$type=ticker$count=12$cols=4$cate=0

भीष्मपर्व–२४

SHARE:

उमाशङ्कर द्विवेदी
    यसै बेला दुःशासन महाबली नकुलसित भिडिहाल्यो र दुर्मुख सहदेवमाथि जाइलाग्यो र बाणको वर्षा गरेर व्यथित पार्न थाल्यो । अनि सहदेवले एउटा बडो तीखो बाण हानेर उनको सारथिलाई मारिहाले । अनि ती दुवै वीरहरू एकार्कामाथि भीषण बाण वर्षा गर्दै पीडित पार्न थाले ।
    स्वयम् महाराज युधिष्ठिर शल्यसामु आए । मद्रराज शल्यले उनको धनुषलाई दुई टुक्रा पारिदिए । धर्मराजले छिट्टै अर्को धनुष लिएर मद्रराजलाई बाणहरूले आच्छादित पारिदिए । धृष्टद्युम्न द्रोणाचार्यको सामु आए । द्रोणाचार्य कुपित भएर उनको धनुषलाई तीन टुक्रा पारिदिए तथा एक कालदण्ड समान बडो भीषण बाण हाने, जुन उनको शरीरभित्र छि¥यो । अनि धृष्टद्युम्नले अर्को बाण लिएर चौदह बाण हानेर द्रोणाचार्यजीलाई विधिहाले । यस प्रकारले ती दुवै वीरहरू क्रोधमा भरिएर बडो तुमुल युद्ध गर्न थाले । शङ्खले बडो वेगले सोमदत्तको पुत्र भूरिश्रवामाथि धावा गरेर ‘थाम..थाम..’ भन्दै हाँक दिन थाले । अनि उनले उनको दाहिने पाखुरा खड्गले चुडालिदिए अनि भूरिश्रवाले शङ्खको गलाको हाड र काँधको बीचको हाडमाथि प्रहार गरे । यस प्रकार ती रणोन्मत्त वीरहरूबीच भीषण युद्ध हुन थाल्यो । राजा बाल्हिकलाई संग्राममा देखेर चेदिराज धृष्टकेतु सामुन्ने आए तथा सिंहको समान गर्जना गर्दै उनीमाथि बाण प्रहार गर्न थाले । उनले नौ बाण हानेर राजा बाल्हिकलाई विधिहाले । अनि ती दुवै वीरहरू क्रोधमा भरिएर गर्जना गर्दै एकार्कासित युद्ध गर्न थाले । राक्षसराज अलम्बुषसित त्रूmरकर्मा घटोत्कच भिडिहाले । घटोत्कचले नब्बे बाण हानेर अलम्बुषलाई विधिहाले तथा अलम्बुषले पनि भीमसुवन घटोत्कचलाई घुम्रिएको बाणको तीखो काढाले छियाछिया पारिदिए । महाबली शिखण्डीले द्रोणपुत्र अश्वत्थामामाथि आक्रमण गरे । अनि अश्वत्थामाले तीखो बाणले शिखण्डीलाई विधेर विह्वल पारिदिए । शिखण्डीले पनि एउटा अत्यन्त तीखो बाणबाट द्रोणपुत्रमाथि आक्रमण गरे । यस प्रकार उनीहरूले युद्धभूमिमा एकार्कामाथि थरी थरीका बाण हान्दै युद्ध गर्न थाले ।
    सेनानायक विराट भगदत्तसित भिडिहाले र उनीहरूबीच घोर युद्ध हुन थाल्यो । मेघ जसरी पर्वतहरूमाथि वर्षन्छ, त्यसै प्रकार विराटले भगदत्तमाथि बाणको वर्षा गरे र मेघले जसरी सूर्यलाई ढाकिदिन्छ, त्यसरी नै विराटले भगदत्तलाई आप्mनो बाणबाट आच्छादित गरिदिए । आचार्य कृपले केकयराज बृहत्क्षत्रमाथि धावा गरेर आप्mनो बाणले उनलाई ढाकिदिए । ती दुवैले एकार्काको घोडालाई मारेर धनुषलाई काटिदिए र यस प्रकार रथहीन भएर उनीहरू खड्ग युद्ध गर्नको लागि एकार्काको सामुन्ने आइपुगे । त्यस बेला उनीहरूको बडो भीषण र कठोर युद्ध भयो । राजा दु्रपदले जयद्रथमाथि आक्रमण गरे । जयद्रथले तीनवटा बाण हानेर दु्रपदलाई घाइते पारिदिए र दु्रपदले जयद्रथलाई बाणहरूबाट बिधि दिए । तपाईंको पुत्र विकर्णले सुतसोममाथि आक्रमण गरे । दुवैमा घनघोर युद्ध भयो । ती दुवैले एकार्कालाई बाणहरूले बिधिदिए तैपनि ती दुवैमध्ये कसैले पनि पाइला पछि सारेनन् । महारथि चेकितान सुशर्मामाथि जाइलागे तर सुशर्माले भीषण बाण वर्षा गरेर उनलाई अघि बढ्न दिएनन् । अनि चेकितानले पनि भीषण क्रोधमा भरिएर आप्mनो बाण वर्षाबाट सुशर्मालाई आच्छादित पारिदिए । शकुनिले परम पराक्रमी प्रतिविन्ध्यमाथि आक्रमण गरे तर युधिष्ठिरकुमार प्रतिविन्ध्यले आप्mना तीखो बाणले उनलाई छिन्नभिन्न पारिदिए । सहदेवका पुत्र श्रुतकर्माले काम्बोज महारथि सुदक्षिणमाथि आक्रमण गरे । सुदक्षिणले उनलाई आप्mनो बाणले बिधिदिए तैपनि उनी विचलित भएनन् । अनि उनी क्रोधित भएर आप्mनो बाणबाट सुदक्षिणलाई विदीर्ण पार्दै घोर युद्ध गर्न थाले । अर्जुनका पुत्र इरावान सुतायुको सामु आए र उनको घोडालाई मारिदिए । यो देखेर सुतायु कुपित भएर आप्mनो गदाले इरावानको घोडालाई सोतर पारिदिए । अनि ती दुई वीरहरूबीचमा भीषण युद्ध हुन थाल्यो ।
    महारथि कुन्तिभोजसित अवन्तिराज विन्द र अनुविन्दको सङ्घर्ष भयो । उनीहरू आआप्mना विशाल वाहिनीहरूका साथ संग्राम गर्न थाले । अनुविन्दले कुन्तिभोजमाथि गदा हाने र कुन्तिभोजले तत्काल नै उनलाई आप्mनो बाणले ढाकिदिए । कान्तिभोजका पुत्रले बाण वर्षाएर विन्दलाई व्यथित पारिदिए र विन्दले उनलाई आप्mनो बाणले विदीर्ण पारिदिए । यस प्रकार उनीहरूबीचमा बडो अद्भुत युद्ध हुन थाल्यो । केकयदेशका पाँच सहोदर राजपुत्र गान्धार देशका पाँच राजकुमारहरूसित युद्ध गर्न थाले । साथै तिनीहरूका सेनाहरू पनि एकापसमा भिडिहाले । तपाईंको पुत्र वीरबाहु राजा विराटका पुत्र उत्तरसित लड्न थाले र उनलाई आप्mनो तीखो बाणबाट विधिदिए । यसै प्रकार उत्तरले पनि तीखा तीखा बाण हानेर त्यस वीरलाई व्यथित पारिदिए । चेदिराजले उलूकमाथि आक्रमण गरेर बाणवर्षा गर्दै उनलाई पीडित पार्न थाले तथा उलूकले पनि तीखा तीखा बाणले विध्न थाले । यस प्रकार एकार्कालाई विदीर्ण गर्दै उनीहरूको बीचमा भीषण युद्ध हुन थाल्यो।
    त्यतिबेला जम्मै वीरहरू यसरी उन्मत्त भइरहेका थिए कि कसैले कसैलाई चिन्न सकिरहेका थिएनन् । हात्ती हात्तीको साथ, रथि रथिको साथ, घोडचढी घोडचढीका साथ र पैदल पैदलका साथ भिडेका थिए । यस प्रकार एकार्कासित भिडेर ती योद्धाहरूको बडो दुर्धर्ष र घमासान युद्ध हुन थाल्यो । त्यतिबेला देउता, ऋषि, सिद्ध र चारण त्यहाँ आएर त्यस देवासुर संग्रामको समान भइरहेको घोर युद्ध हेर्न थाले । राजन्, त्यस संग्रामभूमिमा लाखौं पदाति मर्यादा छाडेर युद्ध गरिरहेका थिए । त्यहाँ पिता पुत्रतिर हेर्दैनथे र पुत्रले पितालाई गनिरहेका थिएनन् । यसै प्रकार भाइले भाइलाई, भान्जाले मामालाई, मामाले भान्जालाई र मित्रले मित्रको पर्वाह गरिरहेका थिएनन् । यस प्रकार जब त्यो संग्राम मर्यादाहीन र अत्यन्त भयानक हुन पुग्यो अनि भीष्मको सामु पर्दा नै पाण्डवको सेना थुरथुर हुन पुग्यो । क्रमशः...
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : भीष्मपर्व–२४
भीष्मपर्व–२४
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhitKzeYkgXwxlZWHe2a3Qc4laBMsNKRHVN2aDRmKavnQQkEZUb2p9b57Xs20I4DdliUs3pSwlT39qxHvGBNCTvQV3pgowZb1HQHZK8rmyxAMHkNQq9afJwZ5bTLk9bA85LPM3_dpYDPB-B/s200/umashanker+duwedi.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhitKzeYkgXwxlZWHe2a3Qc4laBMsNKRHVN2aDRmKavnQQkEZUb2p9b57Xs20I4DdliUs3pSwlT39qxHvGBNCTvQV3pgowZb1HQHZK8rmyxAMHkNQq9afJwZ5bTLk9bA85LPM3_dpYDPB-B/s72-c/umashanker+duwedi.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2018/12/blog-post_798.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2018/12/blog-post_798.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy