जगदीश शर्मा
दर्शन गरिसकेर, कसैले नरिवल फोडे, कसैले दर्शनीय मन्दिरको वरिपरि घुम्दै आनन्द लिए । शक्तिपीठमा बलि चढाउने परम्परा हामीकहाँ त प्रशस्त देखिन्छ, त्यहाँ देखिएन । सामान्य सोधपूछ गर्दा कसैले बताएन पनि । तर कामाख्यामा पनि बलि चढ्दो रहेछ । भक्तहरू देवी दर्शनका लागि आउनुपूर्व बोकाको बलि चढाइँदो रहेछ । यो कुरा प्रायः मानिसलाई पत्तो दिइँदैन । हामी समूह–समूहमा विभाजित भएर फोटो खिच्न थाल्यौं । केही सट मैले पनि लिएँ । तर मलाई यता भारत गएताका जहिले पनि मोबाइलले धोखा दिने वा आफैं जान्ने नभएर वा हुस्सु भएर हो, धित मरुन्जेल फोटो खिच्नै पाएको होइन । यसपालि त रिचार्ज कार्ड लग्न बिर्सेर यस्तो भएको थियो । रक्सौलमा रेल चढेपछि पो थाहा भयो, रिचार्ज बिर्सिएको रहेछ । फेरि मेरो आइफोन । हतपति कसैसँग नहुने । त्यसैले ट्रेनमैं अफ गरेको मोबाइल, मात्र फोटो लिनका लागि खोल्थें । ती
फोटोमध्ये पनि धेरै त बैंकक जाँदा मिल्काउनुपरेको थियो । त्यो कथा कहिल्यै थाइल्यान्ड भ्रमणको लेखमा जोडिएला । मन्दिर, लजमा दुईचार सट र ब्रह्मपुत्र नदीमा नौका विहार गर्दा दुईचार सटबाहेक भैरवस्थानको फोटो खिच्नेसम्म ब्याट्री रहेन । नाश्ता खाएर हामी लोकल बसमा सवार भयौं र घाटसम्म पुग्यौं । त्यहाँबाट मोटरबोट (काठको डुङ्गामा मोटर फिट गरेको) चढ्यौं र भैरवस्थान रहेको ठाउँतिर लाग्यौं ।
डुङ्गाले एउटा टापूजस्तो पहाडको बेसीमा हामीलाई उतारिदियो । पहाड त होइन, हाम्रो लागि डाँडो हो, तर ठाडो उकालो थियो । कति हेरेरै हरेस खाएर एउटा सानो देउरालीमा बस्न पुगे भने केही रमाइलो हेर्दै ठाडो उकालोसँग पैंठेजोरी गर्न थाले । झन्डै १५ मिनट माथि डाँडोको थलीमा पुग्यौं । माथि निकै चित्ताकर्षक मन्दिरहरू र ठाउँ–ठाउँ चिया–नाश्ता पसल तथा विश्रामालयहरू थिए । माथि पुगेकाहरु फर्कन लाग्दा, जो तल देउरालीमा थिए, आपूmलाई थाम्न नसकेर सकी नसकी माथि आउँदै थिए । कसैको अनुहारमा रोष, कसैकोमा थकान देखिन्थ्यो । हामीले चिया र नाश्ता ख्वाएर उनीहरूको पीडा हरण गर्ने जमर्को गर्न थाल्यौं र कहाँकहाँ पुग्नुपर्ने हो बतायौं । यी समस्त कार्य व्यापारमा हाम्रा साथ बेदु गिरी पनि थिए । दर्शनादि सिध्याएर पुनः ब्रह्मपुत्रसँग केही बेर भएपनि लाडिन हामी तल ओल्र्यौं । ब्रह्मपुत्र तरेर बजार आइपुग्दा १२ नाघिसकेको थियो । खाना खाँदावर्दा १ नै बज्यो । अब कहाँ जाने थाहा थिएन । किनकि अन्त कतै जानुको अर्थ थियो भोलिको ट्रेन छुट्नु । यति समयमा नजीकै घुम्ने खासै ठाउँ थिएन । हाम्रो समूहमा महिलाहरूको सङ्ख्या बढी थियो । उनीहरूले मार्केटिङ गर्ने सोच बनाए । पुरुषहरुले पनि सही थाप्यौं । किनकि बेलुका गुवाहाटीमैं बिहा भएर बसेकी बेदु गिरीकी बहिनी गायत्रीले हामीलाई खानाको निम्तो दिएकी थिइन् । असजिलो त हामीलाई लागेको थियो । एक दर्जनमाथि पाहुना, त्यो पनि शहरी परिवारमा जानु सङ्कोचको विषय थियो । हामीले बेदुजीलाई भन्यौं । उनले बहिनीसँग कुरा गरे र फोन हामीतिर तेस्र्याइदिए । गायत्रीको आग्रह यति प्रबल थियो कि नाइँ भन्न सक्ने कोही भएन । नेपालबाट आएका व्यक्तिसँग भेट्ने उनको उत्कट चाहनाले सबैलाई वशीभूत तुल्यायो । साँझपख हामी एउटा शपिङ सेन्टरभित्र छि¥यौं । नाना भाँतिका सामान थियो । मुश्किलले कसैकसैले केही खरीद ग¥यो । मैले चिया खोजें, तर आपूmले चाहेको क्वालिटीको पाइनँ । गोपालजीले किन्नुभयो । झमक्क साँझ परेपछि हामी एउटा जीप रिजर्भ गरेर गायत्रीको पाहुना बन्न पुग्यौं । गायत्रीका पति (जीतु शर्मा) कामबाट फर्केका थिएनन् । थकाइ र भोकले सबै निस्लोट थिए । उता गृहिणी एक्लै रहिछन्, उनीसँग एकजना किशोरी पनि थिइन् ।
उनीहरूले मात्र यत्रो मानिसलाई खाना खुवाउन सक्ने नदेखेर हाम्रो टोलीका शान्ता, बिन्दुहरु र अन्यले थकाइलाई एकातिर पन्छाएर हातसारी गरे । एकैछिनमा सबै काम भ्याइयो । खाना खाएर केही बेर गफ चुटेर हामी फर्कन तयार भयौं ।
जीतु शर्माले आप्mनो कार झिके र दुईवटा मोबाइल कार बोलाए । संयोग कस्तो प¥यो भने प्रत्येक कारमा महिला–पुरुष मिलाउन खोज्दा म चाहिं बिन्दु र शान्तासँग हिंड्दै थिएँ, सम्धीजीले जीतुजी मसँग कुरा गर्न चाहनुहुन्छ, यस कारमा जाउँ भन्नुभयो । मैले एउटा कारमा महिलामात्र छन् भनें । उहाँले म मिलाउँछु भन्नुभयो । नभए तीनै कार सँगसँगै जाने भन्नुभयो । निर्धक्क भएर म बसें । कार हिंडिसकेपछि फोन वार्तालाप गर्दा त बिन्दुहरू चढेको कारमा पुरुष कोही पनि रहेन छ । तर सबै सँगै भएकाले खासै चिन्ता लागेको थिएन । पछि त महिलाहरूमात्रै चढेको कार त बेपत्ता भयो । म औंधी छटपटिएँ । जीतुजीले भने– हामी लामो बाटो भएर जाँदैछौं किनकि छोटो बाटो बिग्रेको छ, ड्राइभरहरूलाई बाटोको राम्रो जानकारी हुन्छ, ऊ अर्को बाटो गयो होला भनेपछि निश्चिन्त भए । तर मेरो चिन्ता गएको थिएन । अनि उनले आप्mनो मोबाइल जिपिएसमा सेट गरेर मेरो अगाडि राखिदिए र भने गाडी हिंडिरहेको छ भने चिन्ताको कुरा छैन, कहीं रोकियो भने चिन्ता हुन्छ । तर मोबाइल कारका ड्राइभरहरू निकै विश्वसनीय हुन्छन्, कम्पनीले अलिकति तलमाथि हुन दिंदैन भने । नभन्दै छोटो बाटो समातेकोले त्यो कार त महिलाहरूलाई हामीभन्दा पहिले नै पु¥याएर फर्किसकेको रहेछ । हामी लजमा पुग्दा महिलाहरू आराम गरिरहेका थिए ।
दिनभरिको थकाइ, राति अबेरसम्मको कारको यात्राले राति कसैले कसैको खोजखबर लिएन । सबैलाई खाइमात लागेझै भयो । बिहान उठेर सबै नित्यकर्मादिबाट निवृत्त भएर स्टेशन पुग्ने हतारमा लाग्यौं । ट्रेन केही विलम्ब थियो । चिया खाँदै, हँसी–दिल्लगी गर्दै स्टेशनमा समय बितायौं र रेल आएपछि चढेर पुनर्मुषिको भव भयौं ।