सुदर्शनराज पाण्डे
द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणले प्रकृति, मानव समाज प्राकृतिक हुन् । वर्ग, राज्यसत्ता, पार्टी मानव निर्मित हुन् । प्रकृति समाज, वर्ग, राज्यसत्ता गतिशील र परिवर्तनशील छन् । समाज वर्ग र राज्यलाई बुझ्न र बदल्न सकिन्छ । सबै वस्तुको जन्म प्राकृतिक घटनाहरूको क्रिया–प्रतिक्रियाद्वारा भएको हो । मानव जाति र समाजको विकास पनि प्राकृतिक ढङ्गले भएको हो । पृथ्वीको उत्पत्ति ४–५ अर्ब पहिले भयो भने पृथ्वीमा जीव उत्पत्ति भएको एक अर्ब वर्ष भएको मानिन्छ । जीवबाट मानव उत्पत्ति भएको जम्मा ४० लाख वर्ष भयो । सामन्तवाद १४ सय वर्ष चल्यो भने पूँजीवाद आएको ५ सय वर्ष पुग्दैछ । जतिबेला मानव जाति घुमन्ते जङ्गली युगमा थियो, त्यस बेलासम्म समाजमा धनी, गरीब वर्ग पनि थिएन । वर्गसङ्घर्ष र राज्य पनि थिएन । प्रकृति र समाजका केही प्रFकृतिक नियम छन्, तिनलाई बदल्न सकिंदैन तर केही त्यसका विकसित विशेषताहरू छन्, जसलाई मानवद्वारा बदल्न र रूपान्तरण गर्न सकिन्छ । ऋतुहरू फेरिन्छन्, मान्छे जन्मेपछि मर्छ यी नियमहरू फेर्न सकिंदैन । मानव–समाजको विकास र समृतिका लागि श्रम (बौद्धिक र शारीरिक) अनिवार्य छ, यसलाई फेर्न सकिंदैन तर एक वर्गले अर्को वर्गलाई शोषण, उत्पीडन गर्न, कोही सुखी, कोही दुःखी हुने, कोही अर्बपति, कोही भिखारी हुने विशेषतालाई फेर्न सकिन्छ । विद्यमान अन्याय, अत्याचार, शोषण, दमन, भ्रष्टाचार, ज्यादति, अनुचित कार्य सबै रोक्न सकिन्छ, हटाउन सकिन्छ । मान्छेलाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण र ज्ञानद्वारा सुसज्जित गरेर वर्ग सङ्घर्षमा उतारे मात्र बदलिएको उपलब्धिको रक्ष्Fा गर्न सकिन्छ । वर्ग, राज्यसत्ता र राजनीतिक पार्टीहरू समाजको अर्थ सम्बन्धका कारण पैदा भएका वस्तुहरू हुन् । यी प्राकृतिकरूपले पृथ्वीको उत्पत्ति भएपछि मात्र वर्ग–स्वार्थको रक्ष्Fा गर्न राज्यसत्ताको विकास भयो । राजनीतिक पार्टीहरू त निकै समयपछि मात्र निर्माण हुन पुगे । माक्र्स एङ्गेल्सले सन् १८४८ को कम्युनिस्ट घोषणापत्रमा लेखे– ‘राजनीतिक सत्ता भनेको एक वर्गले अर्को वर्गलाई दबाउने सङ्गठित शक्ति मात्र हो । आधुनिक कार्यकारी राज्य भनेको सम्पूर्णरूपले बुर्जुवा वर्गको साझा स्वार्थ रक्ष्Fार्थ बनाइएको छ । राज्य भनेको शक्तिको विशेष सङ्गठन हो । कुनै वर्गलाई दबाउनका निम्ति बल प्रयोगको सङ्गठन हो । जब राज्यसत्ताको विकास भयो, त्यसैको सङ्घर्षको क्रममा वर्गहरूको नेतृत्व गर्न र वर्ग विचारको प्रतिनिधित्व गर्न नै राजनीतिक पार्टीहरू पनि निर्माण भए । समग्रमा भन्दा वर्ग, राज्यसत्ता र पार्टीहरू समाज विकासको क्रममा मानवद्वारा बनाइएका वस्तुहरू हुन् । कुनै पनि यी ईश्वरीय शक्तिका उपज होइनन् । राज्य र मानिस साध्य हुन् । राजनीतिक पार्टी केवल साधन, राज्यसत्ताको निर्णायक शक्ति परिवर्तनकामी जनता हो । राज्यसत्ता बदलिने कुरा हो । प्रकृति, समाज, वर्ग, राज्यसत्ता गतिशील र परिवर्तनशील छ । यी सबै वस्तुको जन्म नै प्राकृतिक घटनाहरूको गतिमा भएको हो । जबदेखि यिनको जन्म भयो, तबदेखि नै यो गति र विकासमा रहँदै आएको छ । यी एकबाट अर्कोमा परिवर्तन र रूपान्तरण पनि हुँदै आएका छन् । वस्तुहरू सबै सधैं परिवर्तनशील छ ।’ माक्र्सवादी लेनिनवादी दर्शनशास्त्रमा भनिएको छ– ‘कुनै पनि कुरा शाश्वत छैन, अनन्तरूपमा गतिशील छ । पदार्थ र ती नियमहरू जस अनुसार पदार्थ गतिशील बन्दछन् ।
श्रम, चेतना, विचारको कारण मान्छे आधुनिक समाजका विभिन्न चरण पार गरेर पूँजीवादी युगभित्र आइपुगेको छ । आज मान्छे पूँजीवादबाट वैज्ञानिक समाजवादतिर यात्रारत छ । सम्भवतः आउँदा केही शताब्दीपछि पूँजीवादको अन्त्य हुनेछ । विश्वमा साम्यवाद आउने छ र त्यो पनि विकासको नियम अनुरूप नै नयाँ बन्दै जानेछ । प्राकृतिक महाविपत्ति आउनेछ । विज्ञान र धर्म अनुसार करोडौं वर्षपछि पृथ्वी पनि समाप्त हुनेछ र मानवले नयाँ पृथ्वीको विकास गर्नेछ । वस्तुको जन्म, विकास र परिवर्तनको वैज्ञानिक भौतिकवादी नियमले दिएको उच्चतम ज्ञान यही हो । जहाँ विकास, त्यहाँ विनाश पनि भनिन्छ । वातावरण सन्तुलन र राजनीतिक सन्तुलन भएन भने त्यहाँ उथलपुथल भइरहन्छ, स्थिरता आउन सक्दैन । द्वन्द्वात्मक भौतिकवादी दर्शन वा धर्म विज्ञानले मानव समाजलाई वैज्ञानिक ज्ञानद्वारा बुझ्न र परिवर्तन गर्न सकिन्छ भन्नेमा विश्वास गर्छ । वस्तु, समाज र राज्यको जन्म र विकासबारे वैज्ञानिक बुझाइ भइसकेपछि त्यसभित्रका गुण र विशेषतालाई पनि बुझ्न सकिन्छ । बुझिसकेपछि तिनलाई परिवर्तन पनि गर्न सकिन्छ भन्ने यसको मान्यता हो । विश्वमा अहिले पूँजीवाद सङ्कटमा छ । पूँजीको वृद्धि र विस्तार कसरी हुन्छ भन्ने कुरा हामीले बुझ्नुपर्दछ । गरीब–धनी हुनुमा आर्थिक उत्पादनमा कायम हुने स्वामित्वको भूमिका मुख्य छ भन्ने पत्ता लागेको छ । मान्छेले मान्छेलाई ठग्ने, दलाली गर्ने, शोषण गर्ने, स्थापित मान्यता ध्वस्त नपारीकन शान्ति हुँदैन । वस्तुलाई बुझ्न र बदल्न सकिने भएकोले पेशेवर राजनीतिक, खराब प्रवृत्तिका मानिसहरूको प्रभुत्व र विभेदकारी दुनियाँलाई ठूलो सङ्ख्याका श्रमिक वर्गले मात्र विद्यमान परिस्थितिलाई परिवर्तन गर्न सक्दछ ।