्यालय प्रमुख बलराम ढकाल, नगर कार्यपालिकाको विभिन्न कार्यक्रम प्रमुख तथा विभागीय प्रमुखसमेतको सहभागिता रहेको कार्यक्रममा सबै कार्यालय प्रमुखहरूले आप्mनो समस्या पनि प्रस्तुत गरेका थिए ।     नगरपालिकाले सबै कार्यालय प्रमुखलाई राखेर उनीहरूको गुनासो सुनेपछि कार्यालय सञ्चालनमा सजिलो हुने सहभागी मावि सङ्ग्रामपुरक

किशोरीलाई अभिभावकको जिम्मा

Image
नितुलाई अभिभावकको जिम्मा लगाउँदै । तस्वीरः सौजन्य प्रस, वीरगंज, १७ माघ/     मानव सेवा आश्रमले ६ महीनाअघि उद्धार गरेको एक किशोरीलाई परिवारको जिम्मा लगाएको छ ।     भारत, गोपालगंज निवासी १७ वर्षीया नितुकुमारीलाई मानव सेवा आश्रमले उद्धार गरेको थियो ।     मानसिक सन्तुलन ठीक नभएको अवस्थामा उद्धार गरिएकी नितुकुमारीलाई आश्रमका दिवेश गुप्ता, सामाजिक कार्यकर्ता प्रकाश थारूले भारत, गोपालगंजबाट बोलाएर निजका पिता विरन रामको जिम्मा लगाएको बताइएको छ ।     नितुका पिता रामले छोरी फेला परेकोमा खुशी व्यक्त गरे । उनले ६ महीनादेखि छोरी हराउँदा परिवारमा दुःखको माहौल रहेको बताएका थिए ।

प्रतीककर्मी लामा पुरस्कृत

Image
पूर्व प्रधानमन्त्री प्रचण्डबाट सम्मान थाप्दै लामा । चितवन, १७ माघ/     प्रतीक दैनिकका ठोरी संवाददाता प्रेम लामा अमेरिकाबाट प्रदान गरिने कामदा– मिलन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।     चितवनको पर्यटकीय स्थल पटिहानीमा बिहीवार आयोजित नेपाल महिला पत्रकारको राष्ट्रिय भेलामा लामालाई पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ र नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले संयुक्तरूपमा सम्मानपत्रसहित रु ४४ हजार ६ सय (४ सय अमेरिकी डलर) नगद पुरस्कार प्रदान गरे ।     सम्मान कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल लगायतको उपस्थिति थियो ।     अमेरिकाको क्यालिफोर्निया राज्यमा क्रियाशील नेपाली सञ्चारकर्मीहरूले स्थपना गरेको कामदा– मिलन पत्रकारिता पुरस्कार  सान्फ्रान्सिस्कोबाट प्रकाशित  हलिउडखबर डटकमको दोस्रो वार्षिक उत्सवको अवसरमा प्रदान गरिंदै आएको छ । सन् २०१८ को लागि मोफसलमा रहेर पत्रकारिता गर्ने लामालाई सम्मान गर्ने निर्णय, बितेको  डिसेम्बर ९ तारिख  हलिउडखबर डटकमले घोषणा गरेको थियो ।      पर्साको विकट गाउँ ठोरीमा ब

विद्युत् चोरीको अभियोगमा ९ जना पक्राउ

Image
प्रस, पँचगावा, १७ माघ/     विद्युत् चोरी गरेको अभियोगमा नेपाल विद्युत् प्राधिकरण पोखरिया वितरण केन्द्रले ९ जनालाई नियन्त्रणमा लिएको छ ।     विद्युत् चुहावट नियन्त्रण टोलीले बिहीवार गरेको चेकजाँचको क्रममा सो केन्द्र अन्तर्गतका डोकैला, बागेश्वरी तित्रौना, सोनवर्षा, नगरदाहा, पटेर्वासुगौली, प्रसौनी, पोखरिया, विन्दवासिनीलगायतका स्थानबाट ९ जनालाई नियन्त्रणमा लिएको वितरण केन्द्रका प्रमुख सुधीरकुमार रायले जानकारी गराएका छन् ।     लेखाअधिकृत गोपी चौधरीको नेतृत्वमा गएको नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेतको टोलीले बिना मिटर हुकिङ्ग गरी विद्युत् उपयोग गरि रहेका घरधनीहरूलाई नियन्त्रणमा लिएका साथै उनीहरूले प्रयोग गरेको विद्युतीय उपकरणहरूसमेत कब्जामा लिएको वितरण केन्द्रले जनाएको छ । पक्राउ परेकाहरूलाई दण्डजरिवानागरि मुक्त गर्ने छोड्ने बताइएको छ ।

समुदाय–प्रहरी साझेदारीको आयोजनामा कुरीतिविरुद्ध अभियान

Image
बिन्दुभूषण साह, वीरगंज, १७ माघ/     कुरीतिविरुद्ध अभियान वीरगंज महानगरपालिका–२७ को सुगौली बिर्तामा बिहीवार सम्पन भएको छ ।     समुदाय–प्रहरी साझेदारी अन्तर्गत छिपहरमाई गाउँपालिकाबाट शुरू भएको बालविवाह, लैंङ्गिक हिंसा, चोरी–पैठारी, लागू औषध, दाइजो प्रथालगायत कुरीति विरुद्ध अभियान चौथो चरणमा सुगौली बिर्तामा सम्पन्न भएको हो । कार्यक्रममा सांस्कृतिक कार्यक्रमका साथै खुला दिसामुक्त, बालविवाह, दाइजो प्रथा, लागू औषधलगायत कुरीतिविरुद्ध चेतनामूलक नाटकसमेत प्रदर्शन गरिएको थियो ।     कार्यक्रमलाई सम्बोधन गर्दै पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले नेपाल प्रहरीले अपराध हुनै नदिने उद्देश्यले समुदाय–प्रहरी साझेदारी कार्यक्रम ल्याइएको वताए ।     कार्यक्रममा बोल्दै प्राध्यापक डा.सुषमा द्विवेदीले बुहारीलाई पनि छोरीजस्तै व्यवहार गरे महिला हिंसामा कमी आउने बताइन् । आप्mनो गाउँ, समुदायमा अपराधको घटना भएको अवस्थामा प्रहरीलाई खबर गरी सहयोग गर्न पनि द्विवेदीले आग्रह गरिन् ।     वडाध्यक्ष शम्भु मिश्राको अध्यक्षतामा भएको कार्यक्रममा पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुन, पर्साका प्रमुख जिल्ला अधिकारी लगायतले

वृद्धि दरप्रति वीउवासङ्घको आपत्ति

Image
प्रस, वीरगंज, १७ माघ/     वीरगंज उद्योग वाणिज्य सङ्घले आज पत्रकार सम्मेलन गरेर बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदर, नेपाल विद्युत् प्राधिकरणले वृद्धि गरेको महसुल दर, बिमा समितिले जारी गरेको सम्पत्ति बिमा निर्देशिका–२०७४ र श्रम ऐन २०७४ सम्बन्धमा आपत्ति जनाएको छ ।     सङ्घमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष्F गोपाल केडियाले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिंदाको बखतमा उद्योगी, व्यवसायले कबूल गरेको ब्याजदरभन्दा बढी ब्याज लिन नपाइने प्रावधानविपरीत अहिले बैंक तथा वित्तीय संस्थाहरूले आपूmखुशी अस्वाभाविक ब्याजदर बढाएकोमा आपत्ति जनाए ।     उनले यसको नियामक निकाय नेपाल राष्ट्र बैंक मूकदर्शक भएकोमा दुःख व्यक्त गरे । सरकारले सुखी नेपाल, समृद्ध नेपालको अवधारणा अगाडि बढाएपनि उद्योगी, व्यवसायीमाथि गरिएको यस प्रकारको प्रहारबाट सो अभियानले सार्थकता लिने कुरामा आशङ्का गरे । आर्थिक समुन्नतिको यात्रामा बैंकको ब्याजदर बाधक साबित हुने बताउँदै अध्यक्ष्F केडियाले उत्पादनमूलक उद्योगलाई प्रवाह भएको ऋणमा प्रकृति हेरी ७ देखि ९ प्रतिशतभन्दा ब्याजदर नबढाउन माग गरे ।     यसैगरी बैंकले प्रवाह गर्ने कर्जामा कम्

निजगढमा राष्ट्रियस्तरको तेक्वान्दो प्रतियोगिताको तयारी

Image
प्रस, निजगढ, १७ माघ/     निजगढमा दुई दिने राष्ट्रियस्तरको तेक्वान्दो प्रतियोगिता हुने भएको छ । बिहीवार निजगढस्थित कभर्डहलमा पत्रकार सम्मेलन गरी सो कुरा जानकारी दिएको हो ।     मुलुकका ७ वटै प्रदेशका ५ महिला तौल समूह र ७ पुरुष समूह गरी १२ तौल समूहमा करीब एक सयजना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका आयोजक निजगढ तेक्वान्दो डोजाड्ढा प्रमुख एवं प्रतियोगिता संयोजक वसन्त लामाले जानकारी दिए ।  प्रतियोगितामा टिम कोच, टिम मेनेजर, रेफ्री प्राविधिक, स्वंयंसेवक गरी झन्डै दुई सयजनाभन्दा बढीको सहभागिता रहने लामाले बताए ।     निजगढ नगरपालिकाको आर्थिक सहयोग रहेको तेक्वान्दो प्रतियोगिता राष्ट्रियस्तरको हुने नेपाल तोक्वान्दो सङ्घका केन्द्रीय सदस्य एवं प्रदेश नं. २ का संयोजक गुरुप्रसाद गौतमले जानकारी दिए । यही माघ २६ र २७ गते निजगढ, कभर्डहलमा हुने प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ ।     पत्रकार सम्मेलनमा नेपाल तोक्वान्दो सङ्घ प्रदेश नं. २ का सचिव विजय शाह, वरिष्ठ प्रशिक्षक हेमलाल श्रेष्ठ, जिल्ला तेक्वान्दो कार्य समिति बाराका अध्यक्ष चित्रबहादुर लामा, प्रशिक्षक गणेश पाण्डेल

२०७५ माघ १७ गते बिहीवारको प्रतीक दैनिक

Image

शहीद दिवसः शहीदपार्कको शिलान्यास, शहीद मल्ल र अमात्यको शालिकमा माल्यार्पण

Image
प्रस, वीरगंज, १६ माघ/     शहीद दिवस वीरगंजमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । विपी उद्यानमा मुख्यमन्त्री लालबाबू राउत गद्दी र भौतिक, पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले दिवसको अवसरमा शहीद पार्कको शिलान्यास गरे ।     शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री गद्दीले शहीदको जात नहुने भन्दै शहीदको विषयमा कुनै किसिमको विवाद नगर्न आग्रह गरे । उनले नेपालको परिवर्तनमा २०१७ सालदेखि मधेस आन्दोलनसम्म शहादतप्राप्त गरेका सबैथरी शहीदहरूको सम्झना गर्दै मधेस आन्दोलनमा शहादतप्राप्त गरेका शहीदहरूको सम्झनामा शहीदपार्क निर्माण हुने बताए । उनले नेपालको मुख्य प्रवेशद्वारजस्तै शहीद पार्कलाई पनि वीरगंजलाई चिनारीको रूपमा निर्माण गर्ने दाबी गरे ।     उनले हाल प्रदेश सरकारले पार्कको लागि रु ७५ लाख रकम विनियोजन गरेपनि करोडौं, अर्बौ खर्च गरेरपनि पार्कको निर्माण गर्ने बताए । मधेस आन्दोलनमा शहीदपार्क निर्माण गर्ने वाचा अनुरूप पार्क निर्माण गर्न लागेको उनले दाबी गरे । उनले कसैको निजी सम्पत्ति अतिक्रमण नगरेको र सार्वजनिक सम्पत्तिमा दुःख मनाउ गर्नुपर्ने आवश्यकता नभएको तर्क गरे । मुख्यमन्त्री गद्दीले का

गण्डकको सबै पुल जीर्ण, सरकार उदासीन

Image
गण्डक नहरको पुल र नारायणी सिंचाइका प्रमुख साह । तस्वीरः प्रतीक प्रस, परवानीपुर, १६ माघ/     पर्सा, बारा रौतहटको सिचाइको प्रमुख स्रोत गण्डक नहरको सबै पुल जीर्ण भइसकेका छन् । पर्साको जानकी टोलादेखि रौतहटको वाग्मतिसम्म ८१ किलोमिटर लम्बाइमा फैलिएको नहरको १४ वटा मुख्य पुल तथा अन्य ८ वटा कल्भर्ट/पुलेसा गरी २२ वटा पुल पूर्ण रूपले जीर्ण भइसकेको गण्डक नहर व्यवस्थापन गर्ने निकाय नारायणी सिचाइ व्यवस्थापन कार्यालयले जनाएको छ ।         कार्यालय प्रमुख राजेन्द्र साहले २०२१/०२२ सालमा निर्मित गण्डक नहरको पुलको आयु सकिसकेकोले कुन बेला ठुलो दुर्घटना होला भन्ने चिन्तामा प्राविधिक रहेको बताए । उनले पर्सा, लिपनीबिर्ता–मनियारी जोडने श्रीसिया खोलाको पुलको पूर्वको र बारा नकटुवास्थित त्रिवेणी खोलाको स्ल्याब तथा पिलर धसिसकेको बताए । उनले अन्य पुलका पाया,स्ल्याब,¥यालिगलगायत भौतिक संरचनामा क्षति भइसकेको उनले जनाए ।     सर्वसाधारणले जोखिम मोलेर यात्रा गरिरहेको अवस्थामा सरकारबाट पुलको निर्माण तथा मरम्मत सम्भारमा कुनै पहल नभएको स्थानीयवासी बताउँछन् । उनीहरूले सरकारले चाँडै बजेट छुट्याई पुरानो पुल हटाई नयाँ पुल ब

वीरगंज–ठोरी सडकको विकल्प बन्दै जनता रोड

Image
जनता रोडबाट गन्तव्यतर्फ जाँदै स्थानीय । तस्वीरः प्रतीक प्रेम लामा, ठोरी, १५ माघ/     जीतपुर–रङ्गपुर–वसन्तपुर हँुदै ठोरीसम्म पुग्ने जनता रोडको स्तरोन्नतिसँगै पर्साको सुदूरपश्चिम तथा उत्तरमा रहेका ग्रामीणबस्तीका बासिन्दाहरूको दैनिकीमा सहजता देखिन थालेको छ ।     जनता रोडको प्रयोग गर्दै ठोरी गाउँपालिका, जीराभवानी गाउँपालिका लगायत जिल्लाको उत्तरी क्षेत्रका  ग्रामीण बासिन्दा जितपुर, वीरगंज, सिमरा हुँदै नेपालका विभिन्न शहर सहजै पुग्न सक्ने भएका छन् ।     वीरगंज, जीतपुर, सिमरा, हेटौंडा, राजधानीलगायत शहरमा जानका लागि ठोरीका स्थानीयले बढी मात्रामा जनता रोड प्रयोग गर्न थालेको स्थानीय अनन्तकुमार श्रेष्ठले बताए  ।     ठोरी चौतारादेखि सुवर्णपुर, जीराभवानी गाउँपालिकाको वसन्तपुर रेन्जपोस्ट हुँदै जीतपुर पुग्न सहज र छोटो दूरी पर्छ  । साना सवारी बलेरो, टाटासुमो जनता रोड भएर चल्न थालेका छन् । ठोरीको चौतारादेखि रङ्गपुरसम्म कच्ची सडक छ । रङ्गपुरटाँडीदेखि जीतपुरसम्म झन्डै साढे १७ किलोमिटर सडक कालोपत्रे छ । छोटो दूरी, राम्रो सडक तथा सवारी चाप कम हुने भएकोले छिटै गन्तव्य स्थल पुग्न सकिने हुँदा जनता रोडको प

शान्ति सुरक्षाको अवस्था सुदृढ ः प्रहरी प्रवक्ता सुवेदी

Image
बिन्दुभूषण साह, वीरगंज, १६ माघ/     नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले नेपालमा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन  नेपाल प्रहरी सफल रहेकोे दाबी गरेका छन् ।     समुदाय प्रहरी साझेदारी जिल्ला समिति पर्साले महावीरप्रसाद, रघुवीरराम त्रिजुद्ध प्राविधिक माविको सभाहलमा आयोजना गरेको शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि अन्तक्र्रिया कार्यक्रममा बोल्दै प्रहरी प्रवक्ता सुवेदीले नेपाल प्रहरीले ४–५ वर्षको तुलनामा अपराध न्यूनीकरण भएको दाबी गरे । नेपाल प्रहरीको सक्रियताका कारण हत्या, हिंसा, भूमिगत समूहलगायत आपराधिक गतिविधि शून्य भएको उनले दाबी गरे ।     प्रवक्ता सुवेदीले समाजमा केही छिटपुट घटनाहरू सामाजिक सञ्जालको व्यापक दुरुपयोगको कारण भइरहेको तर ठूला तथा सङ्गठित अपराधकर्मीहरूको संलग्नता नरहेको बताए । उनले  हत्या, आत्महत्यासम्मका घटना र ६४ प्रतिशत बलात्कारको घटना बाहिरका व्यक्तिभन्दा आफन्त, नातागोता र नजीक मिल्ने साथीबाट भइरहेको अनुसन्धानबाट देखिएको बताए । उनले बल्तकारजस्ता जघन्य अपराधका ९७ प्रतिशत मुद्दाको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी सफल रहेको बताए ।

खुला दिसामुक्त वडा घोषणा

Image
प्रस, कलैया, १६ माघ/     ‘काम गरौं मिलीजुली हामी सबै सारा, खुला दिसामुक्त बनाऔं हाम्रो जिल्ला बारा’ भन्ने मूल नाराका साथ साबिक गाविस भतौडा हाल कलैया उपमहा नगरपालिका–२२  लाई बुधवारदेखि  खुला दिसामुक्त घोषणा गरिएको छ ।     उक्त वडामा जम्मा ४६६ घर धुरी  रहेको तथा सबै घरधुरीले चर्पी निर्माण गरी प्रयोग गरिरहेको बताइएको छ । कार्यक्रमका प्रमुख अतिथि कलैया उमनपाका प्रमुख राजेशराय यादवले वडालाई  खुला दिसामुक्त घोषणा गरेका थिए । प्रमुख यादवले साबुन पानीले हात पखाली, गमलामा रहेको बिरुवामा पानी हालेर कार्यक्रम उद्घाटन गरेका थिए ।     सो वडाका वडा अध्यक्ष लालबाबू प्रसाद यादवको सभापतित्वमा भएको घोषणासभामा विभिन्न पार्टीका प्रतिनिधि एवं जनप्रतिनिधिहरूले मन्तव्य व्यक्त गरेका थिए ।

उचित मुआब्जाको माग गर्दै प्रजिअमार्फत मुख्यमन्त्रीलाई ज्ञापन

Image
उचित क्षतिपूर्तिको माग गर्दै प्रजिअलाई ज्ञापन बुझाउँदै । तस्वीरः प्रतीक प्रस, वीरगंज, १६ माघ/     वीरगंज महानगर–२५ श्रीसिया खल्वाटोलाका बासिन्दाले जिल्ला प्रशासन कार्यालय, पर्सामार्पmत प्रदेश नं. २ का मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।     सुक्खा बन्दरगाह र संयुक्त सुरक्ष्Fा जाँच चौकीको बीचमा रहेको ६२ बिघा जग्गा सरकारले अधिग्रहण गर्दा अवैज्ञानिक तरीकाबाट मूल्याङ्कन गरेको भन्दै असहमति जनाएका श्रीसिया खलवा टोलावासीले  प्रजिअमार्पmत मुख्यमन्त्रीलाई ज्ञापन बुझाएका हुन् । उनीहरूले पटक–पटक गरी चौथोपटक अधिग्रहण गर्दा सो स्थानमा धनी–धनाढ्यहरूले जग्गा खरीद गरेको कारण जग्गाको मूल्य आकाशिएको र सरकारले दिने भनेको क्षतिपूर्तिबाट जग्गा खरीद गरी बसोवास गर्ने अवस्था नभएको कारण उचित क्षतिपूर्ति अथवा सोही वडामा पुनर्वासको व्यवस्था गरेर मात्र जग्गा अधिग्रहण गर्न आग्रह गरेका छन् ।     श्रीसिया खल्वाटोलाका धुरेन्द्र सहनी, विजय साहसहित टोलवासीले ¥याली निकालेर प्रजिअलाई ज्ञापन बुझाएका थिए । उनीहरूले नेपालको संविधान २०७२ र सर्वोच्च अदालतबाट प्रतिपादित नजीरसमेतले दिएको नागरिकको सम्पत्ति र बसोवासको अध

युवा यात्रा इन्टरकलेज टी–२० को उपाधि सेन्ट जेभियर्सलाई

Image
प्रस, वीरगंज, १६ माघ/     युवा यात्रा इन्टरकलेज टी–२० नकआउट क्रिकेट प्रतियोगिता–२०७५ को उपाधि सेन्ट जेभियर्सले जितेको छ ।     आज नारायणी रङ्गशालाको क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा सत्यम् पब्लिक कलेजलाई पराजित गर्दै सेन्ट जेभियर्सले जीत हासिल गरेको हो । पहिलो ब्याटिङ गर्दै सत्यम् कलेजले ९५ रन बनाएको थियो । प्रतिउत्तरमा सेन्ट जेभियर्सले १६ ओभरमा सो लक्ष्य पूरा गर्दै उपाधि जितेको हो ।     कार्यक्रमको प्रमुख अतिथि मुशर्रफ इजहारले विजेता टीमलाई शिल्ड, प्रमाणपत्र प्रदान गरेका थिए ।     यसैगरी उपविजेता र प्रतियोगितामा सहभागीहरूलाई अतिथिहरू उमेश उपाध्याय, चन्द्रशेखरनायक गिरी, प्रकाश शर्मा, कलामुद्दीन अन्सारी, विशाल झाले शिल्ड, प्रमाणपत्र, मेडल प्रदान गरेका थिए । कार्यक्रम युवा यात्रा नेपालका अध्यक्ष्F जहुर अन्सारीको अध्यक्ष्Fतामा भएको थियो । सेन्ट जेभियर्सले यस अघि नेपाल मेडिसिटी प्याब्सन टी–२० को उपाधि पनि जितेको थियो ।

नेपाल भ्रष्ट कि हामी ?

Image
सञ्जय साह मित्र     ट्रान्सपरेन्सी इन्टरनेशनलले हरेक वर्ष सार्वजनिक गर्ने भ्रष्टाचारसम्बन्धी रिपोर्ट यस वर्ष पनि प्रकाशन गरेपछि नेपालमा एकचोटि फेरि तरङ्ग ल्याएको छ । नेपाल तरङ्गित देखिएको छ । नेपालीहरूमा दुई किसिमको तरङ्ग देखिएको छ । पहिलो नेपालमा फेरि भ्रष्टाचार बढेको वा कायम रहेकोमा नेपालीलाई नै वा नेपाललाई नै हेप्ने मनोविज्ञानको प्रदर्शन । अर्को चाहिं नेपालमा भ्रष्टाचार अपेक्षाकृत नघटेकोमा चिन्ता ।     भ्रष्टाचारसम्बन्धी प्रतिवेदन हरेक वर्ष ट्रान्सपरेन्सी इन्टरनेशनलले प्रकाशित गर्ने गरेको छ । हरेक वर्ष यसको प्रतिवेदन त्यत्तिकै चर्चित बन्ने गरेको छ । नेपालमात्र होइन, विश्वमा नै एउटा चर्चित प्रतिवेदनको रूपमा ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनलाई लिइन्छ । यसको प्रतिवेदनले हलचल नै ल्याउने गरेको यथार्थ हो । यसको प्रतिवेदनप्रति सत्तापक्ष र प्रतिपक्षको प्रतिक्रिया केही फरक हुने गरेको देखिन्छ । यो कुनै एक देशको समस्या होइन, अधिकांश देशको समस्याको रूपमा रहेको छ ।     प्रतिवेदनमा एक सय असी देशलाई समेटिएको छ । सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकलाई पहिलो स्थानमा राखेर प्रकाशित प्रतिवेदनमा न

झन् लज्जास्पद

    नेकपा एमाले र नेकपा माओवादीले चुनावपूर्व नै जुन आस र भरोस नेपाली जनतालाई देखाए, त्यसबाट प्रभावित भएर संसदीय निर्वाचनमा जनताले पछि एकीकृत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई बहुमत दियो । सर्वहाराको पार्टी, त्यसमा दुई शीर्ष साम्यवादमा विश्वास गर्नेले पक्कै देश र जनताको हितमा काम गर्नेछ भन्ने विश्वास थियो । त्यस यताको समयमा सरकारविरुद्ध धेरै कुरा सुनियो, यो सबै प्रतिपक्षको हल्ला ठानेर जनताले केही बोलेन, तर जसैजसै शासन समय बित्दै गयो, देशमा एकसेएक जनहितविपरीत घटनाहरू हुँदै गए । घटना हुनुमैं सरकारको दोष नहोला, तर सरकारले जसरी त्यस्ता घटनाहरूको व्यवस्थापन गर्न खोज्दैछ, त्यसले राम्रो सङ्केत दिंदैन । देशको अर्थ व्यवस्था निरन्तर ओरालो लाग्नु, विकासको तीव्र गतिमा बढोत्तरी र सम्पन्नता खोजेको बेला राष्ट्रिय गौरवका आयोजनाहरू तुहिनु, विकास निर्माणको जिम्मा पाएका ठेकेदारहरू सरकारमाथि हावी हुनु, निर्मला हत्या प्रकरणजस्तो लज्जास्पद घटना हुनु र त्यसको अनुसन्धानमा केटाकेटीजस्तो गतिविधि गरिनु र अन्तमा भ्रष्टाचार हुने मुलुकको पङ्क्तिमा १२२ बाट खस्केर १२४ औं राष्ट्र बन्न पुग्नुले सरकारमा बस्नेहरूको सबै द

२०७५ माघ १६ गते बुधवारको प्रतीक दैनिक

Image

विपी उद्यानको नाम फेरेर हुने शिलान्यासको विरोध, नेपाली काङ्ग्रेसले कानूनी र राजनीतिक लडाइँ लड्ने

Image
प्रस, वीरगंज, १५ माघ/     नेपाली काङ्ग्रेस, पर्साका सभापति अजय द्विवेदीले विपी उद्यानको जग्गामा मुख्यमन्त्री लालबाबू राउत गद्दी र भौतिकपूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले शिलान्यास गर्न लागेकोमा आपत्ति जनाएका छन् ।     शहीद दिवसको अवसरमा विपी उद्यानमा शहीद पार्क नामाकरण गरी शिलान्यास कार्यक्रम नगर्न उनले आग्रह गरे । लामो सङ्घर्षपछि तत्कालीन वीरगंज नगरपालिकाले सरकारले लिलाम प्रयोजनमा राखेको रेलवेको करीब १० बिघा जग्गा आप्mनो स्वामित्वमा लिन सफल भएको थियो । तत्कालीन मन्त्रिपरिषद्ले विपी उद्यान प्रयोजनबाहेक अन्यमा जग्गा प्रयोग गर्न नपाउने शर्तमा दिएको जग्गालाई अहिले आएर प्रदेश सरकारले स्थानीय निकायसमेतलाई बाइपास गरी एकोहोरो तरीकाले शिलान्यास गर्नु विवादलाई निम्तो दिनुबाहेक केही नभएको बताए । उनले कानूनी हैसियत बनाएर शिलान्यास गर्नुपर्नेमा पदीय दम्भको आधारमा शिलान्यास गर्न खोज्नु मूर्खताबाहेक केही नभएको बताए ।     पत्रकार सम्मेलनमा उनले आपूmले घटनाबारे मुख्यमन्त्रीसमेतको ध्यानाकर्षण गराइसकेको जानकारी गराएका थिए । विपी उद्यानका लागि नेपाली काङ्ग्रेस, पर्साले कानूनी र राजनीतिक दुवै लडाइँ

सीमा सुरक्षा बैठक मोतीहारीमा भारतको लोकसभा चुनावसम्बन्धी छलफल

Image
नेपाल भारत सीमावर्ती जिल्ला समन्वय समितिको बैठकमा सहभागीहरू । प्रस, वीरगंज, १५ माघ/     नेपाल भारत सीमावर्ती जिल्ला समन्वय समितिको बैठक आज बिहारको मोतीहारीमा सम्पन्न भएको  छ।     मे महीनामा भारतमा हुन गइरहेको लोकसभाको चुनावलाई सफल बनाउनका लागि आज नेपाल तथा भारतका सुरक्षा समितिको बैठक बसेको पर्साका प्रमुख जिल्ला अधिककारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।     मोतीहारीमा रहेको डा.राधा कृष्णानन्द भवनमा आयोजित बैठकमा  विशेषगरी भारतमा हुने लोकसभाको चुनावलाई शान्तिपूर्ण बनाउन रणनीति तथा नेपालले गर्न सक्ने  सुरक्षा सहयोगको विषयमा छलफल भएको थियो ।     लागू औषध, मदिराजन्य पर्दाथ, हातहतियार, सीमा अतिक्रमण, अपराधी गतिविधि नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको प्रजिअ भट्टराईले जानकारी दिए ।     विगतमा नेपालमा हुने चुनावमा पनि भारत सरकारले गरेको सहयोगजस्तै भारतमा हुन लागेको लोकसभा चुनावलाई शान्तिपूर्ण बनाउन भारतीय पक्षले  १४ गतेको मौन अवधिभरि नेपालमा रहेका एफएमहरूलाई कुनै किसिमको प्रचारप्रसार गर्न नदिने तथा ४८ घण्टा अगाडि सीमा सिल गर्ने कार्यमा सहयोग गर्न आग्रह गरेका थिए ।     बैठ

बजेट आएपनि खर्चमा चुनौती, कर्मचारी भएनन् –गापा अध्यक्ष साह

Image
गाउँपालिका अध्यक्ष हरिनारायण साह । तस्वीरः प्रतीक प्रस, परवानीपुर, १५ माघ/     देशमा सङ्घीयता आयो, डेढ वर्ष बित्यो तर जनताले विकास अनुभूत गर्न सकेन । सङ्घ, प्रदेश र स्थानीय गरी तीनवटा सरकारले काम गरिरहँदा किन विकास र परिवर्तनलाई अनुभूत हुन सकिरहेको छैन, यस्तै प्रश्न लिएर परवानीपुर गाउँपालिका, बारामा प्रतीक दैनिक पुग्यो ।     गाउँपालिका अध्यक्ष हरिनारायण साहसँग भेट हुँदा स्थानीय तहमा देखिएको विभिन्न समस्या र चुनौतीबारे छलफल चल्यो । एक महीना अघि पत्नीको असामयिक निधन भएको पीडाबाट उनी अहिले पनि शोकमैं छन् रहेको उनको अनुहारबाट झल्किैंदै थियो ।     उनले क्षेत्रफलको हिसाबले नेपालकै सबैभन्दा सानो ५ वडाको गाउँपालिकाको विकासको लागि सक्दो प्रयास गरिरहेको दाबी गरे । गैरसरकारी संस्थाबाट सामाजिक रूपान्तरणको क्षेत्रमा एक दशक बिताएका अध्यक्ष साह स्वयं जनप्रतिनिधिको रूपमा गाउँपालिकाको विकास सोचे अनुरूप हुन नसकेकोमा चिन्ता व्यक्त गर्छन् ।     “म आप्mनो सपना अनुसार गाउँपालिकामा परिवर्तन ल्याउने  प्रयासमा छु, तर केही कुरा र चुनौतीको समना गर्नुपरेको छ”–उनले भने–“आप्mनो ठाउँको विकास गर्न केही समय चाहिन्

पर्सामा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुन सकेन

Image
बिन्दुभूषण साह, पकहामैनपुर, १५ माघ/     पर्सामा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्न सकेको छैन । सरकारको महŒवाकाङ्क्षी योजनाका रूपमा हेरिएको स्वास्थ्य बीमा पर्सा जिल्लाका अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रका लापरवाहीका कारण प्रभावकारी बन्न नसकेको हो ।     स्वास्थ्य बीमा गरेका बीमितहरू निश्शुल्क औषधी पाउनबाट वञ्चित छन् । वार्षिक २ हजार ५ सय प्रिमियम तिरेर ५० हजार रुपियाँसम्मको स्वास्थ्य सेवा पाउनुपर्ने भनिएपनि तोकिएको सेवा उपलब्ध नभएपछि स्वास्थ्य बीमाप्रति जनताको आकर्षण घट्न थालेको हो ।     २०७५ साल जेष्ठ ७ गतेदेखि पर्सामा स्वास्थ्य बीमा शुरू भएको हो । बीमितहरू सरकारी अस्पतालको सेवाबाट सन्तुष्ट हुन नसकेको पर्सा विन्दवासिनी गाउँपालिका गर्दौलका बीमित अरुण पटेलले गुनासो गरे । पटेलले भने– “स्वास्थ्य बीमा गराएपनि पाँच पटकसम्म सरकारी अस्पतालको चक्कर लगाउँदा समेत स्वास्थ्य बीमा सुविधा पाउन सकिएको छैन ।” पर्साका बीमितहरूले सहजरूपमा सेवा सुविधा पाउन नसकेको गुनासो छ ।     सरकारले स्वास्थ्य बीमा योजना लागू गर्दा खुशी भएको जनताले  बीमापछि सुलभ र सहज ढङ्गले गुणस्तरीय सेवा पाउने आशा गरेका थिए

हतियारसहित मानिस पक्राउ

प्रस, रौतहट, १४ माघ/     सशस्त्र प्रहरी बल नेपाल वाहिनी मुख्यालय महोत्तरी नं. २ बाट खटेको टोलीले एकजनालाई हतियारसहित पक्राउ गरेको छ ।     जिल्ला रौतहट ईशनाथ नगरपालिका–१ बन्जरहाघाट बकैया खोला नजीकै जिल्ला रौतहट गौर नगरपालिका–४ टिकुलिया बस्ने अन्दाजी वर्ष ४७ को नकुल पटेललाई शङ्का लागी चेकजाँच गर्दा निजको साथबाट ढ ःः ब्राउनिङ पेस्तोल जस्तो देखिने (ःब्म्भ् क्ष्ल् क्ष्त्ब्ीथ्) उल्लेख भएको हतियार बरामद भएको प्रहरीले जनाएको छ ।     प्लास्टिकको झोलाभित्र राखिएको पेस्तोलको म्यागजिन थान १, कटुवा पेस्तोल थान १, ड ःः बाल राउन्ड ५ वटा र सामसुङ कम्पनीको मोबाइल थान १ बरामद भएको बताइएको छ । धानको बोरामा लुकाएको अवस्थामा फेला पारेकोले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोस्ट औरैया रौतहटबाट खटी गएको टोलीले व्यक्तिसहित हातहतियार तथा गोलीगठ्ठा र मोबाइल बुझाएको सशस्त्र प्रहरी बल रौतहटले जनाएको छ ।     व्यक्ति तथा हतियार आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय, गौरमा बुझाएको छ । मङ्गलवार अन्दाजी १० बजे हतियारसहित मानिस पक्राउ गरिएको थियो ।

पुरातात्विक संरचनामा खलल नपुग्ने गरी निर्माण काम चालू

प्रस, सिमरौनगढ, १५ माघ/     सिमरौनगढ नपा–२  रानीवास रामजानकी मन्दिरको दक्षिणपट्टीको निर्माणाधीन भवनको निर्माण दुई दिनदेखि बन्द भई आजदेखि पुनः शुरू भएको  छ ।     १३ गते शनिवार भवन निर्माणको लागि जग खन्ने क्रममा पुरातात्विक  संरचना भेटिएको थियो । ती वस्तुहरू नष्ट हुने सम्भावना रहेकोले पुरातŒव विभागका पूर्व निर्देशक डा तारानाथ मिश्रको टोलीले भवन निर्माण कार्यमा रोक लगाएको थियो ।     सो सम्बन्धमा आज सिमरौनगढ नगरपालिकाको सभाकक्षमा दुवै पक्षबीच भएको बैठकमा कुनैपनि पुराताŒिवक सामग्री नष्ट नहुनेगरी निर्माण कार्य आरम्भ गर्ने सम्झौता भएको मेयर विजयशङ्कर यादवले बताए । मेयर विजयशङ्कर यादवको अध्यक्षतामा बैठक   भएको थियो । सो अवसरमा उपमेयर रिमादेवी कुशवाहा, योजना अधिकृत राजीव कुमार यादव, उद्योग वाणिज्य सङ्घ सिमरौनगढका अध्यक्ष जयन्त कुशवाहा, नेपाल पुरातŒव विभागका प्रतिनिधि इन्जिनीयर सन्तोषकुमार यादव, जीवन फुयाँल, भरत साह, दिवेशकुमार सिंहलगायत सिमरौनगढ नपाका कार्यपालिका सदस्यहरूको उपस्थिति  थियो ।

तस्करी मौलाउँदैछ

प्रस, वीरगंज, १५ माघ/     सशस्त्र प्रहरीले मरिच र कार्पेट बरामद गरेको छ । वीरगंज महानगर–१ छपकैयास्थित सशस्त्र प्रहरी बेसले १६० किलो, रु १ लाख बराबरको मरिच र सोही मूल्य बराबरको कार्पेट बरामद गरेको सप्रनि जीवनकुमार मल्लले बताए ।     वीरगंजबाट रक्सौलतर्पm लैजाँदै गरेको अवस्थामा दशगजा क्ष्Fेत्रबाट मरिच बरामद गरिएको सशस्त्रले जनाएको छ ।     यसैगरी भारतबाट भन्सार छली ल्याएको अवस्थामा रु १ लाख मूल्य बराबरको कार्पेट बरामद गरिएको सप्रनि मल्लले बताए । सशस्त्र प्रहरी, श्रीसियाले मात्र ५ महीनामारु १५ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको जनाएको छ ।     अघिल्लो वर्ष ८ लाखको सामान भन्सार बुझाइएको थियो । ५ महीनामा गत वर्षभन्दा बढी सामान बरामद हुनुले अहिले तस्करी मौलाएको सशस्त्रको ठम्याइ छ ।

रक्सौलमा आकाशेपुल बन्ने पक्का

Image
राजेश केसरीवाल, रक्सौल, १५ माघ/     रक्सौल नजीक घुम्टी नं. ३३ मा पैदलयात्रीको लागि आकाशेपुल निर्माण हुने भएको छ ।     सांसद डा. सञ्जय जैसवाल, डिआर एमआरके जैन र सिनियर डिसिएम वीरेन्द्र कुमारले पैदलयात्रीको लागि निर्माण हुने आकाशेपुलको संयुक्तरूपमा शिलान्यास गरेका हुन् ।  सो अवसरमा सांसद डा. जैसवालले लामो प्रतीक्ष्Fापछि रक्सौलवासीको माग बमोजिम पैदल यात्रीको लागि आकाशे पुल निर्माण हुन लागेको बताए । उनले आकाशे पुलको निर्माणपछि रेल आवतजावत गर्दा पैदल यात्रीले समस्या भोग्नु नपर्ने र सहज सडक पार गर्न सकिने बताए । १० फुट चौडा आकाशेपुलबाट मोटरसाइकलसमेत आवतजावत गर्न सक्ने बताइएको छ ।     केन्द्र सरकारले यस अघि दुईवटा आकाशेपुलको लागि भारु ७० करोड विनियोजित गरेपनि निर्माण हुन सकेको छैन । बिहार सरकारले हालै केन्द्रीय सरकारले विनियोजित गरेको सो रकमलाई एनओसी लेटर दिएको छ । अबका दिनमा ती दुई पुलको पनि क्रमशः निर्माण हुने बताइएको छ ।     शिलान्यास कार्यक्रममा रेलवेका सिनियर डिएम आरआरएन झा, राजु कुमार, अनुमण्डल अधिकारी अमित कुमार, भाजपाका जिल्ला अध्यक्ष्F प्रमोदशङ्कर सिंह, सांसद प्रतिनिधि प्रFडा अनिलक

विकासमा राजनीति दुर्भाग्यपूर्ण

Image
श्रीमन्नारायण     नेपाल कम्युनिष्स् पार्टीले सङ्घीय सरकारको नेतृत्व गरिरहेको छ । जबकि सङ्घीय समाजवादी फोरमले प्रदेश नं. २ को सरकारको नेतृत्व गरिरहेको छ । सङ्घीय समाजवादी फोरम नेकपाका अध्यक्ष्F केपीशर्मा ओली नेतृत्वको वामपन्थी सरकारमा पनि विगत एक वर्षदेखि सहभागी छ । यस अर्थमा यो पार्टी केन्द्रमा पनि सत्ताधारी गठबन्धनकै सदस्यको रूपमा रहेको छ । यो बेग्लै कुरा हो कि पार्टीका अध्यक्ष्F उपेन्द्र यादव तराई–मधेसमा प्रवेश गर्नेबित्तिकै आपूmलाई सङ्घीय सरकारविरुद्ध तथा नेकपाविरुद्ध उभ्याउन हरसम्भव प्रयास गरिरहेका हुन्छन् । तराई–मधेसको भूभागमा पाइला टेक्नेबित्तिकै संविधान संशोधनको मन्त्र जप गर्न कहिल्यै नबिर्सने फोरम नेतृत्व राजधानी काठमाडौंको कुनै कार्यक्रममा संविधान संशोधनको पक्ष्Fमा बोलेको कहिल्यै सुनिंदैन । यसै साता सङ्घीय सरकारका उद्योगमन्त्रीले वर्षौदेखि बन्द परेको जनकपुर चुरोट कारखाना लिमिटेड पुनः सञ्चालनको निम्ति आपूmले प्रयास थालेको तर प्रदेश नं. २ का मुख्यमन्त्रीले यसमा अवरोध पु¥याइरहेको वक्तव्य दिएका छन् । जबकि प्रदेश नं. २ का मुख्यमन्त्रीले भने सङ्घीय सरकारको मन्त्रीलाई चुरोट कारखाना

सरसफाइ र स्वच्छता अभियान

    प्रदेश नं २ का मुख्यमन्त्री आप्mनो प्रदेशलाई सफासुग्घर र स्वच्छ राख्ने अभियानमा लागेका छन् । सरसफाइ र स्वच्छता मोटो अर्थमा समानार्थी हुन् तर सरसफाइ भनेपछि देखिने फोहरको व्यवस्थापन र स्वच्छता भनेपछि अदृश्य फोहरको बहिष्करण बुझिन्छ । सरसफाइ नित्य उब्जने फोहरको व्यवस्थापन हो । स्वच्छता मनोभावसँग गाँसिएको कुरा हो, जुन कहिले सफा हुन सक्दैन वा एकपटक यसको अन्तर्य बुझेपछि फेरि कहिले फोहर हुँदैन । सरसफाइ  ठोस फोहरलाई तह लगाउने अभियान हो भने स्वच्छता सरसफाइजन्य उपलब्धि हो । हामीले आप्mनो गाउँ–बस्ती–शहर–प्रदेश–देश फोहर हुन दिएनौं भने त्यसबाट स्वच्छताको अनुभूति हुन्छ । फोहर नहुनु, स्वच्छ हुनु होइन । स्वच्छ हुनका लागि निर्मलता चाहिन्छ । खुला दिसा गर्नु सरसफाइसँग सम्बन्धित हो भने स्वच्छता, खुला दिसा नगर्दा प्राप्त हुने स्वास्थ्यलाभ हो । जो होस् यस प्रदेशका मुख्यमन्त्री यस अभियानमा लागेका छन् । यो राम्रो प्रयास हो । हाम्रो समाजले धेरै स्वास्थ्यविपरीत कार्य अँगाल्दै आएको छ । हाम्रो लागि सरसफाइ आप्mनो घरको चौहद्दी सफा हुनु र स्वच्छता भान्साघर र पूजाकोठासम्म सीमित रहने गरेको छ । घरको फोहर सडक र नालीम