प्रस, वीरगंज, १७ पुस/
वीरगंज महानगरले पुस १७ गतेदेखि हर्न निषेध र प्लास्टिक निषेध अभियान शुरू गर्दैछ ।
अभियानको लागि मङ्सिर २० गते बसेको महानगरको कार्यपालिकाले शहरमा हर्न र प्लास्टिक निषेध अभियान पुस १७ गतेदेखि सञ्चालन गर्ने निर्णय अनुरूप महानगरपालिकाले सरोकारवालाहरूसँग सहकार्य गर्दै पहिलो चरणमा सचेतना कार्यक्रममार्पmत हर्न निषेध र प्लास्टिक प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
महानगरले हर्न निषेध गर्दा एकैपटक जरिवाना नगरी पुस मसान्तसम्म सचेतना कार्यक्रममार्पmत जनतालाई सुसूचित गर्नुपर्ने र त्यसपछि कडा कारबाईमा जाने हिजो आयोजित समुदाय प्रहरी साझेदारी कार्यक्रममा वडाध्यक्ष्Fहरूले सुझाव दिएका थिए । ३२ वटै वडाका अध्यक्षहरू सहभागी रहेको सो कार्यक्रममा वीरगंजलाई हर्न र प्लास्टिक निषेध शहर बनाउन वडाध्यक्ष्Fहरूको सक्रियता आवश्यक भएको मेयर विजय सरावगीले बताएका थिए । उनले वडाध्यक्ष्F र वडा सदस्यहरूको सक्रियतामा वडास्तरबाट यो अभियानलाई टेवा पुग्ने हुनाले उनीहरूको भूमिका महŒवपूर्ण हुने बताए ।
यसैगरी महानगरपालिकाले प्याब्सन, एन–प्याब्सन, सामुदायिक विद्यालयका शिक्ष्Fक, विद्यार्थीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरी अभियानलाई सफल पार्न आग्रह गरेको छ ।
महानगरपालिकाले हर्न निषेध र प्लास्टिकमाथि प्रतिबन्ध आजदेखि लगाउने घोषणा गरेपनि प्लास्टिकको विकल्प बजारमा दिएको छैन । महानगरले प्लास्टिक झोला, गिलास, कचौरा र प्लेटमा पहिलो चरणमा प्रतिबन्ध लगाएको छ तर यसको विकल्पमा कागजको सामग्री भने उपलब्ध गराइएको छैन ।
छिमेकी रक्सौलमा प्लास्टिक झोलामाथि प्रतिबन्ध लगाएपछि त्यसको विकल्प दिएकोले अहिले त्यहाँ यो अभियान सफल भएको छ । रक्सौलभरि अहिले प्लास्टिक झोला देख्न पाइन्न
वीरगंज महानगरका पे्रस सल्लाहकार गोविन्द देवकोटाले पहिलो चरणमा सचेतना अभियान सञ्चालन गर्ने र प्लास्टिकको विकल्प दिएर सोको प्रयोगमा कडाइ अपनाउने बताएका छन् । उनले नगरभरि हर्न निषेध र प्लास्टिकमाथिको प्रतिबन्ध पुस १७ गतेदेखि शुरू हुने र सबै सरोकारवालाहरूलाई सोबारे अवगत गराइसकेको बताए ।