हामी योजना बनाउँछौं, योजनाका लागि तमाम बाधा विरोधको सामना पनि गर्दछौं, योजना पूरा गर्न प्रतिबद्धपनि हुन्छौं, खाइ–नखाई लगानीपनि जम्मा गर्छौं तर पूर्व तयारी भने गर्दैनौं । कहिले समाचार आउँछ भने फलानो ठाउँमा पुल बनाउन रकम निकासा भयो, ठेकापनि लाग्यो, तर जब ठेकेदार काम गर्न जान्छ, पुलको त नक्शा नै बनेको हुँदैन । नक्शा बनेको पनि छ र काम शुरू भयो भने ठेकेदार पैसा लिएर भाग्छ, विभिन्न अत्तो थापेर काम बन्द गरिदिन्छ, दुई वर्षमा पूरा हुनुपर्ने काम दस वर्षमा पनि सकिन्न । प्रायः के हुन्छ भने पुलको सबै काम भइसकेको हुन्छ तर सरकारले काम पूरा गर्न लाग्नेजति रकम दिएको हुँदैन । यो एक प्रकारको समस्या भयो । अर्को सडक बनाउनु छ । सबै चाँजोपाँजो मिलाइयो, तर सडक विस्तारको क्रममा स्थापित संरचनाहरू हटाउन भत्काउन समय लाग्छ । एउटा पीडित अदालत गइदियो भने योजना नै अधरमा झुन्डिन्छ । सडक बनाउनुपूर्व यदि त्यसलाई फराकिलो पार्नुछ भने त्यस क्रममा कुनकुन किसिमका बाधा अवरोध आइपर्छ, त्यसको निराकरण ठेका लगाउनुपूर्व किन गरिंदैन ? यसको जवाफ कसैसँग हुँदैन ।
अहिले हुलाकी सडक निर्माणको काम तीव्र गतिमा चलिरहेको छ । कामको तीव्रताको अर्थ निर्माण भन्ने नलागोस् नि १ तीव्र गतिमा भन्नुको अर्थ जनताको तीव्र उत्कण्ठा छ, सरकारको लागि पनि इज्जतको कुरा बनेको छ, तर सडक विस्तार गर्ने ठाउँमा बिजुलीको पोल छ, कसैको घर छ, बीच सडकमा रूख छ । पोल सरकार मातहत निकायले हटाउनुपर्ने हो, रूख काट्नैपर्छ, सडकमा पर्ने घर कि अतिक्रमण गरेर बनाइएको हुन्छ कि भवितव्यले कुनै अभागीको परेको हुन्छ । के सडक बनाउने वा फराकिलो पार्ने क्रममा प्राविधिकको आँखामा त्यो संरचना परेन होला ? परेको थियो भने त्यसको मुआब्जा तिर्न वा अतिक्रमणको हकमा सरकारले त्वरित कारबाई गर्न सक्दैन ? सडकमा परेको रूख के सडकबीच ठडिइरहन्छ ? निश्चय नै काटिन्छ । अनि किन यस विभागले त्यस विभागलाई लेख्ने, त्यसले अरूलाई लेख्ने अनि दुई वर्षमा रूख काट्ने आदेश आएपछि काम अघि बढ्ने ? निर्माण विकासको समयमा ब्युरोक्रेसीलाई तल्लो तहमा नराखी हुँदैन । जुन काम हुनु नै छ, त्यसका लागि आदेशको प्रतीक्ष्Fा गर्न थाल्यो भने कसैलाई लाभ हुँदैन । एउटा पचीस हजार मोल पर्ने रूखका लागि पर्खंदा दुई वर्षमा योजनाको लागत करोडौं बढिसकेको हुन्छ ।
तर सरकार पुरानै परम्परा कायम गरेर हिंडिरहेको छ । एउटा सत्ता पल्टाएर अर्को सत्ता आउँछ तर सत्ता पल्टाउने शक्तिले एउटा रूख काट्न सक्दैन भने यो परिवर्तनको के अर्थ ? सडकको डिजाइन बनाउने प्राविधिकले यस कुराको जिम्मेवारी लिनुपर्छ कि पर्दैन ? सरकारले काम गर्नुपूर्व बिजुलीको पोल हटाउने ठाडो आदेश दिनुपर्छ कि पर्दैन ? सरकारले गर्न लागेको जनताको काममा अनावश्यक विलम्ब गर्ने सरकारी निकाय सरकारभन्दा ठूलो हो ? के बिजुलीको पोल हटाइएन भने सडक बाङ्गो पारिन्छ ? पारिन्न भने किन समयमा त्यो काम हुँदैन ? किन पूर्व तयारी गरिन्न ? नियम कानूनले भाँजो हालेको छ भने त्यो नियम कानून किन दुरुस्त पारिन्न ? निर्माण विकासको यस बेलामा त आवश्यक वा अनावश्यक कुनैपनि तगारो उचित हुँदैन । निर्माण विकासको समय भनेको युद्धजस्तै हो, यसमा जित्नु नै पहिलो धर्म हो ।