$type=ticker$count=12$cols=4$cate=0

पुनर्निर्माणमा उपेक्षा किन ?

SHARE:

ओमप्रकाश खनाल
    प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ वैशाख १२ गतेको भूकम्पबाट भग्नावशेषमा परिणत भएको काठमाडौंको सुनधारास्थित धरहरा पुनर्निर्माणको हालै शिलान्यास गरेको खबर सञ्चारमाध्यममा आए । एक वर्षअघि भूकम्पको स्मृतिमा त्यसै ठाउँमा आयोजित एक औपचारिक कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘मै बनाउँछु मेरो धरहरा’ भन्दै क्षतिको पुनर्निर्माणमा जुट्न आह्वान गरेका थिए । भूकम्पीय क्षतिको पुनर्निर्माणले अपेक्षित गति नसमाते पनि यो प्राकृतिक विपत्तिले नेपालको राजनीतिक गतिलाई भने चामत्कारिक दिशा प्रदान गरेकोमा द्विविधा छैन । प्रकारान्तरले त्यो प्राकृतिक विपत्को धक्काले आआप्mनो स्वार्थमा चारतिर फर्किएको राजनीतिलाई संविधान निर्माणमार्पmत् राजनीतिक सङ्क्रमणको निकासका निम्ति एक ठाउँमा उभिन बाध्य बनाइदिएको थियो । तर जुन गति राजनीतिक र सत्ता सहमतिमा प्राप्त भयो, भूकम्पीय क्षतिको पुनर्निर्माण अभैm प्रभावकारी हुन सकेको छैन । पुनर्निर्माणको गतिले पीडितको पीडामाथि न्याय गर्न सकेको छैन ।
    भूकम्पलगत्तै विपत्तिको व्यवस्थापन, क्षति न्यूनीकरणका उपाय र पुनर्निर्माणका प्रतिबद्धतामा द्रुत सक्रियता देख्न पाइएको थियो । त्यसताका सरकारदेखि दाता र सहयोगीहरूको सक्रियता प्रशंसायोग्य थियो । पुनर्निर्माणका लागि दाता सम्मेलन भयो । हतारमैं सही योजना आयोगले दातालाई देखाउनकै लागि भूकम्पीय क्षतिको मूल्याङ्कन निकाल्यो । पुनर्निर्माणका लागि शुरुमा ७ खर्ब रुपैयाँ खाँचो पर्ने देखाइएको थियो । समयान्तरमा खर्चको यो आँकडा ९ खर्ब रुपैयाँ पु¥याइयो । त्यसताका ५ वर्षभित्र भूकम्प प्रतिरोधी मापदण्डसहितको पुनर्निर्माण सक्ने योजनाका तानाबाना बनाइएका थिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अब ६ वर्षको कार्ययोजना अगाडि ल्याएको छ । तर करिब ४ वर्ष बित्न लाग्दा सार्वजनिक प्रगतिका तथ्याङ्कले ६ वर्षमा पनि काम फत्ते हुनेमा आशङ्काकै ओज सघन बन्दै गइराखेको अवस्था छ ।
    भूकम्पीय क्षतिको पुनर्निर्माणमा सहयोग जुटाउन हतारहतारमा आयोजना गरिएको दाता सम्मेलनबाट ४ खर्ब १० अर्ब रुपैयाँ प्रतिबद्धता आएको थियो । त्योमध्ये अहिलेसम्म १ खर्ब रुपैयाँ पनि सहयोगको रूपमा आएको छैन । यसमा दाताको सर्तले समस्या पारेको सरकारको दाबी छ । तर सरकारी कार्यशैली र रकमको सदुपयोगमा आशङ्काको ओज पनि कम छैन । यस्तो यथार्थबीच दातालाई दोष खन्याएर मात्र सरकारको कमजोरी ढाकछोप गर्न सम्भव छैन । पुनर्निर्माणलाई अपेक्षित गति दिन पारदर्शिता पनि आत्यावश्यकीय शर्त हो ।
    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालै तीन वर्षमा भएका उपलब्धि र आगामी २ वर्षका लागि कार्ययोजना सार्वजनिक गरेको छ । प्राधिकरणको तथ्याङ्क अनुसार क्षतिग्रस्त निजी आवास निर्माणमा ७७ प्रतिशत प्रगति हात लागेको देखाइएको छ । तर पूर्ण प्रगति भने ४५ प्रतिशत मात्र छ । निर्माण चलिराखेको कामको ३२ प्रतिशतलाई समेत समेटेर प्रगति प्रतिशत बढी देखाइएको छ । त्यसैगरी, विद्यालय पुनर्निर्माणमा पनि ८० प्रतिशत प्रगति उल्लेख गरिएको छ । जसमध्ये निर्माण सम्पन्न प्रतिशत ५५ मात्रै छ । ११९७ वटा स्वास्थ्य संस्था क्षतिग्रस्त भएकामा ६४३ वटाको मात्र निर्माण पूरा भएको बताउने प्राधिकरणले निर्माणाधीन १२ प्रतिशतलाई समेत जोडेर ६६ प्रतिशत प्रगति देखाएको छ ।
    सरकारी र सुरक्षा निकायको भवनतर्पm पुनर्निर्माण भइसकेका २४८ वटा भवनमा काम नसकिएका १४५ वटा जोडेर प्रगति प्रतिशत ९५ पु¥याइएको छ । ७५३ वटा पुराताŒिवक एवं सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण गरिनुपर्नेमा २०१ वटाको मात्र काम सकिएको छ । २४३ वटाको काम शुरु नै भएको छैन । तर तथ्याङ्कीय प्रगति ६८ प्रतिशत देखाइएको छ । ८३ वटा ग्रामीण सडकको पुनर्निर्माण गरिनुपर्नेमा ३ वटाको मात्र काम पूरा भएको छ । प्रगति ५० प्रतिशत देखिन्छ । यसमा काम भइरहेका ३८ वटा सडकलाई प्रगतिको आँकडा बढाउनकै निम्ति प्रयोग गरिएको छ । काम बढी देखाउनकै लागि यसरी यस्तो तथ्याङ्कीय चलखेलको परिदृश्यले अबको करिब साढे २ वर्षमा पुनर्निर्माणले पूर्णता पाउनेमा आशावादी बन्ने आधारहरू भने प्रकट भइराखेका छैनन् ।
    समयमैं पुनर्निर्माणलाई पूर्णता दिन जनशक्ति महŒवपूर्ण पक्ष हो । जनशक्तिको अभावमा आर्थिक स्रोत र योजनाहरूको प्रभावकारी परिचालन सम्भव हुँदैन । योजना आयोगलाई जनशक्ति व्यवस्थापनको उपाय खोज्ने जिम्मेवारी दिइएको थियो । तर अहिलेसम्म आवश्यक जनशक्तिको आँकडा कति हो भन्ने स्पष्ट छैन । यस्तो अन्योल पनि पुनर्निर्माणमा देखिएको अनपेक्षित ढिलासुस्तीको प्रमुख कारण हो । यसो त अहिलेका प्रमुख कार्यकारी अधिकृतको योग्यतामैं प्रश्न उठाएर प्राधिकरणका कर्मचारीले एक समय असहयोग गरेको सन्दर्भ पुरानो भइसकेको छैन । प्रमुख कार्यकारी अधिकृतको दक्षताको कसी अलग विषय हो तर यो पुनर्निर्माणमा राजनीतिक आस्था र आग्रह हावी हुनुको दसी भने अवश्य हो । एकताका वैदेशिक रोजगारमा गएकालाई स्वदेश फर्र्काएर काममा लगाउने चर्चा निकै सुनिएको थियो । तर यो पनि सत्य हो कि भाषणबाजी र राजनीतीकरण मात्र जनशक्ति व्यवस्थापनका निम्ति पर्याप्त हुँदैनन् । सरकारसित यसका लागि उपयुक्त योजना देखिएको छैन ।
    पुनर्निर्माणका ३ वर्ष कम उपलब्धि, बढी अलमल र स्टन्टबाजीमा व्यतीत भइसकेको छ । नाम मात्रको पुनर्निर्माणको अर्थ छैन । एकताका बाक्लै बहसमा देखिएको सुरक्षा सतर्कता र यसको प्रभावकारी व्यवस्थापनका कुरा अहिले प्रायः बिर्सिइएका छन् । जसरी भएपनि काम सक्ने र झारा टार्ने पारा प्रकट भइराखेको छ । जोखिम न्यूनीकरणमा चरम उदासीनता देखिएको छ । भूूकम्पबाट अधिक प्रभावित ३१ मध्ये अधिक क्षतिग्रस्त १४ जिल्लाका जोखिमयुक्त एक सयभन्दा बढी बस्ती तत्काल स्थानान्तरण गरिनुपर्ने सुझाव थियो । तर यसको व्यवस्थापनमा खासै सक्रियता छैन । सरकारी ढिलासुस्तीका कारण कतिपय जोखिमयुक्त स्थानमैं निजी आवास निर्माण भइसकेका छन् ।
    प्रत्येक एक सय वर्षको अन्तरालमा ठूला भूकम्प दोहोरिने जोखिमयुक्त भौगोलिक अवस्थितिमा एकीकृत बस्ती विस्तारलाई देशव्यापी तुल्याउनु अति आवश्यक छ । भूकम्पलगत्तै यसमा निकै बहस सुनिन्थ्यो । समयान्तरमा यसको आवश्यकताको ओज नै पातलिएर गएको भान हुन थालेको छ । एकीकृत बस्तीका नाममा निजी संस्था र सहयोगीले बनाएका एकाध उदाहरणबाहेक सरकारले देखिने खालको काम गरेको जानकारीमा छैन । सरकारी योजनाका कागजमा भने देख्न पाइन्छ, छुटेको छैन । एकीकृत बस्ती र स्थानान्तरण त्यति सहज छैन, तर असम्भव पनि होइन ।
    भूकम्पलगत्तै काठमाडौं उपत्यकाभित्र भूकम्प प्रतिरोधी १० वटा नयाँबस्ती र नगरपालिकाहरूमा प्रति २५ हजार जनसङ्ख्याबराबर एउटा खुला स्थानसहितको आवास योजना बनाइने चर्चा थियो । सरकारले स्याटेलाइट सिटी र विभिन्न राजमार्ग आसपासमा विस्तार भइरहेको बस्ती र योजनाबद्ध शहरीकरणमा भूकम्पीय प्रतिरोध र सतर्कतायुक्त निर्माणलाई नीतिगतरूपमैं अघि बढाउनुपर्दछ । यो सुरक्षित बस्ती व्यवस्थापनको सहज र प्रभावकारी उपाय बन्न सक्छ ।
    सरकारले विगतमा घोषणा गरेका १० वटा शहरी करिडोरमा एकीकृत बस्ती बसाउन सम्भाव्यता र खर्चका दृष्टिले तुलनात्मक सहज हुन सक्छ । तर यस्ता सहज उपायको रूपान्तरणमा सरकार आवश्यकता जति चनाखो देखिन्न । स्थानीय सरकारहरूले बस्ती विस्तारलाई भौगर्भिक अध्ययन र प्रतिरोधात्मक निर्माणको अवधारणामा अघि बढाउनुपर्दछ । यसो हुन सकेमा हाम्रोजस्तो भौगर्भिक जोखिमयुक्त क्षेत्रका निम्ति सुरक्षाको सहज र सुपथ उपाय साबित हुन सक्छ । यसका लागि प्रोत्साहनको नीतिगत प्रबन्ध गरिनुपर्दछ ।
    अहिलेसम्म सरकार फेरिएपिच्छे पुनर्निर्माण प्राधिकरणको कार्यकारी फेरिएका छन् । तर प्रभावितको दैनिकी र संरचना निर्माणमा ताŒिवक
सुधार देख्न पाइएको छैन । भूकम्पको तत्कालीन सकस मत्थर भएसँगै यसको पुनर्निर्माणसँग जोडिएका दीर्घकालीन योजना ओझेलमा पर्नु चिन्ताको विषय हो । देशको कार्यकारी प्रमुखले
भत्किएको धरहराको फेदमा उभिएर पटकपटक एउटै प्रतिबद्धता दोहो¥याउनुपर्ने अवस्था पुनर्निर्माणप्रति उपेक्षाको प्रमाण होइन र ?
                     यmपजबलब२िनmबष्।िअयm
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : पुनर्निर्माणमा उपेक्षा किन ?
पुनर्निर्माणमा उपेक्षा किन ?
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiF67qUptWYGdYBSkQkS5HEUbqpbtebo-KfmWberx9FxudQEnchNi5lEnP4hgG7V9oFJ81PCkPrSS3VtbiZVrHj1rdDZKTIrjEksrgkT7tkzR-Zsg96T-a_DmW5BfxRLRvLhgtwUUmPJ0nM/s200/omprakash+khanal.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiF67qUptWYGdYBSkQkS5HEUbqpbtebo-KfmWberx9FxudQEnchNi5lEnP4hgG7V9oFJ81PCkPrSS3VtbiZVrHj1rdDZKTIrjEksrgkT7tkzR-Zsg96T-a_DmW5BfxRLRvLhgtwUUmPJ0nM/s72-c/omprakash+khanal.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2018/12/blog-post_563.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2018/12/blog-post_563.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy