जगदीश शर्मा
हामी गङ्गातटबाट फक्र्यौं । भोलिपल्ट मुरादाबादका लागि हिंड्नुपर्ने थियो । मुरादाबादमा ‘सत्याग्रह’ सँग मेल हुनेगरी हरिद्वारबाट टे«न थिएन । एउटा थियो पनि देहरादूनबाट आउने, तर मुरादाबाद हाम्रो टे«नभन्दा आधा घण्टामात्र पहिले पुग्ने । भारतको टे«न, समयको कुनै नियमितता हुँदैन । दुई घण्टासम्म ढिलोलाई समयमैं आएको भनिन्छ । हामीले बस समात्यौं, ११ बजेको । हिंड्नु अघि नाश्ता ग¥यौं । दिनको खाना भगवान् भरोसे । भयो पनि त्यही बस १ः३० बजेतिर एउटा डिपोमा रोकियो, तर त्यहाँ भएका होटलमा कसैलाई पनि मन पर्ने खाना भेटिएन । एउटा होटलमा एउटा थोक, अर्कोमा अर्को । मन मारेर मुरादाबाद पुग्यौं अपराह्न ४ः३० बजे । सामानहरू स्टेशनमा पु¥याई खाना खान हिंड्यौं । म, बिन्दु र सम्धीजी एउटा सरदारको होटलमा पस्यौं र तन्दुरी रोटी, चिकेन खायौं । मलाई खासै मीठो लागेन । अरूले अर्कै होटलमा शाकाहारी भोजन ग्रहण गरे । फर्कंदा पनि म र बिन्दुको बोगी छुट्टै र अरूको कम्पार्टमेन्ट छुट्टाछुट्टै भए पनि बोगी एउटै थियो । राति सुत्ने त हो भनी चित्त बुझायौं । सबै यात्रामा सम्धीजीको साथ रहला र हाँस्दै–खेल्दै यात्रा पूरा होला भन्ने संयोग सधैं जुर्ने पनि त होइन । यो चित्त बुझाइले सम्पूर्ण तनाव हरण गरिदियो । बिहान नित्यकर्मबाट निवृत्त भयौं र बिन्दुले हरिद्वारमा किनेको सुक्खा नाश्ता
(भुजिया, नमकिन) तथा स्याउ खायौं । दिउँसो पनि त्यही परिकारलाई लन्च ठानेर खायौं । यत्रो लामो यात्राको क्रममा सत्याग्रहमा एबलतचथ (रसोइघर) नहुनु उदेकलाग्दो लाग्यो । हुनत भारतीय रेल, रेल त के, स्टेशनहरू सफा र अपेक्ष्Fाकृत दिसाविहीन देखिए । ट्वाइलेटमा सेप्mटी ट्याङ्क फिट गरेकोले होला । तर सेप्mटी ट्याङ्कको सफाइ नभएकोले प्यान माथिसम्म दिसा पिंmजिएको, कमोड रूममा पानी छ्याप्छ्याप्ती भएर खुट्टा टेक्ने ठाउँ नहुँदा बाङ्गो बसेर दिसा गर्नुपर्ने जस्तो थप झन्झट सिर्जित भएको थियो । जे भएपनि भारतीय रेल समग्रमा पहिलेभन्दा निकै सफा र स्वच्छ देखियो । यसभन्दा पहिले, पहिले त के झन्डै चार वर्ष अघि हाम्रो यही टोली, केही कम–बेसी, दक्षिण भारतको भ्रमणमा गएका थियौं । कस्तो बिजोग बेहोर्नुपरेको थियो भने, यदि गाडी हिंडिरहेको छैन भने स्टेशनमा केही कुरा खानै नसकिने । अथवा स्थितप्रज्ञ भएर, दायाँबायाँ कतै नहेरी मुन्टो निहु¥याएर जे खानुछ, खानुपर्ने । कारण आँखा कतै पनि घुमाउँ, जताततै गुहूको राश देखिने । फोहर छल्न आँखा निहु¥याए पनि नाकलाई कसरी छल्ने ? त्यतिबेला नखाउँ दिनभरिको शिकार, खाउँ कान्छा बाबुको अनुहार भन्ने उक्ति चरितार्थ हुन पुग्थ्यो ।
हामी घर फर्कने तर गाडी ढिलो भयो भने सास्ती बेहोर्नुपर्ने त्रासलाई विभिन्न तर्कहरूको आवरणले ढाकेर आपूmलाई आश्वस्त पारिरहेका थियौं । हुनत वीरगंजबाट रक्सौल आउँदा जुन सरदारजीको टेम्पोमा आएका थियौं, उनले आजको मितिमा रक्सौल स्टेशनको पश्चिमतिरको ढाला (सडक मार्गलाई छिचोल्ने रेलमार्ग) निर उभिरहने बताएका थिए । तर उनले के पनि शर्त राखेका थिए भने हामीले रक्सौल पुग्नु अगावै उनलाई एउटा मिस कल दिनुपर्छ । त्यसका लागि उनले मलाई आप्mनो भिजिटिङ कार्ड पनि दिएका थिए । तर यस्तो मामिलामा म सा¥है हुस्सु मान्छे छु । उनले जुन बेला मसँग पनि मेरो मोबाइल नम्बर मागे, मैले त्यही भिजिटिड्ढार्ड पछाडि आप्mनो नम्बर लेखेर उनलाई फर्काइदिएको थिएँ । फेरि मेरो मोबाइलको भर पनि केही थिएन । भारतमा भ्रमण गर्दा म घरीघरी मोबाइलबाट धोखा खाएको छु । एकपटकमात्र म र धर्मपत्नी जमशेदपुर जाँदाबाहेक मोबाइलले कहिले साथ दिएन । यहाँसम्म कि थाइल्यान्ड भ्रमणको अवसरमा मोबाइलले धोखा दिंदा जम्माजम्मी २० वटा मात्र फोटो खिच्न पाएको थिएँ । मोबाइलले घरीघरी धोखा दिएको कुराको चर्चा फेरि कहिले ।
यसै दोधारमा परेर गफ हुँदै गर्दा मेरी धर्मपत्नीलाई एक्कासि के कुरा सम्झना आयो कुन्नि, मसँग एउटा प्रश्न सोधिन्–“बद्रीधाम मन्दिर पुग्नु पहिले डोको बोकेका मानिसहरू को थिए ?”
यस प्रसङ्गलाई मैले बिर्सन खोजेको थिएँ, तर उनको प्रश्नले भने मलाई झसङ्ग पारिदियो । किनकि मैले उनीहरूसँग केही बेर कुरा गरेको थिएँ । उनीहरूको डोको सामान्य थिएन, केही अनौठो आकारप्रकारको थियो । मानौं डोकोभित्र कुर्सी राखिएको होस् । ती नेपाली थिए र प्रायः सबै पश्चिम नेपालको कालिकोटका थिए । वर्षको छ महिना डोकोमा मानिस बोकेर उकालो–ओरोलो गरेर वर्ष दिनको आजीविकाको जोहो गर्ने भाग्यहीनहरू । अशक्त तीर्थयात्रुहरूलाई पिठ्यूँमा बोकेर बद्रीविशालको दर्शन गराउने, मिलौं उकालोमा बोकेर केदार पु¥याउने धन्दा गर्दा रहेछन् । १३ जून २०१३ को भीषण बाढी र पहिरो आएर झन्डै पाँच हजार मानिसको ज्यान गएको केदार दुर्घटनाका बेला यी मानिस बोक्ने भरियाहरूलाई पनि नियतिले बगाएको थियो । भगवान् समेत आप्mनो दर्शन गर्न चाहने भक्तहरूलाई उनका समीप पु¥याउन सहयोगी भूमिका खेल्ने यी नेपालीप्रति सहानुभूतिशील हुन सकेका थिएनन् । बिर्सन खोजेको यो प्रसङ्ग घर पुग्नै लागेको बेला स्मृतिमा आइदिंदा मनै भरङ्ग भएको थियो । देशमा मीठो–मसिनो जे खाए पनि आप्mनै स्वाभिमानमा रहेर नेपालीले आजसम्म जुन त्याग र सहनशीलता देखाएका छन्, त्यसको हविगत ढाक्रे भएर विदेशमा अरूलाई आप्mनो पिठ्यूँमा बोकेर अपमानजनक पेशा गर्न बाध्य आप्mना देशवासी देखेर मन अमिलो हुन्छ र शिर शर्मले लत्रक्क पर्छ ।
हामी निर्धारित समयभन्दा दुई घण्टा ढिलो रक्सौल स्टेशन आइपुग्यौं । ढालामा सरदारको टेम्पो खोज्न सबैले नजर दौडायौं, सरदारजी थिएनन् । स्टेशनमा ओर्लेर अर्को टेम्पो समाई सिमाना पुग्यौं र मितेरी पुलको अव्यवस्था बेहोर्दै एउटा टेम्पोमा चढेर म र बिन्दु घण्टाघर र त्यहाँबाट अर्को टेम्पो चढेर घर आइपुग्यौं ।
मितेरी पुल नाघेपछि धूलोको कुइरीमण्डलमा माछा समात्न पानी धमिलो पारेर बसेका शिकारीजस्तै विभिन्न सवारी साधनका चालकहरू निरपेक्ष भावले बसेका हुन्छन् । हुल देखेपछि त्यहाँका टेम्पोचालकलाई सोध्यो भने ज्ञानी मुद्रामा रिजर्भ गर्नुस् सस्तोमा वीरगंज पु¥याइदिने वाचा गर्छन् र एउटा टेम्पोको भारु २००/– माग्छन् । त्यही टेम्पोमा खुरूक्क बसेर वीरगंज हिंड भन्यो भने एकजनाको नेरु २०/– मैं घण्टाघर पु¥याइदिन्छन् । मलाई बुझ्न गा¥हो हुन्छ टेम्पोचालक ठग हुन् कि हामी यात्रु मूर्ख १