प्रस, ठोरी, १३ पुस/
वीरगंज नाकाको विकल्पका रूपमा स्थापित हुँदै गएको पर्साको ठोरी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रवारदेखि प्रथम ठोरी महोत्सव शुरु भएको छ ।
भारतीय पर्यटकहरूको गन्तव्यका रूपमा रहेको ठोरीमा शुक्रवारदेखि ११ दिने ठोरी महोत्सवको आयोजना गरिएको हो ।
भारतीय सीमा नाकासँगै जोडिएको ठोरीको राईधाराको खुल्ला चौरमा आयोजित महोत्सवको उद्घाटन कृषि तथा पशुपक्षी राज्यमन्त्री रामकुमारी चौधरीले गरेकी हुन् ।
ठोरी गाउँपालिका कार्यालयको सहयोगमा आयोजित ठोरी महोत्सव पुस २३ गतेसम्म चल्नेछ ।
“कृषि, पर्यटन र व्यापारबाट समृद्धिको खाका कोरी, पुस १३ देखि २३ गतेसम्म जाऔं है ठोरी” मुख्य नाराका साथ आयोजित महोत्सवमा कृषि प्रदर्शनी, खानानास्ताका होटल, बैंक तथा वित्तीय संस्था, अटोमोबाइल, आइटी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री, गार्मेन्ट, जुत्ता तथा चप्पल, निर्माण सामग्री, हस्तकलाका सामग्री, रेडिमेड कपडा, चिल्ड्रेन फन पार्क गरी एक सय ५० भन्दा बढी स्टल राखिएका छन् ।
महोत्सव अवधिभर राष्ट्रिय, स्थानीय तथा भारतीय गरी दुई दर्जन कलाकारहरूको मनोरञ्जनात्मक साङ्गीतिक प्रस्तुति रहनेछ ।
नेपाल र भारतका करिब एक लाख ५० हजार पर्यटकले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको छ । ५८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको महोत्सवमा करिब दुई करोड रुपैयाँ बराबरको आर्थिक कारोबारको लक्ष्य राखिएको छ ।
ऐतिहासिक, धार्मिक, सांस्कृतिक, जातीय विविधता र प्राकृतिक सौन्दर्यले रमणीय ठोरीलाई पर्यटकीय गन्तव्यको रूपमा महोत्सवले सहयोग गर्ने बताइएको छ ।
महोत्सवको उद्घाटन गर्दै राज्यमन्त्री चौधरीले मधेसमा ६ महिनासम्म चलेको नाकाबन्दीका बेला मुलुकलाई नै ठोरी नाकाले लगाएको गुण सरकारले नभुलेको बताइन् ।
पर्यटन र कृषिका लागि ठोरीमा प्रचुर सम्भावना र अवसर रहेको भन्दै राज्यमन्त्री चौधरीले ठोरीको दीर्घकालीन विकासका लागि महोत्सव फलदायी हुने बताइन् ।
कार्यक्रममा नेकपाका प्रदेश २ का सदस्य प्रभु हजराले प्रदेश ३ मा मिसिन चाहने ठोरीवासीको चाहना उपयुक्त नरहेको भनेपछि स्थानीय केही युवाले हजराको विरोधमा नाराबाजी गरेका थिए ।
पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज र भारतको वाल्मीकि टाइगर रिजर्भ जोड्ने सङ्गम भूमि ठोरीमा आयोजना गरिएको महोत्वसले समग्र तराई–मधेसकै पर्यटनको विकासलाई उचाइमा पु¥याउने विश्वास लिएको ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा, विभिन्न गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षलगायतको सहभागिता थियो ।