मुकुन्द आचार्य
अचेल सकारात्मक सोचको नयाँ फेसन चलेको छ । ‘पोजिटिभ थिंकिङ्’ भनेपछि युवादेखि बूढाखाडासम्म अचेल हुरुक्कै हुन्छन् । भुतुक्कै हुन्छन् । अचेलको नयाँ फेसनको पारामा भन्ने हो भने ‘भाइरल’ भॉछ– यो सकारात्मक सोच । सबै आप्mनो वर्तमान स्थितिबाट सन्तुष्ट छैनन् ।
मलाई पनि बेला न कुबेला रनक्क झोंक चल्छस सुनामी आए जस्तो १ भैंचालो आएजस्तो गरी । मेरो झोंकको विशिष्टता के छ भने चलेपछि...चल्यो...चल्यो १११ सितिमिति बस्नै मान्दैन । यस्तै सुनामीको झोंक चल्या बेलाको घटना सम्झन्छु।
एक दिन सकारात्मक सोचमा दिन बिताउने झोंक चलि त हाल्यो । यस्तैमा वीरगंज नगरीमा जताततै फोहरको डुङ्गुर देखियो । अरू दिन कस्तो फोहर भनेर आपैंm तर्केर हिंड्थें । तर आज म त्यसरी सजिलैसित उम्कन सकिनँ । पोजिटिभ थिंकिङ्ले मलाई भन्यो– खाली निगेटिभ सोचेर हुन्न । पोजिटिभ थिंकिङ्को चश्मा भिरेर हेर त १
यो फोहरको थुप्रो यहाँ मात्रै छ र ? शहरभरिमा यस्तो डुङ्गुर सयौं ठाउँमा होला । गनेरै हेर्ने हो भने पनि हजार ठाउँमा यस्ता ससाना पहाड (फोहरका) सुशोभित होलान् । यी यस्ता उपकारी डङ्गुर हुन्, जहाँ कुकुर, काग, गाई सपरिवार आएर आप्mनो रुचि अनुसार बफे पार्टीको आनन्द लिन्छन् । कहिलेकाहीं त सुङ्गुरहरू पनि आधुनिक मानवमलको आधुनिक संस्करण चाख्न इष्टमित्रसहित यसै फोहरको डुङ्गुर खोतल्न आइपुग्छन् ।
फोहरका यस्ता थुप्राहरूले हाम्रFे उच्च जीवनशैलीको परिचय पनि देशी विदेशी जनसमुदायसमक्ष दिन्छन् । शहरिया समुदायकाले के के खान्छन्, के के लाउँछन्, कस्ता–कस्ता वस्तु प्रयोग गर्छन्– सम्पूर्ण ज्ञान मानवशास्त्रका अध्येताहरूले एकै ठाउँमा सप्रमाण प्राप्त गर्न सक्छन् । पोजिटिभ भलो सोच्नुपर्छ अनि मात्र कुरोको चुरो बुझिन्छ । कि कसो ?
अचेल शहरमा धूलो र धुवाँलाई मानवको ठूलो शत्रुको रूपमा प्रस्तुत गरिन्छ । यो धूलो त हाम्रो जन्मभूमिस मातृभूमिको पवित्रतम रजकण हो । यस्तो धूलोको चन्दन लगाएर घरबाट हिंडियो भने सारा दिन चकाचक बित्नेछ । मूड पनि झकास रहनेछ । मातृभूतिको माटो पो हो ।
धुवाँको त विकाससँग सोझो सम्बन्ध छ । गाडीको धुवाँ त हो नि । कलकारखाना त नेपालमा क्यै बाँकी रहेनन् । गाडी गुडछस देश दगुर्छ । देशमा जति धेरै गाडी हुन्छ, देशले पनि उत्तिकै धेरै विकास गरेको ठहर्छ । त्यसैले गाडीको धुवाँलाई घीन मानेर नाक छोप्नुहुँदैन ।
धुवाँले दम र क्षयरोगबाहेक अर्थोक कुनै बिमारी हुँदैन । क्यान्सर लागेका त अचेल पैसा र ओखतीको बलमा बाँचेका छन् । क्यान्सरका सामु दम र टिबी रोग त भारेभुरे । फेरि रोगी नभए अस्पताल, डाक्टर, नर्स, औषधि निर्माता कम्पनीहरू कसरी चल्छन् त ? सबैले बाँच्नुपरेन ? माछाले माछा खान्छ, भनेकै छ ।
सर्वसाधारण त्रसित, विद्यार्थीको भयङ्कर जुलुस, स्कूलहरू बन्द, बजार बन्द, सडकजाम, प्रहरी रमिते– यी सबै दृश्य जागरण र विकासका हुन् । नागरिक सचेतना ह्वात्तै बढेको छ । एक/दुई रुपैयाँका लागि पनि कुटाकुट हुन्छ । एउटै पार्टीका कार्यकर्ता आपसमा टाउको फोडाफोड गर्छन् । यी सबै दृश्यले हामी अति चेतनशील प्राणी हौं भन्ने प्रमाणित गर्छन् । विकास भन्या यै त हो नि । रोगीभन्दा डाक्टर र अस्पताल धेरै छन् । विद्यार्थीको सङ्ख्याभन्दा स्कूल, क्याम्पस धेरै छन् । बजारभन्दा पाकेटमार बढी छन् । विशाल विशाल घरमा क्षुद्र बुद्धि भएका क्षुद्र मानवहरू बस्छन् । बजार मूल्य अकासिएको छ । व्यापारी खुशी छन् ।
त्यसैगरी, तस्कर र अपराधीहरूका लागि यो क्षेत्र अभयारण्य बनेको छ । नेपालमा अपराध गरेर भारतमा लुक्यो, भारतमा ग¥यो नेपालमा आएर लुक्यो । क्या मज्जाको समझदारी छ, दुई मुलुकका बीचमा । यै त हो नि विकास ।
नेतृत्वको कुरामा पुरुषभन्दा महिला नेत्री चार पाइला अगाडि छन् । एउटी महिला नेताले प्रजिअको गालामा चड्कन चिउरा दिएको बिर्सनु भो ? पुरुष र महिलामा बराबरीको सङ्घर्ष छ । ‘को बड छोट कहत अपराध’ को ठूलो को सानो, यसको लेखाजोखा अब क्यै रहेन ।
स्थानीय जनप्रतिनिधिहरू अचेल महँगा गाडीमा सवारी गर्छन् । जथाभावी कर बढाएर, जनताको ढाड सेकेर राम्रFे विकास निर्माण भइरहेको छ । उल्लूले दिउँसो हेर्न सक्दैन भने यसलाई सूर्यको बदमासी भन्न त मिल्दैन नि ।
सोच राम्रो छ भने सबैतिर राम्रो देखिन्छ । विरोधीहरूले त त्यत्तिकै उडाइ रहन्छन् । कुरोको चुरो के भने कालो बादलमा पनि चाँदीको सेतो घेरा हुन्छ । पोजिटिभ थिंकिङ् १