रूपान्तरण भनेको साबिक रूप वा स्थितिबाट फरक हुनु हो । यस अर्थमा समाज रूपान्तरणबाट अवस्था कि झन् बिग्रन्छ वा सप्रन्छ । तर व्यावहारिक अर्थ, रूपान्तरण राम्रो हुनु सोद्देश्य रहेकोले आज समाज जुन अवस्थामा छ, त्योभन्दा राम्रो बन्नु हो, नराम्रो बन्नु होइन । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबू राउतले रौतहटमा समाज रूपान्तरण नभए विकास सम्भव नहुने बताएका छन् । समाज रूपान्तरण हुनु भनेको नयाँ र प्रगतिशील विचार, अवधारणाहरूलाई समाजले अङ्गीकार गरेर, पुराना–थोत्रा मूल्य र मान्यतालाई तिलाञ्जलि दिएर परिवर्तनकारी सोचका साथ अग्रगामी पाइला चाल्नु हो । आज देशमा खासगरी प्रदेश नं २ मा, यावत् किसिमका कुप्रथा, विकृत संस्कार, रुग्ण मानसिकता व्याप्त छ । दाइजो, बालविवाह, चेलीबेटीलाई शिक्षा नदिने, जातीय भेदभाव, शोषण, सामन्तवाद, आर्थिक पछौटेपन, समूहगत स्वार्थ, पेशागत बेइमानीलगायत मानवीय सबै दुर्गुण व्याप्त छ । हामीले समाजलाई चाहिने न संस्कृति जोगाउन सकेका छौं, न स्वास्थ्यबारे समयसापेक्ष्F सजग छौं ।
जसरी किसानले उत्पादन गरेको अन्न राख्न भकारी छैन, दिनभरिको लागि पानी राख्ने घैटोजस्ता सामल छैन भने साधनको पर्याप्तताले मात्र सुविधामा बढोत्तरी हुन सक्दैन, उसको जीवनस्तर माथि उठ्न सक्दैन, त्यसैगरी अभिनव राजनीतिक प्रणाली, सबै क्षेत्रमा पहुँच भएर पनि मानिसमा त्यसलाई ग्रहण गर्न सक्ने मानसिकता छैन भने जतिसुकै साधन–स्रोतको ओइरो लगाएपनि विकासको कल्पना गर्न सकिन्न । विकास भनेको भौतिक उन्नयन त हो, तर यसको कार्यान्वयन र दिगोपनका लागि समाजमा सोच छैन भने त्यसले केही लछार्न सक्दैन । आज शहर, गाउँ, टोल सर्वत्र खुला दिसामुक्त बनाउन राज्यको भगिरथ प्रयत्न जारी छ, देश खुला दिसामुक्त भयो भने रोगादिको प्रकोप हुँदैन, रोग छैन भने सरकारले अस्पतालहरूमा गर्ने लगानी घट्छ, नागरिकको कार्यक्षमतामा वृद्धि हुन्छ, रोग निवारणमा हुने खर्च विकासका अन्य कार्यक्रममा लगाउन सकिन्छ । यसले विकासको दर बढाउँछ । बालविवाह उन्मूलन भयो भने केटा र केटीले सानै उमेरमा गृहस्थीमा अल्झिनुको साटो अध्ययनमा समय लगाउँछन्, पढेपछि आयस्तरमा वृद्धि हुन्छ, परिवार नियोजन पनि स्वतः हुन जान्छ ।
विकृतिको नाश भनेको सद्वृत्तिको विकास हो । सद्वृत्तिको विकास भनेको उन्नतिको ढोका उघ्रनु हो । यसर्थ विकारजन्य मनोवृत्ति, परम्परा र हठ त्याग गर्न सकिएन भने सद्वृत्ति पलाउन सक्दैन । त्यही भएर हाम्रो समाज सर्वसम्पन्न भएर पनि आज विपन्नताको अभिशाप भोगिरहेको छ । किनकि हामीले आप्mना विकृतिहरूलाई धर्म, समाज, परम्परा, मौलिकताको विभिन्न सुरक्षाभित्र थन्क्याएर राखेका छौं । दिसा–पिशाबलाई आप्mनो भनेर शरीरमा राखिराख्यो, विसर्जन हुन दिएन भने मानिस रोगी भएजस्तै, अहिले समाजमा व्याप्त सबै प्रकारका विकृति भनेको समाजरूपी शरीरका मल हुन्, यसको विसर्जन नै श्रेयस्कर छ । विकृतिले देशमा भ्रष्टाचारलाई मात्र सघाउँछ । त्यसै भ्रष्टाचारले गर्दा देशमा गतिलो सडक छैन, गतिलो स्वास्थ्य छैन, गतिलो अस्पताल छैन, कुनै पनि काममा गति छैन, छ भने अधोगतिमात्र । अधोगतिले अधःपतनको मार्ग प्रशस्त गर्छ । त्यसैले मुख्यमन्त्री राउतले रूपान्तरणको कुरा गरेका छन् । यसको अभावमा विकास आकाशको फलमात्र साबित हुनेछ ।