सञ्जय मित्र
एउटा ठाउँमा यही लेखिएको पाइयो । अन्यत्र जाँदा सबैतिर दानलाई पुण्य भनिएको पाइन्छ तर यस ठाउँमा भने यस्तो लेखेको पाइयो । देख्नेबित्तिकै अचम्म लाग्नु स्वाभाविक हो । अझ कतिपय ठाउँमा यस प्रकारका कुराहरू लुकाएर लेखिएको हुन्छ कि सम्बन्धित व्यक्तिले देख्नै पाउँदैन । बिमा कम्पनीले जीवन बिमा गर्दा बिमितसित सोभैm सही गराउँछन् । मसिनो अक्षरमा लेखिएका शर्तहरू पढ्न दिंदैनन् वा नपढेकालाई पढेर सुनाउँदैनन्, बुझाउँदैनन्, के भन्न खोजेको हो भने । तर मुख्य सडकसँगै जोडिएको र मुख्य प्रवेशद्वारमैं हिन्दी भाषामा ‘दान दिन मनाही छ’ लेखिएको देखेपछि एकछिन त सोच्न जो पनि बाध्य हुनुपर्छ । अझ धार्मिकस्थलमा । प्रसिद्ध धार्मिकस्थलमा यसो लेखिनु आपैंmमा आश्चर्यजनक त हुँदै हो । त्यहाँका केही मानिसलाई सोधें पनि । खासमा थाहा नभएको जवाफ आयो । हुनत सर्वसाधारणलाई सामान्यतया गहिरा कुराको जानकारी हुँदैन र गहिरा कुरा गर्नेहरू सामान्यतया सडकछेउ भेटिंदा पनि भेटिंदैनन् ।
भगवान् गौतम बुद्धले आप्mनो अन्तिम सास वायुमण्डलमा मिलाएको ठाउँ कुशीनगरमा लेखिएको बोर्ड हो यो । सम्भवतः केही वर्ष पहिले अन्य तीर्थस्थलमा जस्तै यहाँ पनि माग्नेहरूले पर्यटकहरूलाई हैरान पारेका होलान् अनि पर्यटकहरूले सम्बन्धित निकायमा बारम्बार यस विषयमा जानकारी गराएपछि बाध्य भएर सरकारले यो कदम चालेको हुनुपर्छ भन्ने अनुमान चाहिं लगाउन सकिन्छ ।
बौद्ध धर्मावलम्बीहरूका लागि सर्वाधिक महŒवका तीन तीर्थस्थलहरू छन् । बुद्ध जन्मेको ठाउँ, नेपालमैं छ लुम्बिनी । बुद्धले ज्ञान प्राप्त गरेको ठाउँ, बिहारमैं छ, बोधगया जुन गयानजिक पर्छ । भगवान् बुद्धले आप्mनो अन्तिम सास वायुमण्डललाई उपलब्ध गराएको कुशीनगर जुन बिहारमैं पर्दछ, गोपालगंजभन्दा पश्चिम तथा गोरखपुरभन्दा पूर्व । दुवैतिरबाट केही घण्टाको दूरी छ । बुद्ध जन्मेको ठाउँ लुम्बिनी र बुद्धत्व प्राप्त गरेको ठाउँ बोधगयामा पनि यस किसिमको बोर्ड लेखिएको देखिन्न । नेपाल र भारतका अन्य तीर्थस्थलमा पनि यस किसिमका बोर्ड पढिएको छैन ।
यसले धेरै कुराको सङ्केत गरेको छ । धार्मिकस्थलमा दानको नाउँमा ठग्नेहरू पनि हुन्छन् । ठग्नेहरूबाट सावधान हुनुपर्दछ भन्ने कुरा पनि सही हो ।
यसको अर्थ यो कदापि नहोला कि हामीले कतै दान दिनु नै हुन्न । गौरका एकजना धनी मानिसले दान दिंदा उनको धन कम हुँदैन, बरु दान दिएकोभन्दा पच्चीस प्रतिशत बढी फर्केर आउँछ । शास्त्रहरूमा पनि यस प्रकारको आस्थाका कुरा गरिएको हुन्छ । तर दिइएको दानको उपयोग गर्ने पात्र हुनुपर्दछ । दानको दुरुपयोग हुनुहुँदैन ।
हो, यस ठाउँमा दानको नाउँमा रकमको माग गर्ने र दानको रकमको उपयोगको साटो दुरुपयोग गर्नेहरूको उपस्थिति धेरै भएकोले यस किसिमको बोर्ड झुन्ड्याइको हुनुपर्छ । वास्तवमा दान त अवस्था हेरेर गर्नुपर्छ । दानको उपयोग हुने र दान पाउन योग्य पात्र छ भने दान दिनु पनि पर्दछ । दान त्यसले पाउनुपर्दछ जो समग्रमा असमर्थ छ, वा जसले प्राप्त दानको समग्र सदुपयोग गर्दछ । आप्mनो हितमा थोरै र सार्वजनिक हितमा बढी ।