प्रस, सेढवा, १२ पुस/
ढिलो–चाँडो पर्सा जिल्लाका सबै स्थानीय तहले दोस्रो गाउँसभा, नगरसभा गरेपनि विकासको कामलाई गति दिन सकेका छैनन् ।
चालू आर्थिक वर्षको ६ महीना बित्न लाग्दा पनि विभिन्न कारणवश विकास निर्माण कार्य शुरू हुन सकेको छैन । जीराभवानी गापाका प्राविधिक इन्जिनियर विजय थारूले विकास निर्माणको कामको लागि समय बित्दै गएको बताए । उनले गुणस्तरीय कामको लागि समयमा शुरू गर्नुपर्ने अहिले ढिला भइरहेको स्विकारेका छन् ।
एकैपटक सबैखाले विकास निर्माण गर्दा जनशक्तिको अभावले अनुगमन फितलो हुने र गुणस्तरीय कामको सम्भावना न्यून रहने उनले बताए । वडाबाट योजनाहरू तर्जुमा भएर नआउँदा पनि कतिपय गापामा विकास निर्माणको काम शुरू हुन सकेको छैन । इ. थारूले गापाको कार्यालयलाई विकास निर्माणको काम छिट्टै शुरू गर्न आपूmले सुझाव दिएको बताए ।
चालू आवको साढे पाँच महीनामा ठेक्काबाट गर्ने काम अझ बढी प्रभावित हुने सम्भावना छ । ३५ दिन सूचना जारी गर्नुपर्ने हुँदा टेन्डरबाट हुने काम समयमा सकिन कठिनाई हुने उनको भनाइ छ ।
पटेर्वासुगौली गापाका प्रशासकीय अधिकृत सरोज चौधरीले जीराभवानी र पटेर्वासुगौलीबीच रहेको भलुवाही खोलाबाट बालुवा, गिटी, उत्खनन कार्यमा विवाद हुँदा अहिलेसम्म विकास निर्माणको काम शुरू हुन नसकेको बताए । उनले गापाले आठवटा ठूला योजना अगाडि सारेको तर निर्माण सामग्रीको कारण ढिला हुन गएको बताए ।
ठोरी गापाका अध्यक्ष्F पिएल श्रेष्ठले आप्mनो गापामा विकास निर्माणको काम शुरू भएको बताए । उनले उपभोक्ता समिति गठन हुने क्रम जारी रहेको र दुई साताभित्र विकास निर्माणको कामले गति लिने अध्यक्ष्F श्रेष्ठले बताए । उनले आप्mनो गापा अन्तर्गतको विकास निर्माणको काम फागुन मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढेको जानकारी गराएका छन् ।