प्रस, वीरगंज, १४ पुस/
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मधेसको समस्या समाधानका लागि संविधान संशोधनको विकल्प नभएको बताएका छन् ।
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका मन्त्री यादवले संविधान संशोधन गर्ने सहमतिपछि फोरम नेपाल सरकारमा गएको र अहिले सरकार संविधान संशोधनको बाटोमा अगाडि बढेको बताए । उनले शुक्रवारबाट शुरु भएको सङ्घीय संसद्ले संविधान संशोधन गर्नेमा आपूm आशावादी रहेको बताए ।
वीरगंज नगर सभागृहमा शनिवार आयोजित श्रीनिधि बचत तथा ऋण सहकारी संस्थाको ७औं वार्षिक साधारणसभामा उपप्रधानमन्त्री यादवले सहकारी र सङ्घीयतालाई आत्मसात् गर्दै अगाडि बढेका मुलुक विकसित भइसकेको चर्चा गरे । उनले नेपालमा वर्षौंदेखि सत्तासीन राजनीतिक दलले सहकारीलाई स्वार्थपूर्तिका लागि प्रयोग गरेको कारण सहकारीबाट समृद्धिको यात्रा मुलुकले तय गर्न नसकेको गुनासो गरे ।
मन्त्री यादवले वीरगंजको नारायणी अस्पताल क्षेत्रीयस्तरको नभई राष्ट्रियस्तरकै सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने आवश्यक प्रक्रिया अगाडि बढिसकेको बताउँदै त्यसको नीतिगत निर्णय लिने काम मात्र बाँकी रहेको बताए । स्वदेशमैं उत्पादन हुने कच्चा पदार्थमा आधारित उद्योगलाई प्राथमिकता दिन उद्योगी–व्यवसायीलाई आग्रह गर्दै कृषि र पर्यटनमा हात हाल्न सुझावसमेत दिए ।
उपप्रधानमन्त्री यादवले मधेस आन्दोलनकै कारण प्रदेश नं २ मा मधेसी सरकार बनेकोमा दाबी गर्दै मधेस सरकारलाई मजबुद बनाउँदै स्थानीय सरकार त्यसको सहयोगीको रूपमा रहनुपर्नेमा जोड दिए । श्रीनिधि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रेम चुडामणि बज्राचार्यको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य एवं वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्मा, राजेश पण्डित, नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का अध्यक्ष दिपेन्द्र चौहान, महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जारालगायतले मन्तव्य व्यक्त गरेका थिए ।