प्रस, सेढवा, १५ पुस/
हुलाकी राजमार्गमा परेको विद्युतीय पोल र रूखहरूको अहिलेसम्म व्यवस्थापन हुन नसक्दा कामले गति लिन सकेको छैन । हुलाकी राजमार्ग निर्माणका लागि माटो फिलिङ्गका कामहरू सम्पन्न भएको छ तर ग्रेभेल गर्ने क्रममा सडकमा रहेका विद्युत् पोल र जङ्गल क्षेत्रका रूखहरूको व्यवस्थापन हुन सकेको छैन ।
हुलाकी राजमार्ग सडक निर्माण भइरहेको जीराभवानी गाउँपालिकाको सेढवादेखि ठोरी गापाको चौतारासम्म एक सयभन्दा बढी विद्युतीय पोल छन् । सो पोल व्यवस्थापनका लागि नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरेको पनि लामो समय बितिसक्यो तर पोल सार्ने काम हुन सकेको छैन । सो स्थानमा हुलाकी सडक निर्माणको ठेक्का लिएको कालिका बानिया जेभीको हुलाकी प्रोजेक्ट इन्चार्ज उद्धव न्यौपानेले प्राधिकरणले समयमा काम नगर्दा निर्माण चरणमा समस्या भएको बताए । उनले माटो फिलिङ्ग गरेपछि सडकको उचाइ बढेको र विद्युत्ले सडकमा रहेको पोल नसार्दा सो क्षेत्रमा सञ्चालन हुने ठूला सवारी साधन दुर्घटनामा पर्न सक्ने सम्भावना बढेको बताए ।
ठोरी गापा–३ रामनगरमा माटो फिलिङ्ग भएर सडकको उचाइ बढेकोले विद्युत्का हाइटेन्सन लाइनमा ठूला सवारी साधनले छुने गरेको छ । अहिलेसम्म सावधानीपूर्वक सवारीसाधन सञ्चालन गरिएकोले कुनै दुर्घटना भएको छैन तर पोल समयमा व्यवस्थापन नगर्ने हो भने कुनै पनि बेला दुर्घटना हुने कुरालाई नकार्न सकिन्न।
ठेकेदार कम्पनीले तत्कालको लागि दुर्घटना नहोस् भनेर वैकल्पिक बाटो तयार गरेको छ । तर यो समस्या एक ठाउँको मात्र होइन, पोल रहेको सबै स्थानमा विकल्प दिंदा सयौं बाटो बनाउनुपर्छ न्यौपानेले बताए । यसबाहेक सडक निर्माणमा प्रयोग हुने ठूला टिपरहरू पनि सो क्षेत्रमा रहेको पोल र रूखको कारण समस्या झेल्दै आएका छन् । पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा करिब दुई दर्जनभन्दा बढी ठूल्ठूला रूख हुलाकी सडकमा परेका छन् । ती रूखहरूलाई पनि निकुञ्ज र मध्यवर्ती क्षेत्रले व्यवस्थापन गरेको छैन । विद्युत् पोल र रूखको समस्या झेल्दै आएको ठोरी–३ बुद्धनगरमा खानेपानीको पाइप लाइन व्यवस्थापन नहुँदा माटो फिलिंगको काम बन्द भएको छ । सडक निर्माणको लागि सम्बन्धित निकायले साइट उपलब्ध गराउनुपर्ने हो । तर सडकमा भएको बिजुलीको पोल, रूख र खानेपानी पाइपलाइनको समस्याले हुलाकी सडक निर्माणको कामले गति लिन सकेको छैन ।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमीर महर्जनले रूख कटानीका लागि विभागीय निर्देशनको पर्खाइमा रहेको बताए । उनले पत्राचार भएको तर आदेश नआएको बताउँदै आदेशपछि सम्बन्धित मध्यवर्ती वन समितिमार्फत रूख कटान गरिने बताए ।